निर्णय नं. १९९२ - उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९९२ - उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२९ २००३ निर्णय नं. १९९२ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १००५ विषय : उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जि. सप्तरी लोनिया गा.पं. वा.नं. ७ बस्ने गोसाई मण्डल धानुक विरूद्ध विपक्षी : ऐ ऐ बस्ने बेचन मण्डल धानुक भूमि सुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी आदेश भएको मिति : ०४१।५।२९।६ मा § गाउँ पञ्चायतले विवादको जग्गा निवेदकले जोतेको छैन भनी लेख्दैमा सोही पत्रको आधारमा विवादको जग्गा निवेदकले जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ । २. विपक्षी बेचन मण्डल धानुकका भिन्न भएका बाबु स्व.सुबेलाल मण्डलले आफ्नो नाउँ दर्ताको जिल्ला सप्तरी लौनिया गा.पं. वडा नं. ५ को कि.नं. १५२ को ०–१०–१८ मध्ये पूर्व तर्फबाट ०–५–९– र ऐ वार्ड नं. ३ को १४९ को कि.नं. ०–८–११ मध्ये दक्षिणतर्फबाट ०–४–५ मलाई २।४ वर्ष अगाडि देखि बटैयामा कमाउन दिएको र सो अनुसार मैले बाली दिंदै आएकोमा जग्गाधनी र मेरो बीच राम्रो सम्बन्धकै फलस्वरूप उक्त जग्गामा मोहियानी हक प्रदान गर्न ०३७।१।१६ मा म बाट कबूलियत गरी गराई, जग्गा कमाउन दिएकोले मोहियानी कायम गरी प्रमाणपत्र पाउँ भनी जिल्ला कार्यालय भूमिसुधार कार्यालयमा उजूर गरेको थिएँ । सुवेलाल मण्डल परलोक भइसकेकोले निजको छोरा बेचन मण्डलले मोही कायम गर्न इन्कार गरी कबूलियतलाई शंकास्पद भनी प्रतिवाद गर्नुभएको आधारमा, ३।४ वर्ष अगाडि जग्गा मोहियानीमा जोतेको भए जग्गाधनीलाई बाली बुझाएको भर्पाई पेश गर्न सक्नु पर्ने सो नदेखिँदा मोही कायम गर्न नमिल्ने भन्ने भै.जि. का.भूमिसुधार शाखा, सप्तरीबाट मिति ०३९।३।२० मा निर्णय भएको रहेछ । ३. विपक्षीका भिन्न भएको बाबु स्व.सुबेलाल मण्डलले आफ्ना नाउँ दर्ताको जिल्ला सप्तरी लौनिया गा.पं. वडा नं. ५ को कि.नं. १५२ को ०–१०–१८ मध्ये पूर्वतर्फबाट ०–५–९ र ऐ वार्ड नं. ३ को कि.नं. १४९ को ०–८–११ मध्ये दक्षिणतर्फबाट ०–४–५ मलाई ३।४ वर्ष अघि देखि बटैयामा कमाई आएको फलस्वरूप हामी दुवै बीचको व्यवहार राम्रो भई उपरोक्त लेखिए बमोजिमको जग्गामा मेरो मोहियानी हक प्रदान गर्न निमित्त ०३७।१।१६ मा म बाट कबूलियत गरी गराई जग्गा कमाउन दिएकोले मोहियानी कायम गरी प्रमाणपत्र पाउँ भनी जि. का.भूमिसुधार कार्यालयमा उजूरी गरेको थिएँ । सुबेलाल परलोक भइसकेकोले निजको छोरा बेचन मण्डलले उक्त कबूलियतलाई शंकास्पद मानी मोही कायम गर्न इन्कार गरी प्रतिवाद गरेको आधारमा मोही कायम गर्न नमिल्ने भनी जि. भू.सु.अधिकारीद्वारा मिति ०३९।३।२० मा निर्णय भएको छ उक्त निर्णय पर्चा गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) बमोजिम मोहीको हैसियतले १ वर्ष बाली सम्म कसैले अर्काको जग्गा कमाएमा मोहीको हक प्राप्त हुने प्रावधानलाई बेवास्ता गरिएको छ । नत कबूलियतलाई नै प्रमाणमा लगाइएको छ । नत अ.बं.७८ नं. बमोजिको प्रकृया नै पूरा गरिएको छ । यस्तो