निर्णय नं. १९९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२१ २६०५ निर्णय नं. १९९७ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. १७०९ विषय : उत्प्रेषण निवेदक : सुनसरी जिल्ला र्इटहरी गा.पं. वडा नं. २ हाल का.जि. का.न.पं. वडा नं. ४ सिफल बस्ने देवेन्द्र बजगाई विरूद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय, त्रिपुरेश्वर शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखा केशर महल काठमाडौं त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, जमल आदेश भएको मिति : २०४१।५।२१।५ मा § पदक प्राप्त गर्न आवश्यक योग्यता पुगेकाहरूलाई उक्त पदक शिक्षा मन्त्रालयबाटै दिने कुरा सर्वविदितै छ भन्नेसमेत त्रि.वि.वि.प.नि.का.जमल समेतको लिखितजवाफमा उल्लेख भएको देखिएकोले निवेदकबाट निवेदनपत्र लिई आवश्यक कारबाही गर्नु भनी शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखाको नाउँमा परमादेशको आदेश जारी गरी दिने ठहर्छ। (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ : २. म निवेदकले श्री त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ई.सं.१९७७–१९८० को शैक्षिक वर्षको वि.एस.सी.ए.जी.को प्रथम समूह माघे सेमेष्टर कक्षामा भर्ना भई ३ वर्ष अध्ययन गरी परीक्षामा डिस्टिङसन ल्याई प्रथम श्रेणी प्रथम स्थान प्राप्त गरेको थिएँ । जुन कुराको पुष्टि मेरो अंक तालीका तथा उक्त संस्थानबाट मलाई ई.सं.१९८१।१०।२५ मा दिइएको पत्र समेतबाट पुष्टि हुन्छ । निवेदकले प्रथम श्रेणीमा प्रथम स्थान प्राप्त गरकोले महेन्द्र विद्या भूषण पदकको लागि मिति ०३९।६।२८ मा सह–कुलपतिज्यू समक्ष निवेदन दिएको थिएँ । सहकुलपतिज्यूबाट उक्त निवेदनमा उल्लिखित व्यहोरा जायज देखिएको भनी व्यवस्था मिलाई दिनु भनी मिति ०३९।६।२९ मा उपकुलपतिज्यूलाई पत्र पठाइयो । उक्त कुराको कारवाई गर्न पुनः रजिष्ट्रारज्यू समक्ष पठाइयो र रजिष्ट्रारज्यूबाट टिप्पणी उठाई उपकुलपतिज्यू समक्ष पेश भई टिप्पणी सदर गरियो । यसै बीच शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखा केशरमहलबाट उक्त पदकको लागि मिति २०३९।८।१८ को गोरखापत्रमा म्याद बढाई दर्खास्त आवहृान गरियो । म निवेदकले मिति ०४०।६।१४ मा उक्त सम्बन्धमा महेन्द्र विद्या भूषण कमिटिको निर्णयको जानकारी पाउँ भनी सहकुलपति समक्ष निवेदन दिएँ तर मलाई केही जानकारी दिइएन । ३. तत्पश्चात उपरोक्त तथ्य उल्लेख गर्दै महेन्द्र विद्या भूषणको निमित्त आवेदन दिने अन्तिम म्याद ०३९।८।२९ मा परीक्षा नियन्त्रण कार्यालय तथा रजिष्ट्रारको कार्यालयबाट निर्णय भई आवश्यक सिफारिश आएपछि मात्र मान्य हुने गरी मिति ०३९।११।१२ मा हुने शिक्षा दिवसमा पदक पाउने व्यवस्था मिलाई पाउन सचिवज्यू शिक्षा तथा संस्कृति मन्त्रालय समक्ष निवेदन दिएँ । उक्त समयको पदक कसैले पनि पाएन । ४. पुनः ०४०।६।१३ को गोरखापत्रमा शिक्षा तथा संस्कृति मन्त्रालयबाट महेन्द्र विद्या भुषण पदकको लागि सन् १९७३ वा सो भन्दा पछिको परीक्षामा स्नातक उपाधिमा प्रथम श्रेणीमा प्रथम भएको वा ग्रेड प्वाइन्