निर्णय नं. १९९४ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९९४ - ज्यान भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/३१ २२०२ निर्णय नं. १९९४ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको फौ.पु.नं. ३६१ मुद्दा : ज्यान पुनरावेदक/वादी : रामशंकर कुर्मीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. बाँके फत्तेपुर गा.पं. वा.नं. ६ बस्ने जोद्धि भन्ने अयोध्याप्रसाद कुर्मीसमेत फैसला भएको मिति : २०४१।५।३१।१ मा § घाउ जाँच फाराममा घाउ चोटको उल्लेख भई धार नभएको चिज सम्भवत लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति रहेन । (प्रकरण नं. १८) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षी, प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादुर खत्री : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. २०३८ साल बैशाख १८ गते मेरो भतिजा खाना खाई खरिहान कुर्न गएको भोलिपल्ट मेरो दाजु खरिहानमा गई भतिजा आज्ञारामलाई बोलाउँदा नबोलेकोले गई हेर्दा आज्ञारामको टाउकोबाट खुन निस्केकोले राम्ररी हेर्दा मरी सकेको रहेछ उक्त कुरा प्रधानपञ्चलाई भनेकोले प्रधानपञ्चले प्रहरी चौकीमा मौखिक जाहेरी दिएका हुन्, मर्ने आज्ञारामको गाउँकै खेदू नाउँको स्वास्नी मानिससँग अवैध सम्बन्ध भएकोले जोद्धी कुर्मीसँग झगडा भएको थियो र आशाराम राढसँग पनि झै झगडा भएको थियो सोही रिसइवीले जोद्धीको सम्धी विरक्ष कुर्मी, जोद्धी कुर्मी आशाराम राढ समेत सबैजना मिली भतिजा आज्ञाराम कुर्मीलाई मारेकोले निजहरूलाई पक्राउ गरी सजाय गरिपाउँ भन्ने रामशंकर कुर्मीको जाहेरी दर्खास्त । ३. देउपुर गाउँको उत्तर आँपको वगियामा खरिहान भएको, खरिहान कुर्न राखेको खाटमा पूर्व गोडा पश्चिम सिरान भएको मृतकले नीलो रङको कमीज र सेता धोती लगाएको लाशको गोढा दुवै कुनै सारो चीजले थिचेको गोडामा चोट लागि खुन निस्केको छाती मुनी दाहिनेतर्फ केही चीजले थिची नीलडाम भएको टाउकोको दाहिने पट्टि कन्चटमा तिखो हतियारले रोपेको घाउबाट खुन निस्केको मुखको दाहिने पट्टिबाट खुन निस्केको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. मर्ने आज्ञाराम कुर्मीलाई चिन्दछु निजसँग मेरो कुनै रिसइवी छैन ०३८ साल बैशाख १८ गतेको राति खरिहान कुर्न गएकोले खरिहानमा नै छु राति बिरक्षी कुर्मीले आई मलाई जगाई मर्ने आज्ञारामको खरिहानमा लगी मलाई मानिस हेर्न लगाई निज बिरक्षी र जोद्धी कुर्मी लाठी फर्सा लिई आज्ञारामको छाती घाँटीमा दबाए अरू को कसले के गरे थाहा छैन भन्ने समेत प्र.आशाराम राढले प्रहरीमा गरेको बयान कागज । ५. ०३८।१।१८ गतेका राति बिरक्ष, मुन्सी, बल्गर मायाराम समेत आई मलाई जगाई आज्ञारामलाई मार्न जाउँ भनी मलाई समेत लिई आशारामको खरिहानमा गई निजलाई साथै लाग्यौं मैले लाठी लगेको थिएँ मृतक सुती निदाएको अवस्था मेरो हातको लाठी बिरक्षले लिई मृतकको घाँटी, छातीमा च्यापी मैले पनि बलपूर्वक लाठी दबाएँ त्यसैले आवाज निस्कन सकेन बलगरले टाउकोमा र हातमा समेत हानेर मारी छाडी दिएका हौं भन्ने समेत प्र.जोद्धी भन्ने अयोध्या कुर्मीले प्रहरीमा गरेको बयान कागज । ६. ०३८।१।१८ गते आज्ञाराम कुर्मी खरिहानमा कुर्न गएको सोही रात निजलाई कर्तव्य गरी मारेको भन्ने कुरा सुन