निर्णय नं. १९७० - ज्यान मारी लाश वेपत्ता पार्यो.

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९७० - ज्यान मारी लाश वेपत्ता पार्यो. भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/२२ ४०९५ निर्णय नं. १९७० ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको फौ.पु.नं. ३०० मुद्दा : ज्यान मारी लाश वेपत्ता पार्‍यो पुनरावेदक/वादी : वलदेव वरैको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. सप्तरी रा.वि.न.पं. वडा नं. ६ बस्ने बलराम राउत वरै ऐ ऐ बस्ने रामेश्वर राउत वरै ऐ ऐ बस्ने सावित्री देवी वरै फैसला भएको मिति : २०४१।३।२२।५ मा § अ.बं.को २९ नं. को देहाय २ को (१) मा ज्यानसम्बन्धीको महलले सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नु पर्छ भन्ने उल्लेख भएको पाइने । अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गर्ने गरेको पू.क्षे.अ.को ईन्साफ मिलेकै देखिने। (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको ईन्साफ उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. २०३७।४।१२ देखि छोरा राजकुमार वेपत्ता भई खोज तलास गर्दा वलरामले पूर्वतर्फ लिई गएको थाहा पाई निजलाई सोद्धा भारतमा छ चिठी लेखी दिन्छु लिई आउनु भनेकाले निजको चिठी लिई जाँदा छोरा फेला नपरेको र पत्ता लाउँदा बलराम, रामेश्वर, सावित्रीदेवी ३ जनाले राजकुमारलाई मारी लाश समेत बेपत्ता पारेको यकीन हुनआएकोले कानूनबमोजिम गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. ०३७।४।१२ गते काका राजकुमारलाई साथ लिई भाण्टावारी भिमनगर हुँदै मधेपुरा बजारमा उत्रिई नदीको डिलमा पुगी राजकुमारलाई नदीमा धकेली म मावलीमा गई बसेको हुँ भन्ने समेत वलराम राउतले प्रहरीमा गरेको कागज । ४. ०३७।४।१२ मा बलराम र राजकुमार सँगै बसमा चढेको देखेका हौं र राजकुमार आजसम्म नफर्केको र वलराम नदीमा धकेली मारेमा सावित भएकोले ज्यान मारी लाश वेपत्ता पारेमा शंका लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ५. बलराम राउत वरै, रामेश्वर राउत वरै र सावित्रीदेवी समेतले राजकुमारको ज्यान मारी लाश बेपत्ता पारेकोले निजहरूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ६. राजकुमारलाई मारी लाश वेपत्ता पारेको छैन होइन प्रहरीले कुटपिट गरी सावित गराएको हो । म निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत प्र.बलराम राउत वरैले अदालतमा गरेको बयान । ७. ०३७।४।१२ गते राजकुमार कहाँ थिए थाहा छैन निजको ज्यान मारी लाश बेपत्ता पारेको होइन म उपरको पोल अभियोग झुठ्ठा हो भन्ने समेत प्र.रामेश्वर राउत वरैले अदालतमा गरेको बयान । ८. मैले राजकुमारलाई मारी लाश बेपत्ता पारेको होइन रिसइवीले झुठ्ठा पोल गरेको हुन भन्ने समेत प्र.सावित्रीदेवीले अदालतमा गरेको बयान । ९. मुद्दाको वारदात भारतमा भएको देखिएकोले प्रस्तुत मुद्दा यस अदालतबाट हेर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत सप्तरी जि. अ.को फैसला । १०. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन । ११. प्रस्तुत मुद्दामा अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गरेको शुरूको ईन्साफ मनासिब छ भन्ने समेत पू.क्षे.अ.को फैसला । १२.