निर्णय नं. १९७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१९ २५२७ निर्णय नं. १९७२ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं. १७९६ विषय : उत्प्रेषण निवेदक : जि. कैलाली धनगढी स्थित ज्ञान ईण्डष्ट्रिज प्रा.लि.को तर्फबाट ऐ को सञ्चालक मोरङ वि.न.पं. वडा नं. ८ बस्ने मोतीलाल दुगड विरूद्ध विपक्षी : कैलाली भन्सार कार्यालय, धनगढी भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं आदेश भएको मिति : २०४१।३।१९।२ मा § भन्सार महसूल नलाग्ने निर्णय भई निकासी भइसकेको मालको भन्सार महसूल छूट भएको भनी सो रकम दिलाउन कुनै कानूनले अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण मिश्रित परमादेश वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भनी २०४०।२।२३ मा रिट निवेदन पर्न आएको रहेछ । २. संक्षिप्त तथ्य निवेदन जिकिर : यस ज्ञान इण्डष्ट्रिज प्रा.लि.ले राइस ब्राज एक्सट्रेक्सन (केटल फिड) भारतमा जनावरलाई खुवाउन बिक्री गर्न २०३६ सालदेखि निकासी गरी आएको र सो सालमा भन्सार महसूल भन्सार अधिकृतले माफी दिई निस्सा समेत पाएको अवस्था उक्त माल भारत निकासी गरेको करीब १ वर्षपछि कैलाली भन्सार कार्यालयले आ.व.२०३८।३९ मा भन्सार नलाग्ने गरी निकासी भएको सबै प्रज्ञापन पत्रहरूको लागि रु.२,९४,५६४।७५ र २०३९ सालको माघ १४ गते तक रु.१,०९,४०५। समेत जम्मा रु.४,०३,९६९।७५ हचुवा तवरले छूट रकम भनी माग गरेको रहेछ । त्यस्तो छूट रकम माग गर्न विपक्षी भन्सार कार्यालयलाई कुनै कानूनले अधिकार प्रदान गरेको छैन । भन्सार विभागको पत्रानुसार छूट रकम तुरून्त दाखिल गर्न ल्याउनु भनी पत्रद्वारा माग गर्नु कानूनसंगत छैन माल निकासी गर्ने अवस्थामा प्रज्ञापनपत्रमा भन्सार महसूल लाग्ने नलाग्ने निर्णय गर्न भन्सार अधिकृतलाई अधिकार छ । तर त्यसरी निर्णय गर्ने अधिकारीले गरेको निर्णय विपरीत महीनौ पछि स्वेच्छाले सो निर्णयमा असर पर्ने गरी कुनै रकम माग गर्न भन्सार विभागले आदेश गर्न मिल्दैन त्यस माथि सम्पत्ति सम्बन्धी हक र हितमा असर पर्ने कुरामा मलाई सुनवाईको मौका नदिई एकतर्फी निर्णय आदेश गर्नु प्राकृतिक न्याय सिद्धान्तको समेत विपरीत छ । कानूनबमोजिम यस उद्योगले भन्सार महसूल नलाग्ने निस्सा प्राप्त गरी निकासी गरेको कुरामा पुनः छूट भनी माग गर्नु र नदिएमा माल रोकी कारवाई गर्न धम्की दिनु कानून तथा न्याय विपरीत छ । कैलाली भन्सार कार्यालय सं.न.२३.०४ (झ) मा पिना र वनस्पति तेल बनाउँदा निस्केको अरू अवशेष भन्ने शीर्षक अन्तर्गत देहाय (झ) मा “अन्य” भनी लेखिएको दरबन्दी अनुसार रु.५। एकसय किलोमा भन्सार लाग्छ भनी विभागले निर्देशन गरेको त्रुटिपूर्ण छ । अतः भन्सार नियमावली मिति ०४०।१।१३ को आदेश पत्र र सो गैरकानूनी आदेश बमोजिम कैलाली भन्सार कार्यालयले छूट रकम असूल गर्ने भनी गरेको गैरकानूनी निर्णयको पत्र समेत उत्प्रेषणको वा अन्य जो उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी बदर गरी भन्सार विभाग र भन्सार कार्यालयले निवेदकको माल सामान रोक्का नगर्नु भनी प्रतिषेधको आदेश जारी गरी हकको सुरक्षा गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ३. यसमा क