निर्णय नं. २०१५ - जग्गा खिचोला दर्ता बदर चलन जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०१५ - जग्गा खिचोला दर्ता बदर चलन जालसाज भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/०४ २४२७ निर्णय नं. २०१५ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ५६८ मुद्दा : जग्गा खिचोला दर्ता बदर चलन जालसाज पुनरावेदक/प्रतिवादी : जिल्ला पाँचथर नवमीडाँडा गा.पं. वार्ड नं. ८ बस्ने धर्मदत्त लिम्बू ऐ ऐ वार्ड नं. ६ बस्ने खगेन्द्र राज लिम्बु ऐ ऐ बस्ने र्इन्द्रनारायण लिम्बु ऐ ऐ वार्ड नं. ३ को हाल वार्ड नं. ९ बस्ने अमृत बहादुर लिम्बु विरूद्ध विपक्षी/वादी : ऐ ऐ वार्ड नं. ८ बस्ने कृष्णध्वज लिम्बू ऐ ऐ बस्ने र्इश्वर बहादुर लिम्बु ऐ ऐ वार्ड नं. ७ बस्ने ललितमान लिम्बु ऐ ऐ बस्ने लोक प्रसाद लिम्बु फैसला भएको मिति : २०४१।५।४।२ मा § क्षेत्रीय अदालतले निर्णय गर्दा आफ्नो समक्ष उपस्थित भएका सम्पूर्ण प्रश्नहरूको समाधान गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. २२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती उल्लेखित मुद्दा : x फैसला न्या. महेशरामभक्त माथेमा : पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. ५० साल जाँचमा सुवारो मुखिताज जिम्माको हाल असलबहादुर जिम्मा बाजे निरध्वज लिम्बुका नाममा रु.७।५० मा दर्ता भएको जग्गा बडाबाबु बाबु कान्छा बाबुहरू सगोलमा बसी ६५ सालमा भिन्न बसेको हुँदा सो मध्ये केही जग्गा हर्कवलीबाट रु.८५। मा १९५७।११।१२ मा फार्से गरी लिएको हिवाघाटको हिवाटार सुवारो मुखीताजका साँध ठाडो खहरे समेत पूर्व जरह सिंहका साँधदेखि पश्चिम हिवा खोला उत्तर मिरामहरा देखि दक्षिण यति चार किल्लाभित्रको हिवाटार सुवारा थला १ सो बारीका साँध साघु वोटेपहरा पश्चिम हिवा खोला उत्तर बराबोटे भिरपहारा पूर्व हर्कवलीकै सुवाराडिहिकै दक्षिण यति ४ किल्ला भित्रको सिमलेवगर खला १ समेत २ खला जग्गा मध्ये २ भागमा १ भाग सिमलेबगर खला १ हाम्रो कान्छा बाबु ललितमानको भागमा परेको र हिवाटार सुवारा हिवापरि खजिटार वारी हाम्रा बाबु दत्तमानका भागमा परी १९६५।१२।१२।३ मा बण्डापत्र भएको थियो । बाबु जीवित छउञ्जेल बाबु र बाबुको शेषपछि हामीले भोगी ९४ सालमा छुट्टिदा मुखैको सखेराले बाँडी हिवापारी खाजेटार बारी हामीले भोगी आएको ०३२ सालको सर्भेमा सो जग्गा कि.नं. १० र ११ मा हामी कृष्णध्वज र इश्वरबहादुरका नाममा नाप नक्सा गरी घर आएपछि प्रतिवादीहरूले गठमत गरी आफ्ना नाममा दर्ता गरेछन् । ०३२।४।१५ गते धान रोप्दै गर्दा खिचोला समेत गरेकोले विपक्षीहरूको दर्ता बदर गरी खिचोलामा सजाय गरी चलन समेत चलाई पाउँ भन्ने समेत कृष्णध्वज समेत जना २ को ०३८।४।२९ को संयुक्त फिराद पत्र । ३. मुखिवाजको साँध ठाडो खहरे समेत दुवै जहरसिंहको साँध देखि पश्चिम हिवाखोला उत्तर भिरपहरा देखि दक्षिण यति ४ किल्लाभित्रको हाम्रा पुर्खा महासिंहका नाममा ५० सालको जाँचमा रु.७।५० मा दर्ता भई १९९४।४।२७ मा हाम्रा बाजेको भागमा परी बाजेले भोगेको र शेषपछि हामी चारजनाको मिलोमतोबाट आधी जग्गा भवानीप्रसादले २०१५।५।३१ मा रु.१८०० मा प्रेमप्रसाद खनाललाई र आधी जग्गा मनिनाथले ०१४।१०।१० मा कं.रू.१८००। मा प्रेमप्रसादलाई नै मोवा पास गरी दिएको र प्रेमप्रसादले सो जग्गा २०१६।३।२४ मा मनिरथ पाध्यालाई न्हेडिक