निर्णय नं. १९९१ - उत्प्रेषणको आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९९१ - उत्प्रेषणको आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२२ २०४७ निर्णय नं. १९९१ ने.का.प. २०४१ अङ्क ५ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.फु.नं. ४४ विषय : उत्प्रेषणको आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जि. नवलपरासी भनरी नवलपरासी गा.पं. वा.नं. ३ बस्ने मनिराम थारू विरूद्ध विपक्षी : लुम्बिनी अञ्चालधिश कार्यालय मुद्दा शाखा, बुटवल जि. रुपन्देही आनन्दबन गा.पं. वा.नं. ठ गणेशपुर बस्ने विसुन थारु ऐ ऐ बस्ने वाशुदेव थारु जि. नवलपरासी मनरी गा.पं. वा.नं. ३ बस्ने बेचु थारु ऐ ऐ सरावल गा.पं. वा.नं. ७ जनकपुर बस्ने विश्वेश्वर फौजदार आदेश भएको मिति : ०४१।५।२२ मा § अञ्चलाधीश कार्यालयको कोठाभित्र र कार्यालयको प्राङ्गणमा भएको कागजलाई अलग–अलग स्थितिमा राख्न मिल्ने नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री प्रभुनारायण चौधरी र विद्वान सरकारी अधिबक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : डिभिजन बेञ्चका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी मध्ये किशुन थारूको मनमुटाव भएको कारणले विपक्षीहरूबाट निवेदकले अनेकौ दुःख तथा कष्ट भोगी आउनु परेको थियो । त्यस्तै सिलसिलामा विपक्षी किशुन थारु र बासुदेव थारूले अञ्चलाधीश कार्यालय समक्ष निवेदन गर्नुभएको कारणले निवेदकलाई २०३९।५।७ देखि ०३९।११।५ सम्म पटक–पटक पक्राउ गर्ने थुनामा राख्ने र अनेकौ प्रकारका कागजमा सहिछाप गराउने जस्ता अमानवीय व्यवहार भई आएका थिए । म निवेदक विपक्षी नं. १ बाट भएको ठाडो आदेश बमोजिम थुनामा रहेकै अवस्थामा एकाएक मलाई २० दिनभित्र रुपैयाँ बुझानेछु भनी कागज गराइएको छ । ३. यसरी म निवेदकको इच्छा विरूद्ध ०३९।५।७ देखि ०३९।११।५ सम्म पटक–पटक पक्राउ गरी थुनामा राखी अनेकौं कागजमा मेरो सहिछाप लगाई कागज गराइएकोले उक्त कागजहरू हालसम्म निवेदकले देख्न समेत नपाएकोले र निवेदकले विपक्षी कार्यालयसँग उक्त कागजहरूको नक्कल माग गर्दा सो समेत नदिएकोले के कति कारणले कुन–कुन मितिमा कागजहरू गराइए निवेदक उक्त कागजहरूसँग अनभिज्ञ नै छु तापनि निवेदक थुनामा रहेकै अवस्था एकासगोलका परिवारका सदस्यहरू समेत रोहवरमा राखी अन्तिम पटक गराइएको कागजमा २० दिनभित्र रुपैयाँ बुझाउँछु भन्ने व्यहोराको कागज गराई विपक्षीहरूबाट निवेदकको संविधान प्रदत्त हकमा आघात पुर्‍याइएकोले सम्मानित अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गराई माग्न आएको छु । निवेदकको विपक्षीहरू मध्ये कसैसँग पनि कुनै प्रकारको लेनदेन थिएन । त्यस्तो स्थितिमा अञ्चलाधीश कार्यालयको सक्रिय संलग्नतामा निवेदकलाई अनेकौं प्रकारका यातना तथा कष्ट दिई अनेकौं प्रकारका कागज गराइएकोबाट अनधिकृत रूपले कागज गराइएको स्पष्ट हुन्छ । निजलाई उपर्युक्त उल्लिखित तरिकाबाट कसैसँग कागज गराउने अधिकार कुनै पनि कानूनले प्रदान गरेको छैन अतः विपक्षीहरूबाट नेपालको संविधानको धारा १०(१) धारा ११(२)(ङ) धारा १३, १५ द्वारा प्रदत्त हकमा आघात पुर्‍याइएकोले उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी