निर्णय नं. १९७४ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९७४ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१५ २७८५ निर्णय नं. १९७४ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. ९४३ विषय : उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जाउलाखेल डिस्टिलरी प्रा.लि. ल.पु. जाउलाखेलको तर्फबाट ऐ को संचालक ल.पु. जाउलाखेल बस्ने विजयकुमार शाह विरूद्ध विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क विभाग, काठमाडौं श्री ५ को सरकार, अर्थ मन्त्रालय आदेश भएको मिति : २०४१।३।१५ मा § इजाजतपत्र नवीकरणको लागि रीतपूर्वक म्यादैभित्र दर्खास्त दिएकोमा इजाजतपत्र नवीकरण नगर्नु जस्ता काम कारबाहीलाई कानून तथा सूचनाको शर्त अनुरूप भन्न मिलेन । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. अन्तःशुल्क विभागको मिति २०३१।१०।१० को सूचना बमोजिम न्यूनतम वार्षिक अन्तःशुल्क रु.२,००,०००। बुझाउने कबूलियत गरी २०३२।५।२६ देखि साल–सालै लाइसेन्स रिन्यू गरी आएको सो सालदेखि ०३८।०३९ साल सम्म न्यूनतम ग्यारेण्टी भन्दा बढी अन्तःशुल्क दाखिल गरी आएको छु । निम्नकोटीको मदिरा उत्पादन गर्न डिस्टिलरी बनाउन बीस लाखको पूँजी लगाई मेशीनरी सरसामान ठूलठूला भाट र डंगहरूको साथै आवश्यक भवन तयार गरी उद्योग सञ्चालन गरी आएको छु । आ.व.२०३९ सालमा लाइसेन्स रिन्यू गर्न रु.५००। दस्तूर दाखिल गरी ०३९।२।२५ मा दर्खास्त गरेकोमा लाइसेन्स रिन्यू नगरी बागमती अञ्चलका ८ जिल्लाको लागि न्यूनतम ग्यारेण्टी कति सम्म दिनु हुन्छ सोको जवाफ पठाएपछि मात्र नवीकरणको सम्बन्धमा भनी अन्तःशुल्क विभागबाट २०३९।३।४ मा पत्र आएकोमा अन्तः शुल्कको रकम खुलाउन आवश्यक छैन भन्दा पनि नमानेको हुँदा रु.९,२५,०००। सम्म न्यूनतम अन्तःशुल्कको रकम पुर्‍याउने भनी निवदेन गरेको थिएँ । त्यसपछि लाइसेन्स रिन्यू नगरी हाम्रो उत्पादन बिक्री नै रोक्न फोनबाट अन्तःशुल्क निरीक्षकले आदेश गर्नुभयो । ३. निम्नकोटीको मदिरा बिक्री गर्ने इजाजत २०३९।२।२७ मा नै रिन्यू भएकोमा बिक्री गर्न रोक्का गर्नु कानून विपरीत हुँदा बारम्बार निवेदन गर्दै आएको छु । हाम्रो डिस्टिलरी कायम हुँदाहुँदै सो डिस्टिलरीका सम्पत्तिलाई गैरकानूनी आघात पुर्‍याउन मिति २०३९।६।५ मा डिस्टिलरी स्थापना गर्न अर्को टेण्डर माग गर्नु गैरकानूनी तथा अनाधिकार छ । २०३१।१।१० को सूचनामा प्रकाशित शर्तहरूको १७ नं. बमोजिम नियम कानून अन्तर्गत काम कारबाही गरेको छ । सो शर्त पालन गर्न भनी ०३२।५।२६ मा कबूलियत समेत भएको छ । सो बमोजिम काम गर्दै आएकोमा इजाजत कायम छँदाछँदै उत्पादन गर्ने इजाजत रिन्यू नगर्नु बिक्री गर्न नदिनु, अर्को डिस्टिलरी स्थापना गराउन सूचना प्रकाशित गर्नु, अर्थ मन्त्रालयमा निवेदन गर्दा सुनवाई नगर्नुबाट निवेदकको सम्पत्तिमा गैरकानूनी आघात पुगेको छ । अन्तःशुल्क नियमहरू, २०१९ को नियम ८ विपरीत मेरो डिस्टिलरीलाई बेकम्मा पार्ने अधिकार विपक्षीलाई छैन । संविधानको भाग ३ द्वारा प्रदत्त सम्पत्ति सम्बन्धी मेरो हकमा आघात पुर्‍याएको छ । यस डि