निर्णय नं. २००३ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २००३ - बन्दीप्रत्यक्षीकरण भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/१२ २३७४ निर्णय नं. २००३ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रि.नं. २२४२ विषय : बन्दीप्रत्यक्षीकरण निवेदक : का.जि. का.न.पं. वा.नं. ९ बत्तिसपुतली घर भै विपक्षी रामनन्दन मिश्रको छोरी श्रीमती मञ्जुकुमारी सिंहको हकमा ऐ ऐ बस्ने निजको पति प्रकाशबहादुर सिंह विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय काठमाडौं का.जि. का.न.पं. वा.नं. ९ बत्तिसपुतली घर भै रा.वा.वैंक काठमाडौं शाखा बिशाल बजारको एकाउण्टेण्ट रामनन्दन मिश्र आदेश भएको मिति : २०४१।५।१२।३ मा § विवाह भई पति भइसकेको भन्न नसकिने व्यक्तिलाई पति हुँ भनी निजको हकमा रिट निवेदन दिने रिट निवेदकलाई निर्विवाद हक भएको देखिन नआएकाले रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिबक्ता श्री बासुदेव ढुङ्गाना उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. विपक्षी रामनन्दन मिश्रकी छोरी मञ्जुकुमारीसँग एक वर्षदेखि प्रेम भई विवाह गर्ने दुवै पक्षको सहमति भएकोमा विपक्षी रामनन्दले विवाह गर्न इन्कारी गर्नुभएपछि विवाह दर्ता ऐन, २०२८ अनुसार विवाह दर्ता गरिपाउँ भनी काठमाडौं जिल्ला कार्यालयमा दुवैले निवेदन दिएको, द.नं. १३५६७ मा दर्ता छ । हाम्रो प्रेम विवाह भई मेरी श्रीमती मञ्जुकुमारी गर्भवती समेत भएकी छन् । बाल विवाह गरेको भनी विपक्षी रामनन्दन मिश्रले जि. प्र.का.मा उजूर गर्नु भई सो उजूरीको आधारमा मञ्जुकुमारीलाई ०४१।१।१५ मा जि. प्र.का.ले थुनामा राखी जबर्जस्ती कागज गराएको हुँदा जि. प्र.का.समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा मञ्जुकुमारीको हकमा मैले बन्दीप्रत्यक्षीकरणको रिट दिएको इवीले जि. प्र.का.ले ०४१।२।३ मा मलाई समेत पक्राउ गरी लगी व्यहोरा थाहा नभएको लेखिएको कागजमा जबर्जस्ती करकापसँग सहिछाप गराइयो र जि. प्र.का.ले मञ्जुकुमारीलाई विपक्षी रामनन्दनको जिम्मा लगाई थुनामा रखाएपछि भेट्न जाँदा भेट्न नदिएकोले थुनुवालाई सिधा पानी दिई वा नदिई कसरी थुने थाहा छैन । विपक्षी रामनन्दनले गर्भवती मेरी श्रीमतीको अप्राकृतिक गर्भपतन गराउने दुराशय भावना समेत राखेकोले सो बाट पत्नीको ज्यान समेत जाने आशंका भएकोले जि. प्र.का.ले ०४१।१।१५ देखि तत्पश्चात मिति २०४१।२।३ देखि विपक्षी रामनन्दन मिश्रले गैरकानूनी थुनामा राखी मेरो पत्नीको नागरिक अधिकार ऐन, २०१२ को दफा ६(४) द्वारा प्राप्त स्वतन्त्रताको हक र नेपालको संविधानको धारा ११(१) र ऐनको उपधारा २(घ) को स्वतन्त्रता समेतको हक अपहरण गरी दिएकोले संविधानको धारा ७१ अन्तर्गत बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी कानूनी एवं मौलिक हक प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको व्यहोरा संक्षेपमा यस प्रकार रहेछ । ४. रिट निवेदन जिकिर अनुसार रामनन्दनले यस कार्यालयमा कुनै निवेदन दिएको मञ्जु कुमारीलाई यस कार्यालयमा उपस्थित गराएको, थुनामा राखी जबर्जस्ती कागज गराएको भन्ने र निवेदक स्वयंलाई पक्राउ गरी यस कार्य