निर्णय नं. १९७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/११ २१६१ निर्णय नं. १९७९ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४० सालको रि.नं. १६२२ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. सप्तरी वेल्ही गा.पं. वा.नं. ३ वेल्ही बस्ने मनमोहन झा मैथिल ब्राम्हण विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सप्तरी ऐ साविक बेल्ही गा.पं. वा.नं. ३ र हाल वा.नं. १ बस्ने भू.पु. वा.स.स. सोभित यादव आदेश भएको मिति : ०४१।३।११।१ मा § कार्यालय आफैंले तारेख टुटाएकोमा पक्षको अनुपस्थितमा निर्णय फैसला गर्न सकिन्छ भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ: २. जि. स.गा.पं.वेल्हीका तत्कालीन वा.नं. ३ को वार्ड समितिको अध्यक्ष म निवेदक तथा विपक्षी सोमित यादव सदस्य थियो । ०२२ साल देखि असूल भएको अनिवार्य वचत साथ ऋण सम्बन्धी करोवार निज वडा अध्यक्षले नै गर्नुभएको छ मलाई उक्त वार्डको कामकाज गर्न दिनुभएको छैन खातापत्र समेत मेरो जिम्मामा छैन आज सम्म मलाई निज वार्ड अध्यक्षले वार्ड सम्बन्धी हिसाब किताब कागजहरू नबुझाई उक्त वार्डको मौज्दात जिन्सी धान मन १०५–०–० र नगद रु.४७। निज मनमोहन झाले कृषकहरूलाई वितरण नगरी आफ्नो निजी व्यवहारमा खर्च गरी हिनामिना गरेकोले कानूनबमोजिम गरिपाउँ भनी तत्कालीन प्र.पं.वौवालाल यादवले भूमिप्रशासन कार्यालय सप्तरीमा निवेदन दिनुभयो । ०२७।५।१० मा लेखा परीक्षण हुँदा धान मन १०५। र रु.४७। सोमित यादव र म समेतसँग छ भनी अधिकारीज्यूले दबाबमा पारी मसँग कागज गराउनु भयो । ०३०।८।२१ गते सम्पूर्ण जिन्सी नगद म मनमोहन झाले नै बुझाउन पर्ने हो भनी कागज गराउनु भयो । ०३५ सालमा जंगल माली समेतले सोमित यादवले वचतको धान बेची जग्गा जमीन पनि खरीद गर्नु भयो भन्ने व्यहोराको उजूरी गरेकोले सोमित यादवलाई म्याद काटी झिकाएकोमा सोमित यादवले सम्पूर्ण नगद जिन्सी आफ्नो जिम्मा भएको र उक्त रकम जनताबाट असूल गरी वितरण गरी सकेको हुँदा किताबमा नचढाई लेखा परीक्षणमा बेरूजू आएको हो । मनमोहन झाले तिर्नु पर्ने होइन बाँकी रहन आए संयुक्त रूपमा बुझाउन तयार छौँ भनी बयान गर्नुभएकोले आवश्यक परेमा झिकाउने गरी मलाई ०३६।६।४ मा तारेख टुटाइयो । ०३६।१०।१३ मा खटिएको सरजमीनले समेत सोमित यादवबाट ऋण खाएको भनी बकेको छ । मिति ०३९।११।१६ गते श्री अधिकारीज्यूले मेरो अनुपस्थितिमा मबाट बिगो बमोजिम जरिवाना समेत जम्मा १०६७४। असूल गर्ने निर्णय गर्नुभयो । वास्तवमा मौज्दात नगद जिन्सी वारेमा मलाई केही थाहा छैन । किसानले गरी दिएको कबूलियत पिठमा सोमित यादवको हस्ताक्षर भएकोले विपक्षी सरोकार छ । बचत रकम आफ्नो जिम्मामा भएको कुरा विपक्षीले स्वीकारै गर्नुभएको भू.सं.नियम २८ को उपनियम ३ मा समितिले उठाएको बचतको रकम दुरूपयोग वा हिनामिना भएमा सामूहिक र व्यक्तिगत रूपले जिम्मेदार हुने कुरा उल्लेख छ । यस्तोमा विपक्षीलाई दायित्वबाट मुक्त गरी ममाथि मात्र थोपारिएको छ, यस प्रकार सबूत प्रमाणको मूल्याङ्कन नै नगरी