निर्णय नं. २०१७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०१७ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४१/०५/१३ २४११ निर्णय नं. २०१७ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. १५१८ विषय : उत्प्रेषण निवेदक : जिल्ला सप्तरी डाठा गा.पं. वा.नं. ५ बस्ने नन्द किशोरको श्रीमती चुल्लीया यादवनी ऐ ऐ बस्ने असफिलाल यादव विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सप्तरी ऐ डाँठा गा.पं. वा.नं. ७ बस्ने भालु मोची आदेश भएको मिति : २०४१।५।१३।४ मा § बाली बुझाएको रसिद जग्गावालालाई देखाई सुनाई निजको बयान समेत गराई मात्र प्रमाण लगाउन पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अ.श्री गंगाप्रसाद उप्रेती र विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल उल्लेखित मुद्दा : x आदेश न्या. हरिहरलाल राजभण्डारी : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ : २. म चुल्हिीया यादवनीले श्री केशवजंग थापाबाट र म असर्फिले कृष्णजंग थापाबाट ०२० साल अगावै राजीनामा गरी लिई जोतपोत सहित भोगी आई नापी हुँदा म असर्फिको नामको जग्गा डाठा गा.पं. वा.नं ७ अन्तर्गत कि.नं. २८ को ०–७–४ र कि.नं. २३ मा ०–७–१७ तथा म चुल्हीयाका नामको ऐ वडा कि.नं. ८० मा ०–३–८ भई जोतपोत समेत आफ्ना नाममा दर्ता भई भोगी आएको हाम्रो अचल सम्पत्ति हो । उक्त हाम्रा नामका जग्गाहरू विपक्षीले पक्री उक्त जग्गा मैले मोहीमा कमाई भू.सु.लागू हुँदा जग्गाधनी नन्द किशोरको नामबाट लगत भरी मोहियानीको ४ नं. अस्थायी निस्सा पाई राखेको छु । प्रमाणपत्र पाउँ भन्ने विपक्षी भालु मोचीले विपक्षी भू.सु.कार्यालयमा हामीहरूको नाममा उजूर गर्नु भएकोमा हाम्रो नाउँको जग्गा कमाएको भए १ नं. र २ नं. अनुसूची भरिनु पर्ने सो समेत नभएको र बाली बुझेको भर्पाई समेत दाखिल गर्न सकेको छैन । मोहियानी दिन मञ्जूर छैन भन्ने प्रतिवाद भएकोमा विपक्षीले प्रतिवाद गर्दा दावा अस्वीकार गरेको छ तापनि प्रतिवादी बमोजिमको सक्कल भर्पाई प्रतिवादीले हेरी पाएँ भनी सनाखत गरेको र सो भर्पाई होइन भनी प्रतिवाद गर्न नसकेको देखिँदा विपक्षको बाबु पति नन्दकिशोरले ०३७।१।२१ मा कूत बुझी गरी दिएको भर्पाई र २ नं. प्रकाशनबाट निवेदक मोही देखिँदा २ नं. बमोजिम सोही परिवारको सदस्यको नाममा जग्गा भएको र २ नं. प्रकाशनबाट निवेदक मोही देखिँदा निवेदन बमोजिम भूमि सम्बन्धी ऐन, ०२१ को दफा २५(१) अनुसार मोहियानी हकको प्रमाणपत्र दिनु पर्ने ठहर्छ भन्ने भू.सु.का.सप्तरीले मिति ०४०।५।५।१ मा गरेको निर्णय त्रुटिपूर्ण छ भनी निम्न लिखित बुँदाहरूको आधारमा प्रष्ट पारेको छ । ३. जिकिर : भूमि सम्बन्धी ऐन, ०२१ को दफा २५(१) अनुसारको मोही हुनलाई ऐनको नियम ३(८) अनुसार त्यस्तो मोहीको भूमिसुधार टोलीले १ नं. लगत लिएको हुनु पर्दछ र त्यसैको आधारमा नियम ६ बमोजिम अनुसूची २ बमोजिमको लगत तैयार गरी प्रकाशन भएको लगतमा मोही देखिएको व्यक्ति मात्र मोही कायम हुन सक्ने व्यवस्था छ । हाम्रो विरूद्ध प्रमाणमा लगाइएको १ नं. लगतमा जग्गा कठ्ठा १८–२ अनुसूचीमा जग्गा कठ्ठा ०–१४–० भई १ नं. र २ नं. पनि परस्परमा मिल्दैन सो लाई हाम्रो विरूद्ध प्रमाणमा लिन मिल्ने होइन एकै परिवारको नन्द किशोरको नाममा प्रकाशित लगत भएको भनी उक्त लगतलाई प्रमाण लिएको हकमा पनि भूमि सम्बन्धी ऐनको दफा २(ग) अनुसार १६ वर्ष नपुगेको छोरा र