निर्णय नं. २००८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २००८ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/१८ २३२४ निर्णय नं. २००८ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४२२ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : सुगावती भोरनीको जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध प्रतिवादी : जि. स.प्रसवनी गा.पं. वार्ड नं. २ बस्ने जोखना साहु तेली समेत फैसला भएको मिति : २०४१।५।१८।२ मा § चस्मदिद गवाहको रूपमा प्रस्तुत बकपत्रमा भाग्दै गरेको भनी बकपत्र गरे पनि म मानसिक असन्तुलनमा रहेको छु भन्न सक्दिन भनेबाट निजको बकपत्रमा भर पर्ने आधार नभएको । (प्रकरण नं. १७) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल प्रत्यर्थी, प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्दप्रसाद श्रीवास्तव : पू.क्षे.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकारको छ । २. ०३६।११।७ गते बेलुकी ४ बजेतिर दिसा गर्न घरदेखि २०० गज पूर्व पोखरी डिलमा गएको १ घण्टा पछि निज लोग्ने गुहार गरेको हल्ला सुनी सो ठाउँमा जाँदा मेरो लोग्नलाई मर्ने अवस्थामा देखि तत्कालै लोग्नेलाई सोधपुछ गर्दा चिमटी, अगाडि प्रसवनी समेतका मानिसले कुटपिट गरेको भन्ने उल्लेख गरेका र घरमा ल्याई पुग्दा लोग्नेको मृत्यु भएको भन्ने समेत ०३६।११।१८ को सुगावतीको जाहेरी दर्खास्त । ३. ०३६।११।८ मा भएको लास प्रकृति मुचुल्का । ४. ०३६।११।९ मा भएको घटनास्थल प्रकृति मुचुल्का कुसमा वातर, भरोसी भन्ने माधुरी वातर, जोखना साहु तेली समेतले अपराध गरेको बुझिन आएको भन्ने समेत प्र.नाठनी कैलास सुब्बाको प्रतिवेदन । ५. सुन्दर मुसहर, रामधन, सोमन, कुसुमलाल, जोखम समेत ५ जना म समेत भई सल्लाह गरी हामीले ल्याएको लकडी पक्री पैसा माग्छ यसलाई खतम गर्नुपर्छ भनी म समेत सहमत भई निज प्रहरी उत्तमलाई सुनारले हिर्काई सोमनले मुन्टो बटारेको हो भन्ने समेत भरोसी भन्ने माधुरीले ०३६।११।१६ मा गरेको बयान । ६. आजभन्दा २२ दिन अगाडि खुनर, रामधनी, सोमन, कुसुमलाल, माधुरी म समेत बसी प्रहरी उत्तमलाई मार्नुपर्छ भनी सल्लाह गरेको हो सोमन सुन्दर मुसहरले कुटपिट गरेको हो म पनि सहमत छु भन्ने समेत ०३६।१२।१७ को जोखना साहु तेलीको बयान । ७. १०–१२ दिन अगाडि उत्तमलाई मार्नु पर्छ भनेका थिए, सुनर रामधनी, सोमन समेतले ०३६।११।७ मा सुनर मुसहर रामधनी वातर, सोमन तेली दुखना साहु तेली समेतले घटना हुनुभन्दा अगाडि उत्तमलाई मार्नु पर्छ भन्ने सल्लाह गरेको थियो सुनर रामधनी समेतले ०३६।११।७ को बेलुका कुटपिट गरेको हो भन्ने कुसुमलाल वातरको सावित बयान । ८. ०३६।११।१२ मा भएको सरजमीन मुचुल्का । ९. अनुसन्धान तथा संकलित प्रमाण कागजबाट समेत प्रतिवादीहरूले ज्यान सम्बन्धीको १३ नं. बमोजिम कसूर गरेको प्रमाणित हुनआएकोले सहमतिमा बसेका जोखना साहु तेली, कुसुमलाल वातर, भरोती भन्ने मधुरी वातर समेत ३ जनालाई ऐ ऐनको १७(३) बमोजिम र फरार रहेका सोमन र मुसहर, रामधनी वातर र सोमन साहु तेलीलाई न्या. स.को १३(३) बमोजिम सजाय हुन सम्बन्धित मिसिल सहित दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । १०. घटना भएको दिन हामी अन्यत्र छौँ को कसले मृतकको हत्या गरेका हुन हामीलाई थाहा छैन, प्रहरीमा कुटपिट गरी हामीलाई साविती गराएको