निर्णय नं. १९६७ - लागु औषधी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९६७ - लागु औषधी भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०२/१६ २५१२ निर्णय नं. १९६७ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.पु.नं. ४६४ मुद्दा : लागू औषधी पुनरावेदक/प्रतिवादी : रुपन्देही जिल्ला बुटवल खस्यौली न.पं. वार्ड नं. ६ खस्यौली बस्ने मानबहादुर भट्टचन विरूद्ध विपक्षी/वादी : क. रामबहादुरको प्रतिवेदनले वादी श्री ५ को सरकार फैसला भएको मिति : २०४१।२।१६।३ मा § प्रहरी उपरीक्षक कार्यालयले खानतलासीको कारबाही गर्दा आफ्नो अन्तर्गतका कुनै कार्यालयको कर्मचारीबाट गराउन पाउनेमा कुनै प्रतिवन्ध लागेको नदेखिने । (प्रकरण नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. ०३५।२।२९ गते मुन्ना मुसलामान भारततर्फ जान लागेको शंका लागि चेक गर्दा निजको कम्मरमा बाँधी ल्याएको १ किलो ३०० ग्राम चरेस फेला परेकोले कारबाही गरिपाउँ भन्ने समेत रामबहादुरको प्रतिवेदन । ३. गाउँको सुखलाल अहिरले भने अनुसार बुटवलको साहुको घरबाट भा.रू.५२५। मा सवा के.जि. चरेस किनी कम्मरमा बाँधी लुकाई नेपालबाट निकासी गरी भारत नौतनवातर्फ जान लाग्दा प्रहरीले पक्राउ गरी दाखिल गरेका हुन मैले किनेको ठाउँमा अझै चरेश छ भन्ने मुन्ना मुसलमानले प्रहरीमा गरेको कागज । ४. मानबहादुर भट्टचनको घर खानतलासी गर्दा २२ के.जि. चरेश बरामद भई पक्राउ भई दाखिल हुनआएको मेरै घरमा भारतको सुखलाल आई बस्ने गरेको कोठामा निजले ल्याइराखेको हुनुपर्छ मुन्नालाई मैले चरेश बिक्री गरेको होइन भने समेत मानबहादुरले प्रहरीमा गरेको कागज । ५. जेष्ठ २९ गते साँझ ७ बजे मुन्ना मुसलमानले कम्मरमा चरेशको पोको लुकाई भारततर्फ निकासी गर्न लाग्दा प्रहरीले पक्राउ गरी बरामद गरेका हुन भन्ने समेतको सरजमीन मुचुल्का । ६. २२ के.जि. चरेश मेरै घरबाट बरामद भएको भनी मानबहादुर सावित भएको र निजको घरबाट किनी निकासी गर्न लागेको चरेश सहित पक्राउ परेका मुन्ना मुसलमान सावित हुँदा भारत उन्नाव बस्ने मुन्ना मुसलामानले लागू औषधी नियन्त्रण ऐन, ०३३ को दफा ४(ङ) को विपरीत कार्य गरेको र मानबहादुरले सोही ऐनको दफा १४(ख) र (ग) अनुसार हुने कसूर गरेको तर (ग) भन्दा बढी (ख) बढी सजाय हुने भएकाले निज उपर ऐनको दफा १४(ख) बमोजिम सजाय हुन र सो ऐनको दफा १४ को (ख) बमोजिम मुन्ना मुसलमानलाई सजाय हुन समेत माग दावी भएको ०३५।३।८ को प्रहरी प्रतिवेदन । ७. जुनको १० तारिख शनिवारको दिन गाउँकै सुखलाल अहिरले मलाई भा.रू.५५०। दिई बुटवलबाट चरेश खरीद गरी ल्याउन भनी पठाएकोले सोही दिन हिँडी नौतनवामा आई भोलिपल्ट बुटवल पुगी सुखलालले भने अनुसार ५२५। को सवा किलो चरेश खरीद गरी भारततर्फ जाँदा बेलहियामा ६ बजे पुलिसले पक्राउ गरी दाखिल गरेको हुन मैले चरेश खरीद गरेको होइन सुखलालको चरेश खरीद गरी दिएको हुँ । चरेश दिने साहुको नाम बिर्सीं, घर देखेको छु चरेश खरीद गरेको साहु पक्राउ गरेको २ दिनपछि पक्राउ भई आउनुभएको छ भन्ने समेत ०३५।३।८ को मुन्नी दर्जी मुसलमानको अदालतमा गरेको बयान । ८. ०३५ साल जेष्ठ ३१ गते