निर्णय नं. १९८१ - दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९८१ - दर्ता बदर हक कायम भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०४/११ २२६४ निर्णय नं. १९८१ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ५४६ मुद्दा : दर्ता बदर हक कायम निवेदक/वादी : जि. मकवानपुर हेटौंडा न.पं. वार्ड नं. ९ पशुपतिनगर बस्ने गगनसिंह रावल विरूद्ध विपक्षी/प्रतिवादी : हेटौंडा न.पं. वार्ड नं. ८ हेटौंडा औद्योगिक क्षेत्रस्थित टोबाको कम्पनीका मेनेजर ऐ औद्यगिक क्षेत्रस्थित नेपाल टोबाको कम्पनी प्रा.लि. फैसला भएको मिति : ०४१।४।११।५ मा § तामेली मितिले ३५ दिनभित्रै अदालतमा नालेश परेको देखिन्छ । हदम्याद नाघेको भन्न मिलेन । (प्रकरण नं. १०) निवेदक वादी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री भानुराज अर्याल र विद्वान अधिबक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०३९।११।९।२ को निर्णय उपर चित्त नबुझी वादीको यस अदालतमा पुनरावेदनको अनुमति परी अनुमति पाई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : ०२१।१२।१५ मा रा.दु.ज.वि.कं.बाट चलन पूर्जि पाई मेरो नाउँमा दर्ता भएको १–१९–१० जग्गा र अष्टबहादुरबाट श्रीमती नन्दकुमारीले छोडपत्र गरी लिई ०२४।१।२२ मा श्रीमतीबाट छोडपत्र गरी लिई मेरो हक भएको र खडगकुमारीबाट २०२१।११।१३ मा छोडपत्र गरी लिई हक भएको जग्गा समेत पारिवारिक समस्या समाधानार्थ भनी रु.३१,०००। मा छोडपत्र गरी दिएको ०३२।१२।१७ र १८ मा नाप नक्सा हुँदा म नेपालगञ्जमा भएको अवस्था विपक्षी टोबाको कम्पनीका नाउँमा कि.नं. ४५५, ४६३, ४७१ र ४५७ नापनक्सा भएछ, मेरो उजूर परी तेरो मेरोमा नालिश दिन जानु भनी दुवै पक्षलाई सुनाएकोमा दुवै पक्षको उजूर नपरी ०३७।९।३।४ मा प्र.का नाउँमा अस्थायी दर्ता गरी दिने गरी ज.बि.२–१४–८ र सो जग्गामा बनेको घर समेत प्रचलित रु.६२,०००। पर्ने घर जग्गा टोबाको कम्पनीको नाउँमा गरिएको अस्थायी दर्ता बदर गरी ४ कित्ता जग्गा मेरो हक कायम गरिपाउँ भन्ने वादी । ३. मेरो आफ्नो दर्ता तिरोको भनी झुठ्ठा दावी लिनुभएको । पश्चिम मिठुमायाको जग्गा उत्तर वेदनाथ न्यौपानेको जग्गा दक्षिण मेरै जग्गा बिगहा १–१९–१० अष्टबहादुरबाट नन्दकुमारीले छोडपत्र गरी लिएको भन्ने दावी भएको रु.३१,०००। कलमै पिच्छे मेहनत खर्च बुझी लिई नेपाल टोबाको कम्पनीलाई ०२५।९।१ मा हक छाडी कागज गरेपछि कम्पनीले अरू भवन र पर्खाल समेत बनाई आजसम्म भोग चलन गरी नापीले अस्थायी दर्ता समेत दिएको कानूनबमोजिम भएको गरेको सदर गरी कम्पनीको नाममा स्थायी दर्ता र हक कायम गरी खिचोलाबाट छुटकारा दिलाई पाउँ भन्ने प्रतिउत्तर । ४. ०३२।१२।१७ र १८ को नापी उपर वादीको उजूर परी तेरो मेरोमा अदालतमा जानु भनी ६ नं. नापी गोश्वाराले ०३४।७।१६ मा पर्चा गरी सुनाएको सो पर्चा उपर वादीको उजूरी परेको देखिएन । तत्कालिन ज.मि.को १८ नं. को म्यादभित्र वादीको उजूरी पर्नु पर्थ्यो । सो पनि परेको छैन भने वादीलाई हाल अदालतमा प्रवेश गर्न पाउने कानूनी आधार देखिँदैन । तसर्थ वादी दावी पुग्न सक्दैन भन्ने मकवानपुर जिल्ला अदालतको ०३८।२।१८ को फैसला । ५. सो उपर चित्त नबुझी वादीको ना.अं.अ.मा पुनरावेदन परेकोमा बिगोको हदबाट म.क्षे.अ.को अधिकार क्षेत्रभित्रको देखिएकोल