निर्णय नं. १९७५ - ज्यान मारी लास दबायो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९७५ - ज्यान मारी लास दबायो भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०२/२५ २४०५ निर्णय नं. १९७५ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको फौ.पु.नं. ३५२ मुद्दा : ज्यान मारी लास दबायो पुनरावेदक/वादी : अमृती थरूनीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. कञ्चनपुर कृष्णपुर गा.पं. वडा नं. ६ बस्ने चुकन डगौरा ऐ ऐ बस्ने दुर्गा प्रसाद डगौरा ऐ वडा नं. ६ बस्ने धनीराम कामी फैसला भएको मिति : २०४१।२।२५।५ मा § चस्मदिद गवाह तथा अधिकांश सरजमीनका व्यक्तिहरूले प्रतिवादी समेतले मारेको हो भनी देखाउन सकेको छैन यस्तो अवस्थामा शुरू जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाई दिने ठहर्याएको ईन्साफ मनासिब छ । (प्रकरण नं. ७६) पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको उल्लिखित मुद्दाको फैसला उपर श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारछ । २. यही २०३४ साल पौष २४ गतेको बिहान कञ्चनपुर बस्ने चौकिदार दुर्गाप्रसाद डगौरा थारू समेत आई मेरो लोग्ने परदेशी डगौरा थारूलाई कमान सिंह थारूको आमाको बेइज्जती झगडा मिलाउनलाई छलफल गर्न बोलाई लगेको चुन्कन डगौरा समेत भई चुटी पिटी मारी लास कहाँ बेपत्ता गरे लास कहाँ दबाएछन् माघ १६ गते दुर्गाप्रसादको घरमा जाँदा यो शत्रुलाई हामीले मार्नु थियो मार्यौं भनी भनेकोले दुर्गाप्रसाद, चुन्कन धने कामीलाई पक्राउ गरी मेरो लोग्ने परदेशीको लास कहाँ दबाएछन् खुलाउनलाई मौका तहकीकात गरी ज्यानसम्बन्धीको १३ नं. का देहाय ३ बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जि. कञ्चनपुर कृष्णपुर गा.पं. वार्ड नं. ५ मौवाफान्टा बस्ने अमृती थरूनीको मिति ०३४।१०।२० को हुलाकबाट पठाएको जाहेरी दर्खास्त । ३. जि. कञ्चनपुर कृष्णपुर गा.पं. वा.नं. ६ भौवाफान्टा बस्ने चौकिदार दुर्गाप्रसाद डगौरा चुन्कन थारू धनीराम कामी समेत जना ३ लाई तुरून्त पक्राउ गरी ल्याउने भनी श्री प्रहरी चौकी गुलरियालाई लेखेको ०३४।१०।२७ को पक्राउ पूर्जि । ४. म अदना आइमाई भएकाले धनगढी नजिक पर्ने हुनाले यथार्थ व्यहोरा खुलाई मिति २०३४।१०।२०।५ को जाहेरी दर्खास्त हुलाकद्वारा पठाएको छु भन्ने समेत अमृती थरूनीले तहकीकात डोर मुकाम भौवाफान्टामा गरी दिएको मिति ०३४।१०।२८ को सनाखत कागज । ५. जाहेरीमा उल्लेख भएका चुन्कन डगौरा समेत ३ जनाले परदेशीको ज्यान मारी लास दबाएछन् कि भन्ने शंका लाग्छ र तिनीहरूको चालचलन पहिले देखि खराब थियो, परदेशीलाई मार्ने यी तीन मध्ये अरूमा शंका लाग्दैन र थारू जातिको माघे संक्रान्ति जस्तो ठूलो चाडमा पनि घर नआएकोले निज जीवित होला जस्तो लाग्दैन भन्ने एकै मिलानको बयान कृष्णपुर गा.पं. वा.नं. ६ गा.पं.स.महेश्वर बोहरा समेत ६ जनाले गरेको र सोही बयानसँग मिल्ने गरी चुन्कन डगौरा समेत ३ जनाले परदेशीलाई मारे नमारेको थाहा छैन भनी ऐ कृष्णपुर गा.पं. वा.नं ३ बस्ने वकीलाल थारू समेतका अधिकांश सरजमीनका मानिसहरूले करीब एकै मिलानको बयान गरी लेखाई दिएको मिति २०३४।१०।२९ को सरजमीन मुचुल्का । ६. कमानी सिंह र चुन्कन मैयाको झगडा मिलाउन गएको दिन देखि परदेशी बेपत्ता भएकोले अवश्य मरेको हुनुपर्छ र जाहेरीमा लेखिएको चौकिदार दुर्गाप्रसाद समेतका