निर्णय नं. १९९० - दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९९० - दर्ता बदर हक कायम भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०५/२६ २३४५ निर्णय नं. १९९० ने.का.प. २०४१ अङ्क ५ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. २८ मुद्दा : दर्ता बदर हक कायम निवेदक/वादी : ललितपुर जिल्ला ललितपुर नगरपञ्चायत वडा नं. २२ तापाहिटी बस्ने रूद्रलाल खड्गी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ वडा नं. १२ लगनखेल बस्ने निरकुमारी कार्की फैसला भएको मिति : ०४१।५।२६।३ मा § नापी भई प्रतिवादीले जग्गाधनी पूर्जा समेत प्राप्त गरिसकेपछि जग्गा मिच्नेको हदम्याद नघाई परेको वादीको फिराद खारेज गर्ने गरेको मनासिब हुने । (प्रकरण नं. १५) निवेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बेनीराज जोशीले जैलाल लिम्बुबाट १९७३ सालमा र बेनीराजको श्रीमती सूवर्णकुमारीबाट मेरो बाजे कृष्णवीरले फार्छे गरी लिएको बोजेको शेषपछि मेरा नाउँमा दर्ता भई मेरो हक भएको बाजे कृष्णवीरलाई विपक्षीका बाबु ईमान सिंले १९७६ सालमा कबूलियत गरी बहालमा बसी आएको घरबारी जग्गा ल.पु.न.पं. वडा नं. १२(क) कि.नं. ४३ बाट नापी हुँदा जग्गाधनीमा आफ्नो नाम जोताहामा आफ्ना पति फौद सिंहको नाम लेखाई नापी दर्ता गराएको हुँदा नापी दर्ता बदर गरी मेरो नाममा दर्ता गरी हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको वादी रूद्रलालको मिति ०२९।७।७।२ को फिराद । ३. विपक्षले म उपर यसै विषयमा दिएको नालेश ०२९।६।२ मा खारेज भएको सो उपर पुनरावेदन नगरेको नाप जाँच उपर मौकैमा फिराद वा पुनरावेदन समेत नपरेको दावीको जग्गा ०२१ सालको नापीमा मेरो नाउँमा दर्ता भएको त्यस्तो जग्गाको उजूरी ज.मि.का १८ नं. जग्गा पजनीको १७ नं. समेतका म्याद २ वर्ष भित्रको नहुँदा वादीको फिराद नै खारेज हुनु पर्ने वादी दावीको जग्गा मैले २००६।११।१६ मा रामकृष्ण उपाध्यायबाट राजीनामा पारित गराई लिएको सो जग्गा घर समेत बनाई भोग चलन गरी आएको हाल सर्भे नापी हुँदा जग्गाधनीमा मेरो नाउँ र जोताहामा पति फौद सिंहको नाम उल्लेख भई दर्ता भएको र जग्गाधनी दर्ता प्रमाणपूर्जा समेत लिइसकेको हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी निरकुमारी कार्कीको प्रतिउत्तर । ४. वादीका बाजे कृष्णवीरले सूवर्णकुमारीबाट राजीनामा गरी लिएको जग्गा प्रतिवादी निरकुमारी कर्कीनीले आफ्नो हक नपुग्ने जग्गामा आफ्नो नाउँमा दर्ता गराएकोले बदर हुने ठहर्छ भन्ने समेत ललितपुर जि. अ.को ०३१।३।१७ को फैसला । ५. वादी दावीको कि.नं. ४३ को जग्गा मिसिल संलग्न नक्सा ट्रेस हेर्दा पूर्व उत्तर बाटो देखिएको र वादीको कित्तासँग मिलान हुनुको साथै यस अदालतबाट भई आएको नक्सा अध्ययन गरिएमा पनि सो किल्लाहरू मिलेको देखिएकोले शुरूका बुँदा प्रमाण समेतबाट प्रतिवादीले दर्ता गराएको बदर हुने ठहर्छ भनी ल.पु.जि. अ.ले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०३३।१।७ को फैसला । ६. विवादास्पद ल.पु.न.पं. वडा नं. १२(क) कि.नं. ४३ को जग्गा समेत प्रतिवादी निरकुमारी कार्कीनीका नाउँमा मिति ०३२।१।१९ मा भू.सु.सर