निर्णय नं. २००४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २००४ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/१४ २८०४ निर्णय नं. २००४ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ३७५ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : जगदिश आचार्य समेतको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला गुल्मी इस्लादोहली गा.पं. वा. नं. ४ बस्ने सचिव चन्द्रबहादुर महत क्षेत्री फैसला भएको मिति : २०४१।५।१४।५ मा § पर्याप्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर अपराधमा सजायको भागी बनाउनु न्यायोचित नहुने । (प्रकरण नं. १४) पुनरावेदक, वादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलीराम कुमार विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. मृतक टिकाराम र म रामराज्य नि.मा.वि.इस्मा दोहलामा पढाउने र एउटै कोठामा बस्ने गरेका थियौं । मिति ०३७।२।३१ गते मासु लिन जान्छु भनी हिडेका सो दिन नआएको भोलिपल्ट शनिवार परेको र ०३७।३।२ गते आइतवार पनि नआएकोले खोज तलाश गर्दा इस्मा दोहली गा.पं. वार्ड नं. ४ को खोमिल्टा भन्ने भिरको भडखारोमा लाश छ भन्ने कुरा गाईबस्तु हेर्न जाने गोठाला केटाकेटीबाट थाहा भई पञ्चहरू समेत भेला भई घटनास्थलमा गएर हेर्दा निजको घोप्टो परेको लास देखेकोले जाहेर गर्न आएको छु भन्ने समेत चेतनाथ शर्माको जाहेरी दर्खास्त । ३. आजभन्दा ४।५ वर्ष अघि शिक्षकहरू बीच भलिवल खेल हुँदा र २०३५ साल जेष्ठमा डम्बरबहादुरको छोराको छैठीमा समेत दुहली गा.पं.का सचिव चन्द्रबहादुरले कुटपिट हातपात गरेको र जनमत संग्रहमा मेरो दाजु टिकाराम बहुदल र चन्द्रबहादुर निर्दलमा हुँदा रिसइवी भइरहेको थियो । २०३७।२।३१ गते साँझ चन्द्रबहादुर र दाजुले मुसी भन्ने रिजाल्नीको घरमा गई रक्सी खाएको तत्पश्चात एक्कासि मिति २०३७।३।२ गते लास फेला परेकोबाट निज चन्द्रबहादुरले नै मिति २०३७।२।३१ गते राति कर्तव्य गरी मारी फालेकोमा विश्वास लागेकोले निजलाई पक्री कारबाही गरिपाउँ भन्ने समेत जगदीश आचार्यको जाहेरी । ४. मेरो फुपू नाता पर्ने विवाहिता भए पनि माइतमा बस्ने गरेकी र निजसँग टीकारामले अनुचित सम्बन्ध तथा बीच–बीचमा टीकारामसँग झगडा समेत हुने गरेको कारणबाट ०३७।२।३१ गते साँझ रक्सी खाई मुसी भन्ने रिजाल्नीको घरबाट आइरहेको मौका मूलबाटोमा भेटी मेरो फुपूसँग जान मलाई नसोधी हिडेको होलास् भनी मैले भन्दा सोही विषयमा निज र मेरो भनाभन झगडा हुँदा दुवै हातले घाँटी च्यापी अठ्याई रहँदा केही बेरपछि निजको मृत्यु भयो । त्यसपछि लासलाई नजिकै पल्टाई सो रात प्रेमकुमारी खड्गेनीको घरमा सुतें भोलिपल्ट उज्यालो हुने समयमा लासलाई खोपिल्टाको भिरको भडखारोमा लगी फालेको हुँ भन्ने समेत प्र.चन्द्रबहादुरले प्रहरीमा गरेको बयान कागज । ५. सचिव चनद्रबहादुरले टिकारामलाई कर्तव्य गरी मारेमा शंका लाग्दैन भन्ने धेरै जसो शंका लाग्छ भन्ने थोरै मानिसहरूको भनाई भएको सरजमीन मुचुल्का । ६. भडखारोमा मृतक लासको शिर उत्तर खुट्टा दक्षिण टाउकोमा ठूलाठूला चोट लोगेको लास पल्टाई हेर्दा दुवै आँखा चिम्लेको शरीरको ठाउँठाउँमा छाला खुइलिएको भन्ने समेत लास प्रकृति मुचुल्का । ७. घाँटी च्यापी मरेको पुष्टी हुनआएकोले निज चन्द्रबहादुरलाई ज्यानसम