निर्णय नं. १९८३ - नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९८३ - नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०९/०४ २२१३ निर्णय नं. १९८३ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. ४८० मुद्दा : नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ पुनरावेदक/प्रतिवादी : का.जि. थापाथली बस्ने महाराज कुमार मन्सुरी शमशेर ज.ब.रा. विरूद्ध विपक्षी/वादी : ऐ घर भई हाल बानेश्वर बस्ने दावा उक्याप फैसला भएको मिति : २०४०।९।४।२ मा § नक्सा पास गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नलाई सो बाटो सार्वजनिक हो होइन भन्ने निर्णय हुनु पर्ने अवस्था पर्छ अधिकार प्राप्त निकायबाट बाटो सार्वजनिक वा निजी के हो सो सम्बन्धमा निर्णय नभएको स्थितिमा उक्त बाटोलाई नगरपञ्चायतले आफैं सार्वजनिक मानी गोठ र गेट भत्काउन आदेश दिएको कानून अनुरूप भएको देखिएन । (प्रकरण नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री यादव प्रसाद खरेल विपक्षी वादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३८।९।९।५ को निर्णय उपर पुनरावेदन अनुमति प्राप्त भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : मंसुरी शमशेर ज.ब.रा.ले साझा बाटामा जबरजस्ती मेरो छोरा जोन्देन उक्यापको नाममा घर भएको र मानिस नभएको समयमा पारी गाई गोठ र गेट बनाई आवागमनमा बाधा दिन र साथै गोठ बनाउँदा स्वास्थ्यलाई समेत हानिकारक हुन जाने हुँदा निजलाई बारम्बार सम्झाउँदा पनि उक्त घर भत्काई नदिएको र गोठ पनि बनाउने कार्य जारी नै रहेकोले बनाउन लागेको गोठ र गेट दुवै भत्काउन लगाई पाउँ भन्ने समेत दावा उक्यापको ०३३।५।२० को निवेदन । ३. अघि श्री ३ महाराजा देवशमशेर ज.ब.रा.का दरवार कम्पाउण्ड अन्दाजी १४२ रोपनी भएकोमा पछि बिक्री बण्डा समेतबाट भाइ भतिजाहरूले पाई म समेतले भोग गर्दै आइरहेको र सो ठाउँमा आउन जान सुविधाको लागि बनाइएको निजी बाटो हो सार्वजनिक बाटो होइन र सो बाटो मेरो घर गई टुंगिएकोले पनि सो बाटो सार्वजनिक नभई निजी भन्ने कुरा पुष्टि हुन आउँछ । मैले नबनाएको गोठ ढोका र बाटो देखि दक्षिणतर्फ अन्दाजी १० फिट फरकमा निवेदकको घर छ निवेदकको घरमा अहिले मेरो घरमा आउन जान समेत सवारीलाई कुनै बाधा पुर्याउने अवस्था छैन । जहाँसम्म नक्सा पास बेगर गोठ बनायो भन्ने निवेदकको उजूरी छ यसका हकमा सो मेरो गोठ हाल बनाएको नभई साविक दर साविकका पालादेखि पनि रहेकै थियो सो गोठ पुरानो र जिर्ण अवस्थाको भएकोले त्यसमा हाल मर्मत गरी छाना फेरी बनाएको छु भन्ने समेत प्रतिवादी मन्सुरी शमशेरको बयान कागज । ४. न.पं.१ वडा नं. अन्तर्गत का.जि. थापाथली बस्ने दावा उक्यापको उजूरीमा सार्वजनिक जग्गा मिची सोही ठाउँमा बस्ने मन्सुरी शमशेर ज.ब.रा.ले कोठा टहरा गोठ बनायो भन्ने बारेमा लेखिए बमोजिमको स्थानमा जाँच गर्न जाँदा मन्सुरी शमशेर ज.ब.रा.ले उजूरवालाको घरदेखि उत्तरतर्फ आवत जावत गर्ने बाटो देखि उत्तरतर्फको पुरानो पर्खालको जग्गा माथि मर्मत गरी नयाँ टहरा बनाई राखेको देखिन्छ । यसैको दस्तूर रु.३।७४ लाग्ने देखिन्छ । सार्वजनिक र व्यक्तिगत भन्ने बारे सरजमीन गर्नपर्ने देखिन्छ भन्ने अ.ई.मोहनकृष्ण डंगोलको ०३३।७।१८।४ को नक्सा रिमार्क । ५. विवादस्थान गई जाँचबुझ गर्दा उजूरीमा उल्लिखित गरिए बमोजिम वादीले प्