निर्णय नं. २००१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २००१ - अंश भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२२ २४५१ निर्णय नं. २००१ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं. ४०४ मुद्दा : अंश पुनरावेदक/वादी : जि. सप्तरी कोईलाडी गा.पं. वार्ड नं. ५ बस्ने राजकुमारसिंह राजपूत विरूद्ध विपक्षी : ऐ ऐ बस्ने पवनकुमारसिंह राजपुत ऐ ऐ बस्ने सनत कुमार सिंह राजपुत फैसला भएको मिति : ०४१।५।२२।६ मा § अञ्चल अदालबाट हेरी निर्णय गर्नुपर्ने पुनरावेदन क्षेत्रीय अदालतबाट हेरी निर्णय गरेको अधिकार क्षेत्रात्मक त्रुटि भई मिलेको नदेखिँदा सो क्षेत्रीय अदालतले गरेको निर्णय बदर हुने । (प्रकरण नं. ११) पुनरावेदक वादीतर्फबा : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावदेनको अनुमति दिने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट आदेश भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. विपक्षी जितेन्द्रनारायण सिंहका ३ छोरामा जेठा म वादी राजकुमार सिंह माहिला पवनकुमार सिंह र कान्छा सनतकुमार सिंह हुन् बाबु अति वृद्ध भई पिता पूर्खाको आर्जन प्र.जिम्मा रहेको अंश छुट्याई दिनु भन्दा नमानी बेच्न तरखर गरेको ०३५।१।१ देखि मानु छुट्टी अलग बसी आएको हुँदा तायदाती लिई ४ खण्डको १ खण्ड बण्डा छुट्याई दर्ता चलन समेत चलाई पाउँ भन्ने समेत फिराद । ३. ०२१ साल आश्विन मसान्त सम्म घरको मुख्य भई वादीले काम गरेको ऐ कार्तिकमा भू.सु.अधिकारी भएपछि खेती पवनले गरी राख्न धरनदाजूले गरेको पैतृक सम्पतिकै सहयोग राख्न धरनबाट रा.बि.न.पं वार्ड नं. ४ मा आफ्नो पत्नी सावित्री नाउँमा १ तले पक्की घर बनाएको छ । घर बण्डा नहोस् भन्ने हेतु हुनाले चलाएको हो वादीलाई छुट्याई दिई ०२८।४।९ मा बण्डा तयार भएको ।१।१। वादीले पाउने भोग गर्दै आएको छ । अंश दिनु पर्ने बाँकी छैन भन्ने समेत संयुक्त प्रतिउत्तर । ४. बाबु जितेन्द्रनारायण सिंहको समेतका उपर गरेको दावी पुग्न नसक्ने भई प्रतिवादीका उपर झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको ०३७।९।७ को फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी राजकुमार सिंह राजपूतको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन । ६. जम्मा जग्गा बिगहा ९–८–५ मा वादीले ३ भागको १ भाग अंश पाउने ठहर्छ वादीका श्रीमती सावित्रीदेवीका नाउँमा दर्ता रहेको रा.वि.न.पं.अन्तर्गतको ०–२–० जग्गा र सो जग्गामा बनेको घरमा ३ भागको १ भाग वादीको र प्रतिवादीको २ भाग अंश लाग्ने ठहर्छ । नदीकाटमा परेको जग्गाको सम्बन्धमा उकास भएका बखत माथिकै हिसाबबाट बण्डा हुने भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३९।६।११ को फैसला । ७. सो फैसला कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा स्त्री अंशधनको ४ र ५ नं. को त्रुटि हुनुको साथै बिगोको हिसाबबाट पूर्वाञ्चल क्षेत्रीय अदालतको अधिकारक्षेत्र भित्र नपर्ने मुद्दा हेरे छिनेको त्रुटिपूर्ण भनी पुनरावेदनको अनुमति दिने भन्ने ०४०।५।२९ को स.अ.डिभिजन बेञ्चको आदेश । ८. पुनरावेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले बिगोको हिसाबबाट अञ्चल अदालतको कार्