निर्णय नं. २००० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २००० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/०८ २४२५ निर्णय नं. २००० ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट नं. १८९१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि. का.न.पं. वडा नं. १८ किलागल बस्ने ईश्वरकाजी तुलाधर विरूद्ध विपक्षी : मालपोत कार्यालय काठमाडौं का.जि. न.पं. वडा नं. १६ स्टार होटेल ठमेल घुम्ती बस्ने जोग कुमारी तुलाधर ऐ ऐ बस्ने सुमन तुलाधर ऐ ऐ बस्ने पूर्ण तुलाधर ऐ ऐ बस्ने शान्त तुलाधर ऐ ऐ बस्ने भक्त तुलाधर का.जि. का.न.पं. वडा नं. १८ नरदेवी बस्ने वडाध्यक्ष चन्द्रानन्द नेवा ऐ ऐ बस्ने नर बहादुर खत्री जिल्ला कार्यालय काठमाडौं आदेश भएको मिति : २०४१।५।८।६ मा § भोगबन्धकी थैलीमा निवेदकको के कति हक छ सो कुरा सबूत प्रमाणको आधारमा मात्र यकीन गर्न पर्ने हुन्छ । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री दिनेश मान प्रधान विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरव प्रसाद लम्साल र विद्वान अधिबक्ता श्री विष्णु राउत उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : मालपोत कार्यालय काठमाडौंको लगत कट्टा गर्ने गरेको निर्णय बदर गरीपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ । २. वाकाजी र निजको पत्नी लक्ष्मीदेवी तुलाधरले साल नाल सहितको बच्चा म ईश्वरकाजीलाई पाली आफ्नै जातमा मिलाई वा काजी तुलाधरले निजका हकको श्रीसम्पत्ति शेषपछि बकसपत्र लेखी दिई वाहार लक्ष्मीदेवी पनि परलोक हुनु भयो । यसै बीच विपक्ष जोगकुमारी र निजका छोरा समेत मिली वाकाजीको सम्पत्ति खान नपाउने झन्झट मुद्दा गरी चल श्रीसम्पत्ति मध्ये ६०५ मैले पाउने अचलको हकमा आधी आधी पाउने गरी काठमाडौं जि. अ.मा मिलापत्र भयो । लक्ष्मीदेवीले ०२९।७।१ मा नरबहादुर खत्रीसँग रु.६००१। मा पसल भोगबन्धक लिनुभएकोमा विपक्षी नरबहादुर खत्रीले जोगकुमारी समेत ५ जनालाई भोगबन्धकी बुझाउन विपक्षी जोगकुमारीको छोरी ज्वार्इं वडाध्यक्ष चन्द्रानन्द नेवाले वाकाजीको हक खाने जोगकुमारी र निजको ४ छोरासमेत हुन भनी सिफारिश गर्नुभयो । मिलापत्रको समेत अपहेलना गरी बन्धकीको लगत कट्टा गर्नु अ.बं.१८२ नं. को त्रुटिको साथै प्राकृतिक न्यायको विपरीत हो । लगत कट्टा गरिपाउँ भन्ने विपक्षीको निवेदन परेपछि मैले थाहा पाई मिलापत्र बमोजिम मैले पाउने ६० प्रतिशत मलाई नबुझाउन्जेल लगत कट्टा नहोस भनी ०३९।२।२५।१ मा निवेदन गरेपछि जोगकुमारी समेतलाई म्याद जारी गरेको छ । लगत कट्टा गरिपाउँ भनी ०३९।९।९ मा फेरि निवेदन पेश गरेको र लिखत बमोजिम थैली बुझी लिने जोगकुमारी समेत म्याद पठाउँदा हाजिर नभएको हुँदा लगत कट्टा गर्न निकाशाको लागि पेश गरेको छु भन्ने टिप्पणी उठाई लगत कट्टा गरी दिए । ०३९।१०।१० मा मात्र लगत कट्टा भएको कुरा तमसुकको पछाडि लेखिएको छ । ३. लगत कट्टा गर्ने सम्बन्धी सो निवेदन तामेलीमा रहने कुरा खोली म्याद दिई हाजिर नभएपछि लगत कट्टा गर्न नहुनेमा मिलापत्रलाई अपहेलना गरी लगत कट्टा गर्नु गैरकानूनी असंवैधानिक हो । लगत कट्टा गर्ने गरेको गैरकानूनी, कानूनी त्रुटिको साथै प्राकृतिक न्यायको हनन् भएको प्रत्यक्ष छ । सो लगत कट्टा गर्ने गरेको निर्णय बदर गरी थैली ६० प्रतिशत मलाई नबुझाउन्जेल लगत कट्टा नगर्नु भन्ने परमादेश जारी गरिपाउँ भन्ने निवे