निर्णय नं. २००५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २००५ - अंश भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२६ २७१९ निर्णय नं. २००५ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ६१६ मुद्दा : अंश पुनरावेदक/वादी : जि. धनकुटा घोलिखर्क गा.पं. वा.नं. ४ बस्ने भवानीप्रसाद राई विरूद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने हजारमाया राईनी समेत फैसला भएको मिति : २०४१।५।२६।३ मा § आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र आफ्नो नामको जग्गा साझा संस्थामा धितो बन्धक राखेको भन्ने समेत देखिन आएबाट व्यवहार प्रमाणबाट यी वादी प्रतिवादीहरू बीचमा अंशबण्डा भएको रहेनछ भनी सम्झन न्यायोचित भएन । (प्रकरण नं. १०) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी, प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकार छ । २. बाबु नरध्वजका २ वटी श्रीमती भएकोमा कान्छी फुलमाया भन्ने कृष्णमाया मेरो आमाको म एक मात्र जेठी छोरी भई विपक्षी हजारमाया राईनी पट्टिका छोरी डम्बरकुमारी राईनी समेत ४ छोरा १ बहिनी छोरी भएका, मेरो आमा बाबु समेत अघि नै परलोक भएकोले घरको व्यवहार भाइ रणबहादुरले गरी आएको र म ०१८ सालमा भारत सरकारको नोकरीमा गई बेला बेलामा छुट्टी लिई आउँदै कमाई गरी ल्याएको सम्पत्ति सौतिनी आमालाई दिने गरी आएकोमा म ०३६।११।२७ गते घर आई अंश माग्दा तिम्रो अंश छुट्याई सर्भेमा नाम दर्ता गरिदिएको छ, अब हामीले अंश दिनु पर्दैन भनेकोले मालपोत कार्यालयमा गई हेर्दा पिता पूर्खाको आर्जनको ३ कित्ता जग्गा मेरो नाममा दर्ता गराई दिई अरु बाँकी विपक्षीहरुले अंश नदिएको हुँदा ६ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी । ३. फिरादीका आमा ०८ सालमा र बाबु ०२४ सालमा परलोक हुनुभएपछि ०२५ साल आषाढमा मानो छुट्टी बेगल बसी आएका हौं । सर्भेमा नाप जाँच गर्दा सबै अंशियारको सल्लाह अनुसार अंशबण्डाको कागज भई आ–आफ्नो जग्गा दर्ता गराई जिम्मावाललाई तिरो बुझाई भोगी आएका छौं म रणबहादुरका नाममा दर्ता भएको जग्गा साझा संस्थामा धितो राखी रु.२,०००। र १,४००। उखु खेती र अलैंची खेती गर्न लिएको छु, त्यसबाट पनि बण्डा भइसकेको छ । आफ्नो अंश भाग दर्ता भइसकेपछि बण्डापत्र पेश नभएको नाताबाट अंश पाउँ भनी झुठ्ठा फिराद दिएकोले वादी दावीबाट फूर्सद पाउँ भन्ने समेत प्रतिउत्तर । ४. आफू आफूले पाएको जग्गा समेत आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र धितो बन्धक समेत राखेको देखिन आएकाले निज वादीले अंशबण्डा लिई बेगल बसेको देखिन आएकोबाट अंशबण्डाको ३० नं. बमोजिम आ–आफ्नो भाग शान्ति लिई पाई दाखिल खारेज समेत गराई सकेको भए देखि अंशबण्डा घटी वेशी असल कमसल भयो भन्न पाउँदैन रजिष्ट्रेशन नभएको सदर हुन्छ भन्ने व्यवस्था भएकोले वादीले अंश पाउन सक्तैन भन्ने धनकुटा जिल्ला अदालतको फैसला । ५. सो फैसला उपर पू.क्षे.अ.मा वादीको पुनरावेदन परेकोमा मिति ०३१।१०।१६।४ को घरसारको कागज निज वादीलाई ७८ नं. बमोजिम सुनाएको छैन । यस अदालतको ०३८।४।२८ को आदेश बमोजिम निज वादी पुनरावेदकको नामको जग्गा दर्ता भए नभएको बुझिंदा घोर्लीखर्क गा.पं.मा वादीको कुनै जग्गा दर्ता नरहेको मालपोत कार्यालयको जवाफबाट देखिन आएको अन्य ५ जन