निर्णय नं. २०१९ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०१९ - डाँका भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०५ २३३६ निर्णय नं. २०१९ ने.का.प. २०४१ अङ्क ६ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको फौज्दारी फुल बेञ्च नं. १९ मुद्दा : डाँका निवेदक/प्रतिवादी : पर्सा जिल्ला साविक रामगढवा गा.पं. वडा नं. १ हाल रामगढवा सिंसिंया गा.पं. वडा नं. ६ बस्ने राजेश्वर दुवे बाहुन ऐ ऐ बस्ने जग्गु राउत कुर्मी जि. पर्सा साविक रामगढवा गा.पं. वा.नं. ८ को हाल परिवर्तित श्रीसिंसिया राम गढवा गा.पं. वडा नं. ८ बस्ने इसरायल देवान फकिर ऐ ऐ बस्ने जुमराती देवान फकिर विरूद्ध निवेदक/प्रतिवादी : गेना राउत कुर्मीको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।६।५।६ मा § वारदातमा संलग्न थियो भन्ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट आउन सकेको देखिँदैन तसर्थ यी प्रतिवादीहरूलाई डाँका गरेको ठहर्‍याएको इन्साफ गल्ती हुनाले सफाई पाउने । (प्रकरण नं. ३१) निवेदक प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद भण्डारी बादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री ध्रुवलाल राज उल्लेखित मुद्दा : x फैसला न्या. बासुदेव शर्मा : म.क्षे.अ.को फैसला उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका हजुरमा बिन्तिपत्र परेकोमा इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने हु.प्र.बक्स भई आएबमोजिम यस अदालतको डिभिजन बेञ्च समक्ष निर्णयार्थ पेश हुँदा माननीय न्यायाधीशको बीचमा राय बाझी भएको हुनाले प्रस्तुत मुद्दा यस फुल बेञ्च समक्ष निर्णयार्थ पेश हुनआएको छ । यस मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. २०३० साल भाद्र १८ गतेको रात करिव १ बजे २०।२२ जना डाँकाहरूले डाँका वारदात गरी बाबु इन्द्रजितलाई कुटपिट गरी सख्त घाइते पारी दिएको मेरै गाउँको रामचन्द्रले खबर गरेकोले म तुरून्त आई बाबुसँग कुराकानी हुँदा उक्त डाँकुहरू मध्ये मेरै गाउँ वार्ड नं. ८ बस्ने जुमराती देवान १, ऐ ७ नं. वार्ड बस्ने सिवचन राउत १, ऐ १ नं.बस्ने राजेश्वर दुवे बाहुन १, ऐ बस्ने जग्गु राउत १ समेतका डाँकाहरूले बिगो रु.१३७६२।७५ को धनमाल लगेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. उजूरी बमोजिम म समेत भई डाँका वारदात गर्न गएको होइन, छैन भन्ने समेत प्र.जुमरातीको बयान कागज । ४. २०३०।५।१८ गते मेरो घरमा दर्खास्त बमोजिम जुमराती देवान १, शिवचन राउत १, जगु राउत १, राजेश्वर दुवे १ समेतलाई र पर्सा अलौ बस्ने हमिद मिया १, रामगढवा बस्ने सिताराम राउत अहिर १, इसरायल देवान १, रामलखन उपाध्याय १, झमन राउत १, जुगल किशोर १ समेत जना १० लाई उक्त डाँका वारदातमा चिन्हेको हुँ भन्ने समेत व्यहोराको इन्द्रजित राउतको कागज । ५. उजूरवालाको बाबु इन्द्रजितको बयान बमोजिम म समेत भई निजको घरमा डाँका वारदात गर्न गएको होइन, छैन झै झगडा र चुनाव सम्बन्धीको रिसइवीबाट म समेतका उपर झुठ्ठा उजूर गरेका हुन् भन्ने समेत व्यहोराको जुगल किशोर १, झमन राउत १ समेतको बयान कागज । ६. उक्त प्रतिवादीहरूलाई मौकैमा डाँकाहरूले नै परस्पर बालेको टर्च बत्तीले चिनेको हुँ भन्ने समेत व्यहोराको र प्रतिवादीहरू मध्येको हमिद मियाँ बाहेकको जुगल किशोर समेतको उपर रिसइवीले यो झुठ्ठा उजूर गरेका हुन् निजहरूले डकैती गरे गराएको होइन छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ७. गैना राउत कुर्मीको