निर्णय नं. २०११ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०११ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२६ २४७० निर्णय नं. २०११ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४० सालको रि.नं. १४२७ विषय : उत्प्रेषण निवेदक : गोर्खा जिल्ला हंसपुर गा.प. वार्ड नं. ८ विर्ताटार घर भै हाल का.जि. बानेश्वर बस्ने लिलाधर उपाध्याय विरूद्ध विपक्षी : नेपाल यातायात संस्थान सञ्चालक समिति केन्द्रीय कार्यालय टेकु नेपाल यातायात संस्थान अटोवक्स शाखाका प्रमुख मुकुन्द प्रसाद उपाध्याय मुकाम ऐ ऐ के ट्रली बस सेवा कार्यालय बानेश्वर काठमाडौं आदेश भएको मिति : २०४१।५।२६।३ मा § निवेदकले पेश गरेको कागजातबाट उक्त निर्णय र पत्र देखिन नआएकोले माग गरेको कुराको प्रमाण नै पेश गर्न नसकेको हुँदा निवेदकका माग बमोजिम आदेश गर्न मिल्दैन । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : निवेदक नेपाल लोक सेवा आयोगको सिफारिशमा विपक्षी नेपाल यातायात संस्थान अटोवक्र्स शाखाको सवारी चालक पदमा ०३४।२।२८ देखि नियुक्ति भई ०३४।११।१५ देखि स्थायी नियुक्ति भई कामकाज गर्दै आएकोमा ०३५।५।२४ का दिन तपाईले हाँक्नु भएको बा.अ.नं. ७५० को अटोवक्र्सको सेल्स डाइनमा जलेको प्राप्त प्रतिवेदन सम्बन्धमा कारबाही हुँदा तपाईको लापरवाही हँकाइबाट भएको मूल्याङ्कन अनुसार रु.४१०। तपाइबाटै असूल गर्नुपर्ने ०३५।७।१७ का तोक आदेश अनुसार उक्त सेल्स डाइनिमा मर्मत गर्न मूल्याङ्कन गरिएको रु.४१०। लेखा शाखामा बुझाउनु पर्ने ०३५।७।२१ मा विपक्षी मध्येको ट्रली बस सेवा कार्यालयबाट मलाई पत्र लेखिएको त्यसपछि ०३९।२।२२ गतेको पत्रमा ७ दिनभित्र हाजिर हुन आउनु होला अन्यथा ऐन कानूनबमोजिम कारबाही हुने भन्ने उल्लेख समेत भएकोले ०३९।२।२५ गते कार्यालयमा हाजिर हुन जाँदा हाजिर हुन नदिएकोले हाजिर गराई कामकाज लगाई पाउँ भन्ने ०३९।३।२७ मा नेपाल यातायात संस्थानका अध्यक्ष समक्ष निवेदन गरेकोमा त्यसैलाई आधार बनाई गो.प.मा प्रकाशित सूचना अनुसार ०३९।३।२४ सम्म यस कार्यालयमा हाजिर नभएकाले पूर्व सूचना अनुसार कारबाही हुने कुरा बेतलवी बिदा दिई हाजिर गराउनै नमिल्ने हुँदा तपाइलाई सूचित गरिन्छ भनी ०३९।३।३० मा सूचना दिइएको थियो । मिति ०३९।४।२१ मा लामो समयदेखि कार्यालयमा उपस्थित हुनु नभएकोले गो.प.मा सूचना प्रकाशित गर्दा पनि ०३९।२।२४ सम्ममा उपस्थित हुनु नभएकोले कार्यालयको काम कारबाहीमा बाधा अड्चन समेत परेकोले ०३९।४।१५ को निर्णय अनुसार तपाइलाई संस्थानको सेवाबाट अवकाश दिइएको व्यहोरा सूचित गरिन्छ भनी ०३९।८।२५ मा जानकारी प्राप्त भयो । संस्थानको विनियमको नियम ६।४ अनुसार सञ्चालक समितिमा पुनरावेदन गरेकोमा सेवाबाट अवकाश दिइएको निर्णय मनासिब देखिएकोले तपाईको पुनरावेदन अस्वीकृत भई आएकोले जानकारी गराइन्छ भनी ०४०।४।१० को पत्र प्राप्त भयो मलाई सेवाबाट हटाउने पत्रमा यो ऐन नियमले हटाउने गरेको भन्ने उल्लेख नगरेको र नेपाल यातायात संस्थान विनियम, ०२२ को परिच्छेद ६ को नियम ६(१) अनुसार कुनै पनि कर्मचारीलाई उचित पर्याप्त कारण भएमा देहायको सजाय गर्न सकिन्छ भन्ने उल्लेख भएको तर सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने छ भन्ने क.देखि ज.सम्मको अवस्था पनि नभएको र ६(६)(१) मा कुनै पनि कर्मचारीलाई सजाय दिनु अग