निर्णय नं. १९७६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९७६ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०२/२९ २५३६ निर्णय नं. १९७६ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको फौ.पु.नं. ४६५ सम्वत् २०३९ सालको फौ.सा.नं. ४३ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : जि. भोजपुर सिद्धेश्वर गा.पं. घर भै भोजपुर कारागारमा थुनामा रहेको युवराज कोइराला विरूद्ध विपक्षी/वादी : कृष्णराजको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. भोजपुर सिद्धेश्वर गा.पं. वडा नं. ३ घर भै भोजपुर कारागारमा थुनामा रहेको मदन बहादुर खड्का फैसला भएको मिति : २०४१।२।२९।२ मा § सह–अभियुक्तले पोलेको कुरा अन्य सबूत प्रमाणबाट समर्थित नभएमा सह अभियुक्तको पोलाइलाई मात्र विश्वसनीय मान्न मिलेन । (प्रकरण नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधबक्ता श्री प्रकाश वस्ती विपक्षी प्रतिवादी तर्फबाट : वद्वान का.मु. अतिरिक्त सरकारी अधिबक्ता श्री ध्रुवलाल राज उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन परी साधकको लगतमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. सांगपांग गा.पं. वडा नं. ८ मा फिल्ड सरजमीन गर्न ०३७।६।३ गतेको दिन गई ऐ ७ गते सरजमीन गरी ऐ ८ गते भोजपुर आउँदा बाटोमा आइमाई मानिसलाई कसले काटी मारी लास फाली राखेकोले कानूनबमोजिम गरिपाउँ भन्ने कृष्णराज महाजुको ०३७।३।८ को जाहेरी दर्खास्त । ३. कृष्णकुमारीलाई २०३७ साल बैशाखदेखि करणी गर्न शुरू गरेको थिएँ त्यसपछि पनि करणी भएको थियो । ०३७ साल आषाढमा कृष्णकुमारीले महीनावारी भएन गर्भ रहृयो भनेकीले करणी गर्नेमा युवराज पनि भएकोले आषाढ ५ गते कृष्णकुमारीको गर्भ रहृयो के गरौं भन्दा मारौं भन्ने सल्लाह गरी बम्लीङमा जोगी छ त्यहाँ गई गर्भ फाली दिन्छु भनी कृष्णकुमारीलाई जाउँ भन्दा १–२ दिनमा जाउँ भनकाले ऐ ६ गते निजको घरमा सुती ऐ ७ गते राति कृष्णकुमारीको घरमा गयौं र निजसँग १०।३५ बजे हिंड्यौं हाम्रो हातमा खुकुरी थियो म पछाडि त्यसपछि कृष्णकुमारी युवराज अगाडि जाँदा कृष्णकुमारीलाई मैले खुकुरी झिकी पछाडि पट्टिबाट एकैचोटमा काटें भक्कै लडी फकाफक काटें युवराजले लाइट देखाएर मेरो हातको खुकुरी निजले मागी ३ चोट काटे र मैले तानी डिलमुनी टाउको छुट्याई डिलमाथि भएको युवराजलाई समात्न दिएर मैले शरीर लातले हानी उँधो मिल्काई दिएँ र बाटोमा निस्की टाउको मैले लिएर फर्कें केही पर आएपछि टाउको बाटैबाट उँधो मिल्काई दिएँ उज्यालो हुनासाथ घर आइपुग्यौं हामीले निजलाई काटी मारेका हौं भन्ने मदनबहादुरले प्रहरीमा गरेको कागज । ४. मदनबहादुर मेरो फुपाजु नाता पर्ने हुन् । ०३७।१।३ गते कृष्णकुमारीको घरमा घुम्न जाउँ भनी जाँदा हामी त्यहीँ सुत्यौं र केही छिनपछि मदनबहादुर कृष्णकुमारीकै खटियामा सुते सोद्धा करणी गरेको रहेछ मैले करणी गरेको छैन गर्भ बोकेछ के गर्ने भनी म सँग सल्लाह गरेपछि निजले जङ्गलमा लगी काटी मारी फालौं भनी सल्लाह गरी घरमा गयौं कृृष्णकुमारी र मदनबहादुरको औषधी गर्न जाने सल्लाह भएछ । ऐ ७ गते कृष्णकुमारीको घरमा पुग्दा रातको ९ बजेको थियो कृष्णकुमारीलाई हामीले जाउँ भन्दा रातमा नजाउँ उज्यालो भएपछि जाउँ भन्यो जानै पर्छ भनी १०।३५ बजे हिंडी वर्छे झाडिमा पुगे पछि म अगाडि कृष्णकुमारी बीचमा मदन पछाडि हिंड्दा कृष्णकुमारीलाई मदनबहा