निर्णय नं. १९८२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९८२ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०२/२५ २३०३ निर्णय नं. १९८२ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ३११ सम्वत् २०४० सालको फौ.सा.नं. १०५ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : रोल्पा धोरागाउँ गा.पं. वार्ड नं. ३ थुप्पाको घर भै हाल श्री कारागार शाखा रोल्पामा थुनामा रहेको पुनाराम घर्ति क्षेत्री विरूद्ध प्रत्यर्थी/वादी : कुवारी क्षेत्रीनीको जाहेरीले वादी श्री ५ को सरकार फैसला भएको मिति : २०४१।२।२५।५ मा § मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारी झुण्डाएको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. २१) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थी वादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : सु.प.क्षे.अ.को फैसला उपर प्रतिवादी पुनाराम घर्ती क्षेत्रीको यस अदालतमा पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकारको रहेछ । २. अन्यायवाला पुनारामको र मेरो घरको आँगन जोडिएकोले ०३५ साल आाषाढमा आँगनको ढिकु भत्केको हुँदा मेरो लोग्ने पूर्णबहादुरले बार बारेकोमा निज पुनारामले मेरो आँगन मिची बार बारिस भनी झगडा गरी मौका परेमा तेरो ज्यान नमारी छोड्दिन भनेको थियो । ०३५।४।१३ गते मेरो लोग्ने स्याउला सोतर लिन भनी वनतर्फ गएको साँझसम्म फर्की नआएकाले खोज तलास गर्दा नाम्लोको वरियाले पासो लागि झुण्डी मरेको समेत देखी गाउँका मानिसहरूसँग कुनै रिसइवी नभई यी पुनरामले ज्यान मार्नेको हाँक दिई राखेको हुनाले मेरो लोग्नेलाई पुनारामले नै मारेको पूरा शंका लागेको हुनाले लास कुरुवा राखी दर्खास्त गर्न आएको छु भन्ने समेत ०३५।४।१७ को जोहरवाली कुवारी क्षेत्रीनीको जाहेरी दर्खास्त । ३. ०३५।४।१८ मा भएको लास जाँच प्रकृति मुचुल्का । ४. ०३५।४।१९ गतेमा भएको मानबहादुर राना मगर समेतले गरी दिएको प्रहरीबाट भएको लास जाँच तहकीकात मुचुल्का सहितको सरजमीन मुचुल्का । ५. साँध सीमानाको कुरामा झगडा परी रिसइवी रहेकोले मृतक पूर्णबहादुर वनतर्फ सेउला खेर्न गएको बेलामा मौका पारी म पनि मृतकको पछि सोही बाटो गई निज सेउला खेर्न लाग्दा कंकड खान आइज भनी बोलाउँदा आए केही छिन मसकरीको कुरा गरी मेरो दुवै हातले निजको एक हात तान्दा अर्को हातले हैसियाले हान्न ताकेकोले सो खोसी फाली दिएँ फेरि ढुङ्गाले पिठ्यूंमा हानेकोले मैले हातको लपेटाले निजलाई हान्नासाथ झम्टन आएकोले मैले दुवै हातले निजको घाँटीमा अठ्याँई उत्तानो पारी घुँडा टेकी छातीमा चढी गला चेपेको चेपेकै गर्दा पनि हात खुट्टा चल्दै थियो केही वेर पछि चल्न छोडेकोले अठ्याँउन छोडी हेर्दा मरिसकेको रहेछ । निजकै नाम्ला बरियाले घाँटी र गोडामा बाँधी अं.१५ हात तल ल्याई झुण्डाई दिएको हुँ भन्ने समेत पुनारामले ०३५।४।२० मा प्रहरीमा गरेको साविती बयान । ६. मिति ०३५।४।१३ गते बिहानै म लालीवाडा तर्फ डुल्दै गई बेलुका मात्र घरमा आएको हुँ, दिनमा को को ले के काम गरे थाहा भएन । बिहान पूर्णबहादुरको लास वनमा फेला पारे भन्ने सुनी गई हेर्दा प्रकृतिबाट कर्तव्य नै ठहराइयो । जाहेरवालाले पुनाराम प्रति शंका गरेकोले ८।१० हजारमा मिलाई देउ भनी प्रहरी समेतलाई मैले भनेको छैन । जाहेरवालनी र पुनाराम बीच झगडा भएको म प्रति समेत सरजमीनले