निर्णय नं. १९७७ - उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९७७ - उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१५ २३४९ निर्णय नं. १९७७ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १११८ विषय : उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जावलाखेल डिस्टिलरी प्रा.लि. ललितपुर जावलाखेलको तर्फबाट ऐ को सञ्चालक ल.पु. जावलाखेल बस्ने विजयकुमार शाह विरूद्ध विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय काठमाडौं श्री अन्तशुल्क विभाग काठमाडौं श्री अन्तशुल्क कार्यालय डिल्ली बजार काठमाडौं का.जि. न. पं. वार्ड नं. २ गैरी धारा सरस्वती स्थान बन्धु निवास बस्ने मथुरा प्रसाद मास्के ऐ ऐ बस्ने देशबन्धु मास्के का.जि. गौशाला बस्ने दिनेशराज शर्मा का.जि. वालुवाटार बस्ने प्रकाश पाध्यानी आदेश भएको मिति : ०४१।३।१५।५ मा § रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ७ को उपदफा (१) मा दफा ५ अन्तर्गत प्रकाशित सूचना बमोजिमको रीत नपुगेको टेण्डर उपर ठेक्का दिने कुराका सम्बन्धमा विचार वा कारबाही गरिने छैन भन्ने उल्लेख भएको । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ : २. आधुनिक तथा वैज्ञानिक डिस्टिलरीको स्थापना गर्न अन्तःशुल्क विभागको मिति २०३१।१०।१० को सूचनामा दर्खास्त दिएकोमा प्रकाशित सूचनाको शर्त एवं ऐन नियमको अधीनमा रही काम गर्ने गरी इजाजत दिने निर्णय भए अनुसार अन्तःशुल्क नियमहरू, २०१९ को नियम ३.४ बमोजिम ४० यु.पि.१ सो भन्दा बढी शक्तिको निम्न खालको स्वास्थ्यकर मदिरा उत्पादन बिक्री गर्न इजाजत पाई न्यूनतम ग्यारेण्टी रु.२,००००० बुझाउन कबूलियत गरी काम गर्दै आएका छौँ सूचनाको शर्त नं. १७ बमोजिम ऐन नियम वर्खिलाप काम गरेको छैन तसर्थ शर्त नं. ८ अनुसार अन्तःशुल्कको दरमा हेरफेर गर्न बाहेक इजाजत रद्द गर्न नसकिने कुरा प्रष्ट छ । ०३८–०३९ सम्म अनुमति पत्र नवीकरण हुँदै आएकोले ०३९–०४० को पनि नवीकरण गर्न दर्खास्त दिएकोमा बिक्री वितरणको अनुमति पत्र ०३९।२।२७ मा नवीकरण भयो तर ०३९।६।३ देखि मौखिक आदेशद्वारा बिक्री पनि रोक्का गर्नुभयो । जुन गैरकानूनी, अनाधिकार र अन्यायपूर्ण समेत छ । ३. तपाईले मात्र काम गर्न पाए कति सम्म न्यूनतम ग्यारेन्टी दिन सकिन्छ सोको समुचित जवाफ पठाएपछि मात्र नवीकरणमा विचार गरिने छ भन्ने पत्र आएकोले रु.९,२५,०००। दिने कबूल गरी जवाफ पठाएको थिएँ नवीकरण भयो भएन कुनै जानकारी छैन । यसै बीच ०३९।६।५ मा निम्नकोटीको मदिरा उत्पादन गर्ने बारे दर्खास्त आव्हान गरियो । त्यस उपर रिट नं. ९४३ मा निवेदन गरेको छु । यसरी प्रकाशित सूचना नै सम्मानित अदालतको विचाराधीन रहेको अवस्थामा विपक्षीहरूलाई निम्नकोटीको मदिरा बनाउन र बिक्री वितरण गर्न दिने गरी श्री ५ को सरकारले निर्णय गरेको र अन्तःशुल्क विभागले ०३९।७।१६ मा कबूलियत गराई इजाजत दिएको गैरकानूनी छ । ०३९।६।५ को सूचनाको शर्त नं. ७(क) बमोजिम कबूल गरेको रकमको १० प्रतिशत रकम जम्मा गरेको बैंक भौचर पेश गर्नुपर्नेमा ०३९।६।२० गते दर्खास्त खोलिँदा सो बमोजिम जम्मा