निर्णय नं. १९९३ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९९३ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२९ २१०१ निर्णय नं. १९९३ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १८०६ विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जि. सप्तरी लोनिया गा.पं. वडा नं. ९ मौजे लोनिया बस्ने फनिकलाल पासवान विरूद्ध विपक्षी : ऐ ऐ गा.पं. वडा नं. ५ बस्ने ननुलाल मण्डल धानुक भूमि सुधार कार्यालय सप्तरीका भूमि सुधार अधिकारी आदेश भएको मिति : २०४१।५।२९।६ मा § कबुलियत गरेको कुरा जग्गाधनीले इन्कार गर्दैमा सो इन्कारीकै भरमा निवेदकले जग्गा जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान स.अ. श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री कृष्णलाल देव उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. विपक्षी ननुलालको नाउँ दर्ताको जि. सप्तरी लोनिया गा.पं. वडा नं. ७ को कि.नं. १८९ को ज.बि.०–११–३ मलाई २०३७ सालको बाली देखि ०३७।१।२ गते कबूलियत गरी मोहीको हैसियतले कमाउन दिएको र सो अनुसार मैले मोही भई कमाई कूतबाली ०३७।९।११ मा विपक्षीलाई बुझाई सोको भर्पाई गरी दिएकोमा उक्त जग्गाको मोहियानी कायम गरी प्रमाणपत्र पाउँ भन्ने मैले भूमिसुधार कार्यालय सप्तरीमा उजूर गरेको थिएँ । विपक्षी ननुलाल मण्डल धानुकले उक्त जग्गा निजले जोतेको होइन मैले आफैं जोती आएको छु । कबूलियत र भर्पाई मैले गरी दिएको होइन । कबूलियत र भर्पाई दुवै पक्षको मञ्जूरीले हुने कुरा हो भन्ने प्रतिवाद भएकोमा जि. का.भूमिसुधार शाखा सप्तरीबाट कबूलियत गरी दिएकै वर्ष दिन भित्र इन्कार गर्नुपर्ने उपयुक्तकारण नदेखिँदा मोही कायम गर्न नमिल्ने भनी मिति ०३९।३।२४ मा निर्णय भएको रहेछ । ३. उक्त पर्चा गर्दा कबूलियत र भर्पाई तर्फ अ.बं.७८ नं. बमोजिम बाध्यात्मक रूपमा पालन गर्नुपर्ने प्रकृया पूरा गरिएको छैन । भूमिसम्बन्धी ऐनको दफा २५(२) बमोजिम अर्काको जग्गा १ वर्षे बाली सम्म कसैले मोहीको हैसियतले कमाएकोमा मोहीको हक प्राप्त गर्ने कुरा निर्विवाद छ । २०३७ सालको बर्षेबाली मोहीको हैसियतले कमाएको कुरा मैले पेश गरेको कबूलियत र भर्पाईबाट प्रष्ट हुनआएको छ विपक्षीले म सँग कबुलियत गरी गराई एकप्रति कबूलियत गा.पं.मा समेत दाखिल गरी जग्गा मोहियानीमा कमाउन दिएको र मैले पनि विपक्षीलाई बाली बुझाई भर्पाई लिएको अवस्थामा विपक्षको लिखितको अगाडि मौखिक भनाई प्रतिवादको भरमा मोही कायम गर्न नमिल्ने भनी गरेको निर्णय त्रुटिपूर्ण छ । यस्तो निर्णयबाट उपरोक्त कानूनी हकको अलावा संविधानको धारा १०(१), ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकको हनन् हुन गएकोले संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी ०३९।३।२४ को भू.सु.शाखा सप्तरीको निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सिङ्गलबेञ्चको आदेश । ५. कबुलियत र भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाइएन भन्ने तर्फ कबूलियत र भर्पाई मैले गरी दिएको होइन भन्ने मेरो प्रतिवाद भएक