निर्णय नं. २००६ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २००६ - लिखत पास भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/३१ २१४६ निर्णय नं. २००६ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.पु.नं. ४९० मुद्दा : लिखत पास निवेदक/प्रतिवादी : जि. सुनसरी मदेसा गापं. वडा नं. १ मदेसा बस्ने दलबहादुर कार्की समेत विरूद्ध विपक्षी/वादी : देवेन्द्रबहादुर कार्की फैसला भएको मिति : २०४१।५।३१।१ मा § अंशियारहरू नै लिखतमा मञ्जूरी साक्षी बसेको अंश मुद्दा पर्नुभन्दा अगाडिको लिखत भएको राजीनामामा लेखिएको सम्पूर्ण कित्ताहरू राजीनामामा दिने दाताको नाम दर्ता कायम देखिएबाट त्यस्तो अवस्थामा लिखत पास नहुने भन्ने अवस्था समेत देख्न आउँदैन स्वयं लिखित गरी दिएकोमा स्वीकार गरेको अन्य भाइहरू साक्षी बसेको देखिन्छ । यस्तो अवस्थामा लिखत पारित हुने ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । (प्रकरण नं. १०) निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री गंगा प्रसाद उप्रेती विपक्षी वादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।८।९।३ को निर्णयमा चित्त नबुझी प्रतिवादीको यस अदालतमा पुनरावेदनको निवेदन परी अनुमति पाई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : विपक्षीले म बाट जग्गाको मोल भनी रु.३०,०००। लिई निजको नाममा दर्ता भएको जि. सुनसरी मदेसा गा.पं. वडा नं. १(ग) सर्भे कि.नं. १ को जग्गा ०–१२–१२ कि.नं. ६ को ०–१२–० कि.नं. ७ को १–८–७ कि.नं. ८ को ०–२–० कि.नं. १४ को १–९–२ कि.नं. ३ को पूर्वतर्फबाट ०–७–१७ र कि.नं. ५ को पूर्वतर्फबाट १–८–० समेत जग्गा कित्ता ७ को अवल जग्गा वि.६ गत ०२८ सालको बाली देखि भोग चलन गर्न पाउने गरी ०२८।१।२९ मा मलाई राजीनामा लिखत गरी दिनुभएको सो लिखत अनुसारको राजीनामा पास गरी दिनु हवस भन्दा विपक्षीले आलटाल गरी म्याद गुजारी दिनुभएकोले रजिष्ट्रेशनको ५ नं. ऐन बमोजिम फिराद गर्न आएको छु लिखत अड्डाबाटै पारित गरिपाउँ र विपक्षीलाई सजाय समेत गरिपाउँ भन्ने फिराद । ३. वादी दावी बमोजिम मैले रु.३०,०००। लिएको होइन विपक्षी मेरो कान्छा भाइ भएको र म घरको मुख्य दाजु भएकोले मैले कर्जा लिई गरी दिएको लिखत यस ईलाकाको धरान न.पं. वार्ड नं. ६ बस्ने भजगोविन्द श्रेष्ठको सो कर्जामा यसै अदालतमा नालेश दिई लिएको रु.१७,६०० यसै अदालतमा दर्खास्त दिई कारबाही चलेकोमा म र मेरा भाइहरू ओमभक्त, डम्बरबहादुर, हरीबहादुर र देवेन्द्रबहादुर समेतले ३५२०। का दरले बराबरी हिस्सा बुझाउनु पर्नेमा सो कर्जा हामी समेत ४ भाइसँग नभएको मौका हुँदा वादीलाई सो सगोलको कर्जा बुझाउनु पर्‍यो भन्दा रु.हाली राख पछि तिम्रो लाग्ने जति कटाई बाँकी १४०। हामी ४ भाइको भाग केही दिन पछि बुझाउछौं भन्दा अरू भाइसँग व्यवहार मिलाउन सकिँदैन तपाई दाजु नै मुख्य हुनुभएकोले तपाई लाई दिन्छौं १७,६००। को तपाईको नाम दर्ताको जग्गा दिने गरी तमसुक लेखी रु.लगी साहु तिरी दिनुहोस पछि भर्ना लिई लिखत फटल गरांैला ६ महीना सम्ममा नतिरे उसै बखत पञ्चकृति मोल गरी रजिष्ट्रेशन पास गरी दिनु होला भनी वादीले भन्दा घरको कुरो हो अविश्वासले हुने छैन भन्ने सम्झी जग्गाको मोलहरू र नम्बरहरू पछि हालौंला भनी भन्दा जग्गाको लालपूर्जा पाउँ अर्को कित्ता खाली भई रहोस् भनी साक्षीका रोहवरमा