निर्णय नं. १९७१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९७१ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/०६ २२८८ निर्णय नं. १९७१ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको फौ.पु.नं. ६२२, ३२७ फौ.सा.नं. १८८ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : जि. सिरहा गा.पं. लक्ष्मीपुर वडा नं. १ घर भै हाल जि.का.कारागार शाखा सिरहामा कैदमा बसेको जहुरी मलाह विरूद्ध विपक्षी/वादी : शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार पुनरावेदक : शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. सिरहा गा.पं.लक्ष्मीपुर वडा नं. १ बस्ने गनपत सिंह दनुवार ऐ ऐ वडा नं. २ बस्ने बनवाली भन्ने विहारी मलाहा ऐ ऐ वडा नं. १ बस्ने जदुरी मलाहा ऐ ऐ बस्ने दरवारी मलाहा ऐ ऐ बस्ने गिराधारी मलाहा ऐ ऐ बस्ने भुला अमात फैसला भएको मिति : २०४१।३।६।३ मा § तपसील खण्डमा ऐन बमोजिम जन्मकैद मात्र लेखिनु पर्नेमा सर्वस्वसहित भन्ने शब्द ऐन विपरीतको बढी सजाय लेखिएकोले सो शब्दको हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको देखिएन । (प्रकरण नं. २२) प्रतिवादी, पुनरावेदक तर्फबाट : विद्वान अधिबक्ता श्री सुवास नेम्वाङ विपक्षी, वादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको ईन्साफ उपर पुनरावेदन परी साधकको लगतमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. २०३५।१।१३ गते हाल खबर बुझ्न जि. सिराहा गा.पं.मझौरा अन्तर्गत गोविन्दपुर आई पुग्दा ऐ वडा नं. ९ बस्ने हरिनारायणलाई कसले मारी महेशपुर गा.पं. वडा नं. २ बहुरीयाको खेतमा मारी लाश फालेको खबर पाएको हुँदा गई हेर्दा मारिएको लाश फेला परेको सुरक्षित राखी प्रतिवेदन गरेको छु भन्ने प्र.जिवनाथ उपाध्यायको जाहेरी दर्खास्त । ३. बहुरी धानुकको खेत पूर्वपट्टि आली देखि ५ गज दक्षिणमा हरिनारायणको लाश रहेको लाश देखि उत्तर केही पश्चिम लक्ष्मीपुर गा.पं वडा नं. २ सम्म बाटोमा रगत थोपाहरू भएको जहुरी मलाहा गिरीधारी मलाह दरवारी मलाह विहारी मलाह समेत ४ जनाको चोक आँगनमा केही रगतको दागहरू रहे भएको हरिनारायणको लाश दक्षिण ठाउँको उत्तर खुट्टा खुम्चाएको एउटा आँखा चिम्लेको एउटा आँखा हेरेको मुखनाकबाट केही रगत बगेको माथिल्लो ३ वटा दात नभएको मुख खुल्ला गरेको पछिल्लो ओठ केही सुनिएको घाँटी केही रगत लागेको धोती खोली हेर्दा अण्डकोषमा घाउ भएको मलद्वारबाट रगत बगेको दाहिने पट्टि पातामा निलडाम दुवै गोडाको छेपारी मुनि पैताला सम्म केही रगत लागेको भन्ने शिवलाल यादव समेतले गरी दिएको लाश प्रकृति मुचुल्का । ४. २०३५।१।१२ का दिन अं.५ बजे बाबु हरिनारायणले राख्न दिएको सुन चाँदी रुपैयाँ भनी बहमपुरी बस्ने जहुरी मलाहा कहाँ गएको सो दिन रात बाबु घर फर्की नआएबाट भोलिपल्ट बिहान बाबुको खोजी गर्दा अं.७ बजेको सयममा बाबु हरिनारायण हाम्रो गाउँ देखि उत्तरको चौरमा मारी फालेको छ भन्दा म सो ठाउँमा गई हेर्दा खेतमा मारी फालेका रहेछन् जहुरी मलाहा र बाबुका बीच राम्रै मेलमिलाप थियो । निज जहुरीले गिरीधारी असर्फी मलाहा दरवारी मलाह बनवाली भन्ने विहारी मलाह गनपत सिंह दनुवार सोनाम मण्डल धानुक लक्ष्मी मण्डल धानुक मुला अमातलाई हात लिई मेरा बाबुलाई घरमा भएको सुनचाँदी समेत पचाउने ईरादा लिई लाश समेत फालेबाट का