निर्णय नं. २००७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २००७ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/०८ ३२०१ निर्णय नं. २००७ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला सम्वत् २०४० सालको रिट नम्बर १४२२ विषय : उत्प्रेषण निवेदक : रुपन्देही जि. बुटवल नगर पञ्चायत वार्ड नं. ३ राम मन्दिर टोल स्थित कालिका साबुन उद्योगका अधिकार प्राप्त प्रोप्राइटर सुरेशचन्द्र गुप्ता विरूद्ध विपक्षी : श्री महानिर्देशक उद्योग विभाग, बागबजार काठमाडौं शाखा अधिकृत गणेश वस्ताकोटी ऐ ऐ बिजय साबुन उद्योग पोखरा औद्योगिक क्षेत्र । आदेश भएको मिति : २०४१।५।८।६ मा § ट्रेडमार्क दर्ता गर्न नमिल्ने सूचना दिइसकेपछि मात्र प्रत्यर्थीको माग बमोजिम ट्रेडमार्क दर्ता हुनआएको देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल उल्लेखित मुद्दा : x आदेश न्या. गजेन्द्रकेशरी वास्तोला : विपक्षी विजय साबुन उद्योगलाई एम.के.ट्रेडमार्क दिने गरेको विपक्षी उद्योग विभागको २०४०।३।२१ को प्रमाणपत्र उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिटनिवेदन पत्रको संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. निवेदक कालिका साबुन उद्योगले घरेलु तथा ग्रामिण उद्योग विकास शाखा सिद्धार्थनगरबाट ०३५।११।२७ मा प्रमाणपत्र प्राप्त गरेपछि उच्च गुणस्तरको लुगा धुने साबुन एम.के.चिन्ह ट्रेडमार्क राखी बिक्री गरेको थियो सोही अनुरूप ट्रेडमार्कको दुई थरी लेवुलहरूको नमूनाहरू सहित राखी दर्ता गराउन उद्योग विभाग समक्ष दर्खास्त गरेकोमा एम.के.नामको लेवल त्यस उद्योगको नाममा दर्ता गर्न नमिल्ने भन्ने २०४०।४।५ मा उद्योग विभागले गरी दिएको पत्र। ३. ट्रेडमार्कका लागि जसको अगाडि दर्खास्त पर्छ र जसले प्रयोग गरी आएको हुन्छ उसैलाई दिनु पर्दछ विपक्षी विजय साबुन उद्योगले वी.के.ट्रेडमार्क प्रयोग गरी आएको र मेरोभन्दा पछि परेको निवेदनको आधारमा निजलाई एम.के.ट्रेडमार्क दर्ता गरी दिने गरी गरेको कारबाही बदरभागी छ । मलाई दिइएको पत्रमा मेरा नाउँमा ट्रेडमार्क दर्ता गर्न किन नमिल्ने हो सो खोलिएको छैन, तसर्थ सो सम्पूर्ण कारबाही पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को विपरीत भएकोले बिजय साबुन उद्योगलाई एल.के.ट्रेडमार्क दिने गरेको उद्योग विभागको ०४०।३।२१ गतेको प्रमाणपत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी मलाई उक्त ट्रेडमार्क दिनु भन्ने परमादेश र विपक्षी विजय साबुन उद्योगले उक्त ट्रेडमार्क प्रयोग गर्न नपाउने गरी अन्तरीम आदेश समेत जारी गरिपाउँ भन्ने सुरेशचन्द्र गुप्ताको निवेदनपत्र । ४. विपक्षबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको ०४०।५।२७ को आदेश । ५. रिट निवेदनकले एम.के.ट्रेडमार्क दर्ता गराउन विभिन्न मितिमा दर्खास्त दिएकोमा भारतको टाटा कम्पनीको यस विभागमा दर्ता भएको ट्रेडमार्क ओ.के.सँग हुबहु मिल्दो भएकोले दर्ता गर्न नमिल्ने भनी सूचना दिइएको र विजय साबुन उद्योगले एम.के.नामबाट ट्रेडमार्क दर्ता गराउन निवेदन दिएकोमा सोको डिजाइन आफ्नै मौलिकतामा आधारित भएकोले निजको नाममा दर्ता गरी दिएको कारबाही पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अनुरूप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने उद्योग विभागको लिखितजवाफ रहेछ । ६. सर्वप्रथमतः नि