निर्णय नं. १९८९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९८९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२६ १९९८ निर्णय नं. १९८९ ने.का.प. २०४१ अङ्क ५ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.फु.नं. ६० विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभाग विराटनगर विरूद्ध विपक्षी : जि. मोरङ बिराटनगर दुहवी स्थित नेपाल स्टावोर्ड कम्पनी (प्रा.) लि.को तर्फबाट ऐ के संचालक मोरङ बिराटनगर न.पं. वा. नं. ४ मेनरोड बस्ने किसनलाल दुगड आदेश भएको मिति : २०४१।५।२६।३ मा § भन्सारबाट के कस्ता सूचना प्राप्त भएका छन् तथा प्रज्ञापनपत्रहरूबाट के कस्ता कुराहरू देखिएका छन् उक्त निर्णयमा खुल्दैन अधिक विजकीकरण तथा न्यून विजकीकरण गर्ने आम प्रचलन रहेको भन्नेसमेत आधारमा निवेदकले पनि त्यस्तैकिसिमको कार्य गर्‍यो भनी पूर्वधारणा बनाई अजमाइसी आधारमा खूद आय कायम गर्न मिल्ने पनि नदेखिने । (प्रकरण नं. १६) निवेदक प्रत्यर्थी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र गर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. कम्पनी ऐन अन्तर्गत रजिष्टर्ड भएको नेपाल स्टावोर्ड कं.(प्रा) लि.ले उत्पादन शुरू गरेको मिति २०२४–२५ साल देखि १० वर्ष सम्मका लागि आयकर छूटको सुविधा प्राप्त गरेको छ, विपक्षी कर कार्यालयले २०२१ साल देखिको आय विवरण माग गर्नुभए अनुसार आय विवरणहरू ०३२।३।३१ मा पेश गरेकामा कर फछ्र्यौट आयोगको त्यस उद्योगको कारोवारको अतिरिक्त समुद्रपारहरूमा निर्यात तथा आयातको समेत गैर औद्योगिक कारोवार गरेको देखियो । समुद्रपार आयात निर्यातमा अधिक विजकीकरण र न्यून विजकीकरण हुने प्रचलन भएबाट त्यस्तो लेखालाई मान्यता नदिई आयकर ऐन, २०३१ को दफा ३३(२) अनुसार न्यायोचित अनुमानद्वारा गैर औद्योगिक (आयात निर्यात) को खूद आय किन कायम नगर्ने सो सम्बन्धमा केही कुरा भन्न वा सबूत पेश गर्ने मौका दिइएको छ भन्ने व्यहोराको मिति ०३४। ११।५ को पत्र प्राप्त हुन आयो । सोको जवाफमा यसै उद्योगले आयकर छूटको सुविधा भोगी आएको र त्यसको धैरे पछि मात्र औद्योगिक तथा गैर औद्योगिक आय भनी वर्गिकरण भएको हुँदा हामीले आयकर तिर्नु नपर्ने भनी लेखिपठाएका थियौं । तर कर फछ्र्यौट आयोगबाट आर्थिक वर्ष ०२७–२८ मा खूद आय रु.११,२५,०१८।९९ ०२८।०२९ मा खूद आय रु.१६,७२४।५५ र ०२९–३० तकमा खूद आय रु.१,१०,९८१।०९ कायम गरी कर निर्धारण गर्ने आदेश मिति ०३४।११।२३ मा भएको र उक्त गैरकानूनी आदेश बदर गरिपाउँ भनी रिट निवेदन पर्न आएको । ३. नेपाल स्ट्रावोर्ड कं.(प्रा) लि.नेपाल औद्योगिक व्यवसाय ऐन, ०१८ को दफा २(क) मा दिएको उद्योगको आंशिक परिभाषा भित्र पर्ने हुँदा यसले प्राप्त गरेको दश वर्ष सम्मको आयकर छूटको सुविधा कर फछ्र्यौट आयोगले वञ्चित गर्न सक्दैन । कर फछ्र्यौट आयोगले आर्थिक ऐन, २०२७ को दफा १० को आधार लिई यस उद्योगको गैर औद्योगिक आयमा आयकर लगाउने गरेको निर्णय का