निर्णय नं. १९६६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९६६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१९ २४३६ निर्णय नं. १९६६ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं. ११८१ विषय : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने श्रीराम बास्कोटा विरूद्ध विपक्षी : सञ्चालक समिति जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम कार्यकारणी अध्यक्ष महाप्रवन्धक जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम नायव महा प्रबन्धक भव सागर शर्मा जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम सचिव, संचालक समिति जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम आदेश भएको मिति : २०४१।३।१९ मा § नियमले स्पष्ट व्यवस्था गरेको सजाय सम्बन्धी कार्यविधिको अनुशरण नगरी रिट निवेदकलाई बढुवा गर्ने गरेको सञ्चालक समितिको निर्णय र त्यस उपर परेको पुनरावेदन सुनी सोही निर्णयलाई सदर गरेको सञ्चालक समितिको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान व.अ.श्री बासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिबक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अनुसार उक्त सञ्चालक समितिको ०३९।४।१ को निर्णय र सोही निर्णयलाई सदर गर्ने गरेको मिति ०३९।६।२५ गतेको निर्णय बदर गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. सातौं तह अधिकृत पदमा स्थायी नियुक्ति पाई ०३२ साल देखि काम गर्दै आएकोमा ०३८ सालमा कारखानाको काठमाडौं शाखाको शाखा प्रबन्धक भई काम गर्दागर्दै काठमाडौं डिपोबाट अनियमित तरिकाले चुरोटको बील बनाई हिनामिना गरेको सम्बन्धमा मलाई सस्पेण्डमा राखी छानविन गर्दा विशेष प्रहरी विभागले म बाहेक अन्य कर्मचारीले भ्रष्टाचार गरेको ठहर गरी बागमती विशेष अदालतमा मुद्दा दायर गरेको थियो । म निवेदकले मेरा विरूद्ध गरिएको सस्पेण्ड अवैध छ भनी कारखानाको सञ्चालक समिति समक्ष दिइरहेको बीच मलाई कर्मचारी प्रशासन नियम, ०३६ को नियम १२.१ को देहाय (घ) र १२(४)(क) बमोजिम छैठौं तहको पदमा सो पदको शुरू तलब स्केल खान पाउने गरी ०३९।४।१ देखि घटुवा गर्ने भनी मलाई ०३९।४।२४ को पत्रबाट सूचित गरेकोले त्यस उपर मैले पुनरावेदन गरेकोमा ०३९।६।२५ मा पुनरावेदन जिकिर मनासिब नदेखी ०३९।४।१ को निर्णय सदर गर्ने भनी कारखानाको सञ्चालक समितिबाट निर्णय भएको ०३९।८।११ को पत्रद्वारा थाहा पाएँ । ३. कुनै पनि सजाय दिन पाउने अख्तियारवाला अधिकारीले कारखानाको कुनै पनि कर्मचारीलाई सजायका आदेश दिनु भन्दा अगाडि सफाई पेश गर्ने मौका दिनु पर्ने बाध्यता नियमावलीको नियम १२(८) १ ले स्पष्ट गरेको छ । म अधिकृत श्रेणीको कर्मचारीको हकमा ऐ कै नियम १२ (२) २ ले सञ्चालक समितिले मात्र सजाय तोक्ने अधिकार प्राप्त गरेको छ । मलाई सञ्चालक समितिले मेरो साविक पदबाट घटुवा गर्नु अघि कुनै पनि स्पष्टीकरण सोधिएको छैन । सञ्चालक समितिले स्पष्टीकरण नसोधी एवं मलाई सफाई पेश गर्ने मौका नदिई पदबाट घटुवा गर्ने उल्लिखित नियमहरूले सकिने हैन । मिति ०३८।११।१० मा श्रीमान नायव महाप्रबन्धकद्वारा दस्तखत गरी सोधिएको स्पष्टीकरणले कारखाना सञ्चालक समितिद्वारा सजाय गर्नु अघि सोध्नु पर्ने स्पष्टीकरणको ठाउँ लिन सक्ने होइन । यसरी स्पष्टीकरणको मौका नदिई साविक पदबाट घटुवा गर्ने सञ्चालक समितिको ०३९।४।१