निर्णय नं. २०१३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०१३ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/१० २४०५ निर्णय नं. २०१३ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.नं. १४२५ विषय : उत्प्रेषण निवेदक : फौदे भन्ने फौदबहादुर मरी मु.स.गर्ने ऐ को छोरा जि. दाङ फुलबारी पञ्चायत वडा नं. ८ साजखटी बस्ने डिल्लीबहादुर खत्री ऐ ऐ बस्ने हुर्मत बहादुर के.सी. विरूद्ध विपक्षी : मालपोत कार्यालय जिल्ला दाङ दाङ देउखुरी भगदी गा.पं. हाल रामपुर गा.पं. वार्ड नं. ८ बस्ने साजन चौधरी ऐ ऐ बस्ने भजनी चौधरी ऐ ऐ बस्ने टेक बहादुर चौधरी ऐ ऐ बस्ने निदंरखन चौधरी ऐ ऐ बस्ने कृष्ण दास चौधरी ऐ ऐ बस्ने पूर्ण बहादुर चौधरी आदेश भएको मिति : २०४१।५।१०।१ मा § हक बेहकको प्रश्न उपस्थित भएकोमा विवादको जग्गा कुनै पक्षको नाममा दर्ता नगरी अदालतबाट हक गराई ल्याउनु भनी सुनाई दिनु पर्ने । (प्रकरण नं. १०) निवेदकके तर्फबाट : विद्वान अधिबक्ता श्री बद्रीप्रसाद शर्मा र विद्वान बरिष्ठ अधिबक्ता श्री बासुदेव प्रसाद ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिबक्ता श्री यादव प्रसाद खरेल उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्दप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको मुख्य तथ्य र जिकिर निम्न प्रकारको छ । २. हाम्रो नामको साविक दे.राजपुर मौजाको जि. टेकबहादुर जिम्माको म डिल्लीबहादुरको पिताजी फौदे भन्ने फौदबहादुरका नाउँमा रै.नं. ८ मा दर्ता भएको जग्गा बिगहा ५–१३–१७ र म निवेदक हुर्मतबहादुरको पिताजी चुमलाल खत्रीको नाउँमा साविक रै.नं. २५ मा दर्ता भएको जग्गा बिगहा ३–९–८ का जग्गा सर्भेको नापीमा दाङ गन्दी गा.पं. वा.नं. २ख कि.नं. ११६ को जग्गा बिगहा १०–४–१० कायम भई सर्भे फिल्डबुकको कैफियतमा यो जग्गा राजपुर बस्ने थुमलाल खत्री र फौदबहादुर खत्रीको नम्बरी भन्ने उल्लेख भई नाप नक्सा भएको र २ नं. रसिद समेत तिरी आएको दर्तावाला पछि हक खाने हामीहरूको हकभोग चलनको जग्गा हो र त्यस्तो जग्गा मालपोत ऐन, ०३४ को दफा ७(२) बमोजिम हाम्रो नाउँमा दर्ता हुन गरिनु पर्ने सम्पत्ति हो सो सम्पत्ति नेपाल नागरिक अधिकार ऐन, २०१२ को धारा ६(६) ९ तथा नेपालको संविधान, २०१९ को धारा ११(२)ङ तथा धारा १५ द्वारा उक्त सम्पत्ति सम्बन्धी हक प्रदान गरिएको छ । हाम्रो हकभोगको जग्गा हाम्रो नाउँमा छूट जग्गा दर्ता गरिपाउँ भनी हामीहरूले निवेदन दिँदा हाम्रो नाउँमा मिति ०३६।११।३०।५ मा दर्ता भएको थियो । उक्त हामीहरूको नाउँमा दर्ता गरे उपर विपक्षीहरूको यस सर्वोच्च अदालतमा रिट निवेदन पर्दा मिति ०३६।११।३०।५ को निर्णय बदर भई पुनः कानूनबमोजिम निर्णय गर्नु भनी आदेश भएको थियो । उक्त सर्वोच्च अदालतको निर्णयानुसार विपक्षी मालपोत कार्यालयले मिति २०४०।२।३०।२ मा फौदबहादुर हुर्मतबहादुरले पेश गरेको प्रमाण र बयानबाट साविक श्रेस्ता भन्दा बढी जग्गा दर्ता गरेको देखिएको र सरजमीन तक मै १९८१ सालमा गिरीधारी थारूको नाममा दर्ता भएको साजन चौधरी समेतको जग्गा भएको हो भनेको र साविक श्रेस्ताबाट ८१ बिगहा जग्गा भएको प्रमाण देखाएका नापीबाट ५१ बिगहा मात्र दर्ता भएको र दर्ता गर्न छूट भनी मौकामै निवेदन दिएको समेतको मिसिलको कागज प्रमाणबाट उक्त कि.नं. ११६ को जग्गा किसिममा अवल कायम गरी साजन चौधरी समेतको नाउँमा संयुक्त दर्ता गर्ने भन्ने समेत