निर्णय नं. २०१६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०१६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/२१ २५३१ निर्णय नं. २०१६ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १२८८ विषय : उत्प्रेषण निवेदक : जिल्ला सप्तरी गा.पं. कोइलाडी वार्ड नं. ३ बस्ने प्रद्युम्नप्रसाद सिंह विरूद्ध विपक्षी : ऐ ऐ हरिहरपुर गा.पं. वार्ड नं. ५ बस्ने अमरसिंह चौधरी भूमि सुधार कार्यालय सप्तरी आदेश भएको मिति : २०४१।५।२१।५ मा § कुनै व्यक्तिको हकमा भनी वारिसनामा बेगर उनाउ व्यक्तिले नालिश दिन पाउने व्यवस्था देखिँदैन र यस्तो नालिशबाट कारबाही हुन सक्तैन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री रमानन्दप्रसाद सिंह र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. भूमिसम्बन्धी कार्यक्रम प्रारम्भ भएको बखत अधियाँ शर्तमा कमाएको ज.बि.१–३–० को मोही लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि.समेत पाएको छु । हाल सत्रुघनप्रसाद सिंहले प्रद्युम्नप्रसाद सिंहको नाममा जग्गा सारी गा.पं.हरिहरपुर वार्ड नं. ७(क) कि.नं. २५५ को १–०–९ कायम भएको छ । नापीका बखत बिरामी परेकोले जनाउन सकिन स्थायी प्रमाण पूर्जा पाउँ भनी अमरसिंह चौधरीको हकमा इन्द्रलालले निवेदन दिएकोमा मैले इन्कारी प्रतिवाद गरेको थिएँ । यस्तो अवस्थामा कि.नं. २५५ को जग्गाको स्थायी प्रमाणपत्र पाउने ठहर्छ भनी भूमिसुधार कार्यालय सप्तरीबाट मिति २०३९।१२।२८ मा निर्णय भयो । ३. अमर सिंहका भतिजा इन्द्रलालले वारिसनामा बेगर उजूर गर्नुभएको छ । बिना वारेसनामाको उजूरीबाट भएको निर्णय अ.बं.८२ नं. प्रतिकूल छ । विपक्षीले पेश गरेको २ नं. अनुसूची हरिहरपुर गा.पं. वार्ड नं. ४ मा प्रकाशित भएको छ जबकी जग्गा ७ नं. वार्डमा छ वडा नं. ४ मा प्रकाशित अनुसूचीको आधारमा वडा नं. ७ को जग्गामा दावी गर्न नपाउने अनेकौं सिद्धान्त प्रतिपादित भएका छन् । विपक्षीले जग्गा जोतेको भए बाली बुझाएको भर्पाई पेश गर्न सक्नु पर्ने थियो । २०२६।२०२७ सालमा सर्भे भएको बखत आफ्नो नाम लेखाउन सकेको छैन । २०२६ सालदेखि चूप लागी बसेको देखिन्छ । यस्तो अवस्थामा विपक्षीलाई मोही कायम गर्न नमिल्ने हुँदा विपक्षी भूमिसुधार कार्यालय सप्तरीको मिति २०३९।१२।२८ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफहरू यस प्रकार छन् । ५. भूमिसुधार टोलीले मोही भएको वार्डमा गई जग्गाको लगत लिँदा मोहीले त्यस पञ्चायत भरी कमाएको जग्गाको एउटै फाराम भर्नुपर्ने र सोही वार्डमा २ नं. लगत प्रकाशित हुने र प्रकाशित लगतमा कसैको उजूर नपरेको साथै विवादको जग्गा सत्रुघनप्रसादबाट प्रद्युम्नप्रसादको नाममा ०३४।२।२६ को निर्णयले सरी गएको भन्ने मालपोत कार्यालय सप्तरीको पत्र समेतबाट देखिँदा वादीले मोहियानी प्रमाणपत्र पाउने गरी कानूनबमोजिम यस कार्यालयबाट निर्णय भएकोले रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ । ६. मैले भूमिसम्बन्धी ऐन लागू हुनु