निर्णय नं. १९९५ - लिखत पारित

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९९५ - लिखत पारित भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/०८ २१११ निर्णय नं. १९९५ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं. ५५७ मुद्दा : लिखत पारित पुनरावेदक/वादी : जिल्ला दाङ वनमारे गा.पं. वार्ड नं. ४ बस्ने टेकबहादुर वली विरूद्ध विपक्षी/प्रतिवादी : बर्दिया जिल्ला नौलापुर गा.पं वडा नं. ७ बस्ने लोटन थारू ऐ ऐ बस्ने मुन्सीराम थारु फैसला भएको मिति : २०४१।५।८।६ मा § लिखतको शिरमा लागेको ल्याप्चे तथा पुछारमा लागेको ल्याप्चे तथा हस्ताक्षर समेत नमिलेको कारणले वेरीतको लिखत देखिएकोले लिखत पास हुने स्थिति नदेखिएकोले वादीले दावी गरेको लिखत पास नहुने ठहर्‍याएको ईन्साफ मनासिब छ । (प्रकरण नं. १५) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा : x फैसला न्या. बासुदेव शर्मा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी निवेदन परी अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षले मबाट रु.९३,०००। लिए बापत आफ्ना नाउँमा दर्ता भएको जि. वर्दिया नौसाल्पुर गा.पं वार्ड नं. ७ को ज.बि.१–१२–० कि.नं. ९ को ०–१८–० कि.नं. १० को १–१६–० कि.नं. १७० को ५–०–० समेत जग्गा बिगहा ९–६–०– ०३४।९।२६ मा राजीनामा लेखी दिई म्यादभित्र रजिष्ट्रेशन पास गरी नदिएकोले पास गराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षीलाई मैले देखे चिनेको छैन र निजसँग मैले उक्त लेनदेन व्यवहार गरेको र राजीनामा सहिछाप गरी निजलाई दिएको समेत होइन सक्कल हेर्न पाएको बखत यावत कुरा खुलाई बयान गर्ने छु वादी दावी सम्पूर्ण कीर्ते र जालसाजी हो भन्ने समेत व्यहोराको राम लोटन थारूको प्रतिउत्तर पत्र । ४. सक्कल राजीनामा लिखत देखाउँदा देखे सुने उक्त कागज मैले गरी दिएको होइन त्यसमा लागेको ल्याप्चे र लेखात्मक सही समेत मेरो होइन वादी टेकबहादुर वलीले आफैं कीर्ते गरी खडा गरेको हुन कीर्ते गरेमा वादी टेकबहादुरलाई सजाय गरिपाउँ भन्ने वादीको वा परमेश्वर वलीको बयान । ५. प्र.लोटन थारूले वादीबाट रु..९३,०००। बुझी लिई आफ्नो नाउँको जग्गा बिगहा ९–६–० जग्गा ०३४।९।२६ मा राजीनामा लेखिदिएको हुन राजीनामा कीर्ते होइन भन्ने जंगबहादुर वली १ लिखत मैले नै लेखेको हुँ रु.९३,०००। प्र.ले बुझी जग्गा बिगहा ९–६–० राजीनामा गरी दिएको हुन भन्ने ससिराम खड्का १ समेत वादीको साक्षी जवान २ को बकपत्र । ६. प्र.लोटन थारूले वादीलाई जग्गा राजीनामा गरी दिएको होइन घरको मुख्य मालिक निजको दाजु हुन भन्ने समेत प्र.लोटन थारूको साक्षी जवान ५ को बकपत्र । ७. सक्कल राजीनामा देखाउँदा देखे सुने मैले लिखत साक्षीमा सहिछाप गरी दिएको समेत होइन लिखतमा भएको सही मेरो नहुनाले जालसाजी कीर्ते गरेमा जालसाजी गर्ने गराउनेलाई सजाय गरिपाउँ भन्ने मुन्सीराम थारूको बयान । ८. प्र.ले वादीलाई राजीनामा लेखिदिएको जाँच भई आएको प्रतिवेदनबाट बन्द मितिमा लागेको सहिछापहरू मिलेको देखिन नआएकोले वादी टेकबहादुर वलीले प्र.लाई झुक्याई सक्कल कागजको शिरमा लागेको ल्याप्चे सही गराएको र सक्कल कागजको शिरमा लागेको लेखात्मक सही तथा मितिका बन्दमा लागेको ल्याप्चे र लेखात्मक सही कीर्ते गरेको ठहर्छ भन्ने बर्दिया जि. अ.