निर्णय नं. १९७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०५/०६ २२५५ निर्णय नं. १९७८ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नम्बर ११४० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि. का.न.पं. वडा नं. २३ ओम बहाल बस्ने बाबुराम श्रेष्ठ विरूद्ध विपक्षी : प्रधानपञ्च कमल चित्रकार, काठमाडौं न.पञ्चायत मुकाम धर्मपथ का.जि. का.न.पं. वडा नं. १० भिमसेन गोला बस्ने डिम्फुटी शेर्पा आदेश भएको मिति : ०४०।५।६।२ मा § हक बेहक उपस्थित भएको जग्गामा नक्सा पास हुने ठहर्‍याएको नगरपञ्चायतको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को त्रुटि देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी काठमाडौं नगरपञ्चायतको मिति २०३९।८।१० को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३९।९।४।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : पूर्व ९। आफ्नै जग्गा र सो देखि पूर्व ऐ ऐ बस्ने छिटि सेर्पाको जग्गा पश्चिम उत्तर तर्फ ३। बीचमा दक्षिणतर्फ ३–० आफ्नै जग्गा पर्खाल र सो देखि पश्चिम शंकरप्रसाद ढकालको जग्गा उत्तर ८।० आफ्नै जग्गा पर्खाल र सो देखि उत्तर ऐ ऐ बस्ने परस प्रधानको जग्गा दक्षिण ३९।६ आफ्नै जग्गा पर्खाल र सो देखि दक्षिण ऐ ऐ बस्ने टेकराज गिरीको जग्गा यति ४ किल्ला भित्रको का.न.पं. वडा नं. १० अन्तर्गत का.जि. भिमसेनगोलाका जग्गा मेरा नाउँमा काठमाडौं मालपोत कार्यालयमा दर्ता भएको कि.नं. ९४५ को जग्गा रोपनी ०–६–२ मध्येको जग्गामा पूर्व मोहडा गरी साइड प्लानमा देखाएको ठाउँमा तल्ला १ कोठा ४ छाना ढलान गरी माटो र सिमेन्टले गारो जोडी नेपाली ढाँचाबाट प्रेसित नक्सा बमोजिमको घर बनाउन पाउँ निस्साको हकमा लालपूर्जाको नक्कल पेश गरेको छ भन्ने वादी डिम्फुटी सेर्पाको नक्सा दर्खास्त र हामीहरूको साविक देखिको देवल गुठी जग्गालाई विपक्षीले धर्मलोप गरी जग्गामा घर बनाउन लागेकोले हामीहरूको गुठीको जग्गामा घर बनाउन नक्सा पास कार्य स्थगित गरी घर बनाउन रोक्का गरिपाउँ भनी नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अन्तर्गत यो उजूरी निवेदन गर्न आएको छु भन्ने बाबुरामको उजूरी रहेछ वादीले पेश गरेको नक्सा बमोजिम घर बनाउन पाउने ठहर्छ भन्ने समेत विपक्षी काठमाडौं नगरपञ्चायतले निर्णय गरेको रहेछ । ३. विपक्षी प्रधानपञ्चलाई नक्सा पास गर्ने परम अधिकार दिएको छैन । नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) मा उजूरबाट घर बनाउने जग्गामा तेरो मेरो परी हक बेहक छुट्याउन पर्ने देखिन आएमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासका कारबाही गर्न पर्ने गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनु पर्छ भन्ने कानूनी प्रावधान गरेको छु । विपक्षी मध्येको डिम्फुटी सेर्पाले घर बनाई पाउँ भनी दिएको दर्खास्तको सम्बन्धमा मैले समयमा नै उजूरी निवेदन दिई काठमाडौं नगरपञ्चायतबाट तारिखमा बसेको व्यक्तिलाई जग्गामा हक बेहकको प्रश्न समावेश हुँदाहुँदै त्यसको ख्यालै नराखी नगरपञ्चायत ऐन, २०२१ को दफा ४९(२) को देखादेखी उल्लंघन गरी गरेको निर्णय स्वयं बदरभागी छ । ४. त्यति मात्