निर्णय नं. १९८७ - बाबु कायम गरी अंश दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९८७ - बाबु कायम गरी अंश दिलाई पाउँ भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/१५ ३८७४ निर्णय नं. १९८७ ने.का.प. २०४१ अङ्क ५ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.फु.नं. १२ मुद्दा : बाबु कायम गरी अंश दिलाई पाउँ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला का.न.पं. वडा नं. २२ खिचापोखरी बस्ने तेजरत्न तुलाधार मरी मुद्दा सकार गर्ने ऐ ऐ बस्ने निजको छोरा रत्नसंभव तुलाधर विरूद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला का.न.पं. वडा नं. ३० असन धलासीको बस्ने सोनाम तुलाधर विपक्षी/प्रतिवादी : ऐ ऐ वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने कुलवीर सिंह तुलाधर ऐ ऐ बस्ने निमा तुलाधर फैसला भएको मिति : २०४१।५।१५।६ मा § आमाको गर्भबाट बच्चा पैदा हुने हुँदा मातृत्व एउटा निश्चित तथ्यमा आधारित हुने कुरा हो तर पितृत्वको निर्धारण यस्तो वास्तविक तथ्यको आधारमा हुन सक्तैन । यो जहिले पनि अनुमानकै भरमा हुन्छ । (प्रकरण नं. १९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिबक्ता श्री होराप्रसाद जोशी उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा डिभिजन बेञ्च समक्ष निर्णयार्थ पेश हुँदा माननीय न्यायाधिशहरुमा मतैक्य नभई राय बाझी फैसला भएकोले “सर्वोच्च अदालत नियमावली २०२१” को नियम ३३(क) बमोजिम यस बेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. बाजे कुलरत्नका छोराहरू जेठा चन्दरत्न, माहिला प्रतिवादी तेजरत्न साहिंला प्रतिवादी कुलवीर सिंह र कान्छा पञ्चवीर हुन् । चारै दाजु भाइहरू अंशबण्डा भई बेग्लै बसेका छन् । कुलवीर सिंहका २ पत्नी जेठी रत्नदेवी र कान्छी मेरी आमा निमा तुलाधर हुन् रत्नदेवीका २ छोरा मध्ये जेठा आनन्दरत्न र कान्छा विनोदरत्न हुन् भने छोरी ३ मा २ छोरीको विवाह हुन बाँकी छ । कान्छी मेरी आमा नीमाबाट म जन्मेपछि छोरा राजुरत्न र छोरी मञ्जुदेवीको जन्म भएको हो । प्रतिवादी तेजरत्नकी २ पत्नी मध्ये जेठी प्राणमायाबाट कुनै सन्तान नभएकोमा र कान्छी मीनाबाट तीन छोरा आमी, रत्ना र लोचन तथा छोरी १ लिली भएका हुन् । विभिन्न मुद्दामा मैले आफूलाई कुलवीर सिंहको छोरा भन्दै आएको र कुलवीर सिंहलाई बाबु भनी सोही नाताको व्यवहार गर्दै आएको छु । ३. नागरिकताको प्रमाणपत्र लिँदा पनि बाबु कुलवीरले सहिछाप गरी दिनुभएको छ । यता केही वर्ष देखि बाबु विषयमा गोलमाल हुन गयो । नागरिकता ढाँट्यो भन्ने मुद्दामा बाबु कुलरत्न र आमा निमाले मलाई तेजरत्नको छोरा हो भनी बयान गर्नुभयो । प्रतिवादी तेजरत्नसँग गई कुरा गर्दा निजले पनि मलाई छोरा हो भनी स्वीकार नगरी इन्कार गर्नु भयो । हाल म कुलवीर सिंहकै हक लाग्ने असन घरमा बसी रहेको भए पनि कुलवीर तथा तेजरत्न समेत दुवैले मलाई हेरविचार गर्नुभएको छैन । कुलवीर सिंह वा तेजरत्न जो बाबु ठहरिन्छन् उनैबाट अंश भाग छुट्याई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको सोनाम तुलाधरको फिरादपत्र । ४. म ल्हासामा जन्मिएको हुँ । तेजरत्न तुलाधार ल्हासामा जानु भएका बखत २००३ सालमा म निजकी पत्नि भई बसेकी थिएँ । निज तेजरत्नको वीर्य र मेरो गर्भबाट वादी सोनाम २