निर्णय नं. १९८० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९८० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/३० २२८० निर्णय नं. १९८० ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् ०४० सालको रि.नं. १९१९ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जि. ललितपुर ल.पु.न.पं. वा.नं. २२ नागबहाल बस्ने चक्रराज शाक्य विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय ललितपुर जावलाखेल ल.पु. न.पं. वा.नं. ४ धोवीधाट बस्ने कृष्ण बहादुर बस्नेत आदेश भएको मिति : ०४१।३।३०।६ मा § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम साविक मोहीको शेषपछि मोही रोज्ने काम जग्गाधनीको हुने कुरा प्रष्ट छ । यस्तो अवस्थामा मोही नामसारी सम्बन्धी निर्णय गर्नु पूर्व जग्गाधनीलाई बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री पिताम्बर प्रसाद सिलवाल विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री मुकुन्द रेग्मी र विद्वान सरकारी अधिबक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : विपक्षी भू.सु.का.ललितपुरको मिति ०३८।३।२१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षिप्त यस प्रकार रहेछ । २. निवेदकका बाजे न्हुछेराज शाक्य तथा वेखाराज शाक्य एकै व्यक्ति हुन् निज ०१५ सालमा निधन भए पनि वहाँकै नाउँमा ल.पु.मालपोत कार्यालयमा मिति २०२१।८।१६।३ मौजे पाइखाछे ५१ नं. का लगतमा रैकर परिणत समेत भएको जग्गा नापी हुँदा ल.पु.न.पं. वार्ड नं. ४(ड) कि.नं. ३६ को रोपनी २–१५–० कायम मै मोहीमा मैया बस्नेतनी फिल्डबुकमा जनिएको थियो । बाबु नेमराज २०२७ सालमा परलोक हुनुभएकोले मेरो हक हुनआएको हो । मोही मैया बस्नेतनीको २०२३।८।४ मा देहान्त भएको र मोही हक प्राप्त हुने कोही नभई मैले नै भोगी आएको थिएँ । लगत कट्टा गर्न सम्म बाँकी थियो यस्तो अवस्थामा मेरो भाइ बुहारी मैया बस्नेत परलोक भएकोले जोत नामसारी गरिपाउँ भनी विपक्षी कृष्णबहादुरको ०३८।३।१९ मा निवेदन परेकोमा मोही नामसारी गरी दिने भनी विपक्षी कार्यालयबाट मिति २०३८।३।२१ मा निर्णय भएको रहेछ । ३. सो निर्णय गर्दा जग्गाधनी मलाई नबुझिएको हुँदा प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको छ । निर्णय पश्चात पनि जग्गा मैले नै जोती आएकोमा हाल मात्र विपक्षीले खनजोत गर्न आएकोले वादविवाद पर्दा निर्णय भएको थाहा भई मिति २०४०।१।२३ मा नक्कल सारी लिएँ विपक्षी कृष्णबहादुर साविक मोही मैया बस्नेतनीको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गतको हकवाला नहुँदा उक्त ऐनको त्रुटि भएको छ । विपक्षी कृष्णबहादुरले जग्गा कमाएको छैन । कबूलियत भर्पाई पेश गर्न सकेको छैन यस्तो अवस्थामा मोही कायम गर्नु भू.सं.ऐनको दफा २५, ३४ को त्रुटि हो तसर्थ भूमिसुधार कार्यालय ललितपुरको मिति २०३८।३।२१ को निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफहरू यस प्रकार रहेछन् : ५. सम्बन्धित पञ्चायतको सिफारिश साथ मोही नामसारी गरी प्रमाणपत्र पाउँ भन्ने निवेदन परेकोमा मृतक नानी मैया बस्नेतको एक मात्र हकदार भएको भनी पञ्चायतको सिफारिश भएकोले जग्गावाला बुझ्न नपरी मोही नामसारी गरी दिन