निर्णय नं. १९८४ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९८४ - ज्यान भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१६ २१४६ निर्णय नं. १९८४ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.पु.नं. ३३३ मुद्दा : ज्यान वादी/पुनरावेदक : गोविन्दबहादुर सार्कीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. झापा गौरादह गा.पं. वार्ड नं. ३ बस्ने तुलबहादुर सार्की फैसला भएको मिति : २०४१।३।१६।६ मा § भात पका भन्दा नमानेकीले तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले निजको मुख तथा छातीमा हिर्काउँदा मरेकी हो भनेको देखिँदा यस्तो अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजाय गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १९) पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री ध्रुवलालराज विपक्षी : x उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पू.क्षे.अ.को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकारको रहेछ । २. ०३८।५।१८ गते रत्नबहादुर श्रेष्ठको पाटा धुने काममा गई सोही दिन त्यहीं बसी भोलिपल्ट घर आउँदा आमा मङ्गलीलाई बाबु तुलबहादुरले कुटपिट गरी मारेको लास सिकुवामा लडाई राखेको, बाबु रोइरहेको हुँदा गाउँ छिमेकी र प्रहरी समेत खबर गरी सोधपुछ गर्दा १२।१ बजेको समयमा बाबुले रक्सी खाई कुटपिट गर्दा आमाको मृत्यु भएको हो भनी सावित भएकोले कानूनबमोजिम गरिपाउँ भन्ने समेत गोविन्दबहादुर सार्कीको जाहेरी दर्खास्त । ३. ०३८।५।२० को घटनास्थलको प्रकृति मुचुल्का । आर्थिक अवस्था कमजोर भई घरमा खाना नभएकोले राति १०।११ बजेको समयमा चामल किनी घरमा जाँदा स्वास्नी छोराछोरी सबै सुती सकेका रहेछन्, श्रीमती मङ्गलीलाई उठाई भात पका भन्दा रिसाएर पकाउँदिन भनिन्, मलाई रिस उठी मङ्गलीलाई छातीमा र मुखमा मुड्कीले हिर्काउँदा मृत्यु भयो । म बाहेक अरू कसैको सहमत छैन । श्रीमतीलाई कुटपिट गरी मार्ने कुनै रिसइवी थिएन, रिस थाम्न नसकी हिर्काउँदा मृत्यु भएको हो भन्ने समेत व्यहोराको तुलबहादुर सार्कीले ०३८।५।२१ मा प्रहरी समक्ष गरेको बयान । ४. ०३८।५।१८ गते रात घरमा आमा र म मात्र थिएँ रातमा मादक पदार्थ खाई बाबु घरमा आई तँलाई मार्छु भन्दै गाली गर्दै आमालाई कुटपिट गरी मारेछन्, भोलिपल्ट थाहा भयो भन्ने समेत मर्नेकी छोरी मुन्टी सार्कीनीले प्रहरीमा गरेको बयान । ५. तुलबहादुरले मर्ने मङ्गलीलाई कुटपिट गरी मारेको हो भन्ने समेत व्यहोराको गोविन्दबहादुर समेतको ०३८।५।३१।४ गतेको सरजमीन मुचुल्का । ६. तुलबहादुरले श्रीमतीलाई तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले हानेको र घाँँटी समेत थिची ज्यान मर्न गएको देखिँदा तुलबहादुर उपर ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय होस् भन्ने समेत व्यहोरा भएको प्रहरी प्रतिवेदन । ७. घरमा भात खाने चामल नभएकोले चामल किनी घर आउँदा रातको १०।११ बजेको समयमा स्वास्नी र छोराछोरीहरू सबै सुती सकेका रहेछन् । भात पकाउ भन्दा रिसाएकीले मलाई रिस उठी थाम्न नसकी छाती र मुखमा समेत मुड्की र घुस्सी समेतले हिर्काउँदा मरिन् यसमा कसैको सल्लाह सहमत छैन भन्ने समेत व्यहोराको तुलबहादुर सार्कीको ०३८।६।३ मा अदालतमा गरेको बयान । ८. प्रतिवादीले ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय पाउने ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको ०३८।१०।२६ गतेको फैसला । ९. शुरू झापा जि. अ.को फैसला कानूनी त्रु