निर्णय नं. ८८९६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८९६ - उत्प्रेषण भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०३/२८ ६७७३ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८८९६ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की रिट नं. २०६६–WS–००३९ आदेश मितिः २०६९।३।२८।५ मुद्दाः– उत्प्रेषण । निवेदकः स्याङ्जा जिल्ला, बीरघा गा.वि.स. वडा नं. ५ घर भै हाल बाहिरी चक्रपथ विकास आयोजना, अनामनगर, काठमाडौंमा राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) इन्जिनियर (विशेष) पदमा कार्यरत वर्ष ४६ को दयाराम पाण्डे समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § राज्यले अवलम्बन गरेको नीतिअनुरूप निजामती सेवाको गठन, सञ्चालन र नियमन गर्न विधायिकाद्वारा निर्माण गरिएको कानून स्पष्ट रूपमा संविधानको भावना र मर्मविपरीत नभएसम्म अदालतले बदर गर्नु उचित र संविधानसम्मत हुन नसक्ने । (प्रकरण नं.१६) § निजामती सेवालाई कस्तो बनाउने, यसको संगठनात्मक स्वरूप कस्तो हुने, पदसोपानको संरचना कुन प्रकारको राख्ने, निजामती कर्मचारीको नियुक्ति, बढुवा र बर्खासीका मापदण्ड के कस्तो आधारवाट निर्धारण गर्ने, सेवाका शर्त र सुविधाहरू के कस्तो प्रदान गर्ने भन्ने विषय न्यायिक रूपमा व्यवस्थापन हुने विषयहरू हुन नसक्ने । (प्रकरण नं.१८) § वर्गीकरण गर्ने कानूनबाट हासिल गर्न खोजिएको उद्देश्यसँग वर्गीकरणको सार्थक र विवेकपरक सम्बन्ध देखिदैन भने कानूनद्वारा गरिएको वर्गीकरणलाई संवैधानिकताको मान्यता दिन नसकिने । (प्रकरण नं.१९) § लामो समयसम्म एउटै श्रेणीको पदमा कार्यरत कर्मचारीको मनोवल बृद्धि गर्ने ऐनको उद्देश्य र निजामती सेवाको संगठनात्मक स्वरूप र पदसोपान संरचना नविग्रने गरी खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने प्रक्रियामा कुनै असर नपर्ने गरी ल्याइएको बढुवासम्बन्धी विशेष व्यवस्थाको सार्थक सम्बन्ध समेत देखिन आउँछ । बढुवाको आधार र अवस्था नै फरकफरक रहेका अलगअलग वर्गका बढुवाहरुको लागि पृथकपृथक सेवाको शर्त तोकिएको कानूनी व्यवस्था युक्तिसंगत वर्गीकरणको सिद्धान्त (Theory of reasonable classification) अनुकूल नै देखिँदा समानताको हक विपरीत भएको भन्ने निवेदन दावी सिद्धान्ततः उपयुक्त नदेखिने । (प्रकरण नं.२२) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता डा.भीमार्जुन आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५३, १०७(१) § निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) को दफा ७(१), २४घ (१), (२), (३) § निजामती सेवा नियमावली, २०५० को नियम ८७ख. आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) र (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवदेनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः– हामी निवेदकहरूमध्ये म दयाराम पाण्डले मिति २०४६।०९।११ मा राजपत्र अनङ्कित प्रथम श्रेणी, ओभरसियर (सिभिल) पदमा तात्कालीन भवन र आवास तथा शहरी विकास शाखा म्याग्दीमा, म कृष्णप्रसाद अधिकारी मिति २०४४।०३।१८ मा राजपत्र अनङ्कित प्रथम श्रेणी, ओभरसियर (सिभिल) पदमा सार्वजनिक निर्माण शाखा जाजरकोटमा, म प्रकाशजंग शाह २०४१।०३।०८ मा राजपत्र अनङ्कित प्रथम श्रेणी, ओभरसियर (सिभिल) सा.नि. शाखा नुवाकोटमा र म गुरूप्रसाद दाहाल २०४०।१०।२७ मा राजपत्र अनङ्कित प्रथम श्रेणी, वन सहायक पदमा सोलुखुम्बु जिल्ला वन कार्यलय