निर्णय नं. २०२० - घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०२० - घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०५ २२३४ निर्णय नं. २०२० ने.का.प. २०४१ अङ्क ६ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला सम्वत् २०४० सालको दे.फु.नं. ५३ मुद्दा : घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ निवेदक/प्रतिवादी : का.जि. का.न.पं. वा.नं. १२ टेकु बस्ने कयौ महर्जननीको वारिस भई आफ्ना हकमा समेत अर्जुन महर्जन विरूद्ध निवेदक/प्रतिवादी : ऐ ऐ टेकु नेशनल ट्रेडिङ लिमिटेड अगाडिको ल.पु.जि. वा.नं. २१ मिखावहाल बस्ने राममाया महर्जननी फैसला भएको मिति : २०४१।६।५।६ मा § विवादको जग्गामा घर बनी सकेको भए र सो घर वादीले बकस दिन नचाहेको भए लिखतमा नै सो कुरा स्पष्ट रूपले उल्लेख भएको हुनु पर्ने । (प्रकरण नं. ११) § लिखतमा जग्गा आफूखुस गर्नु भन्ने बोली परेको छ । सो जग्गामा घर पहिले नै बनेको भए लिखतमा त्यस्तो बोली पर्न नसक्ने । (प्रकरण नं. ११) निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।८।१६ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र परी नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. का.न.पं.साविक वडा नं. २(क) कि.नं. ३११ मा ०–३–० मा जग्गा म र विपक्षी कयौको नाउँमा दर्ता भएको सो जग्गामा लम्बाइ फुट २५ चौडाइ फुट ३० उचाई फिट ४० को घर बनाउन नक्सा पास गरिपाउँ भनी म राममाया र विपक्षी कयौको वारेस भई विपक्षी अर्जुनले का.न.पं.मा दर्खास्त दिएकोमा डिल्लीबहादुरको उजूरी परी उजूर परेको बाहेक गरी लम्बाइ फिट २३–९ मात्र नक्सा पास गरी जनही रु.पचास हजार खर्च गरी ०३२ साल चैत्रमा घर तयार गरी पसल जति म राममाया र त्यसदेखि बाहेक तला कयौले चलन गरी आएको म समेतलाई हेर विचार गरी रिझाएको हुनाले अर्जुनलाई सो कि.नं. ३११ को ०–३–० जग्गा सम्म ०३२।१२।३० गते बकसपत्र पास गरी दिएको । पसलमा महीनाको रु.७००। मा ०२३।११।२३ देखि शिवरामलाई बहालमा राखेको बाहाल दिएन पसलबाट उठेन भनी अर्जुनले वा.अञ्चलाधीशमा निवेदन दिएकोमा पछि ताला खुलाई पसल चलन चलाई पाउँ भन्ने विपक्षीहरूको उजूरको मुद्दा यसै अदालतमा छ । उक्त घर म राममाया र विपक्षको आधा आधा हक लाग्ने त्यस्तो घर पसल अर्जुनको भनी ०३४।४।१२ गतेदेखि खिचोला गर्नुभयो मेरा हकको रु.५०,०००। जाने आधा घर पसल छुट्याई खिचोला गरेमा सजाय गरी चलन चलाई पाउँ भन्ने समेत राममायाको मिति ०३५।१।४।२ को फिरादपत्र । ३. म अर्जुन र शिवरामका परिश्रम मेहनत आर्जनबाट शिवरामको श्रीमती फिरादी म अर्जुनको आमा कयौ महर्जनका नाउँमा का.न.पं. वडा नं. २ क.को हाल वडा नं. १२ कि.नं. ३११ को ०–३–० आना जग्गा ०३१।६।२८।२ मा रजिष्ट्रेशन पास गराई लिई निजहरूकै नाममा का.न.पं.म अर्जुन वारेस भई नक्सा पास प्रमाणपत्र ०३१।१२।२० मा लिएको राममाया र कयौ अर्जुन शिवरामका बीच सल्लाह भई जग्गा अर्जुनलाई बकसपत्र गरी दिेने राममाया र कयौले सो घर बनाउने भनी सो ३ आना जग्गा घरसारमा ०३३।६।३ मा बकसपत्र लेखाई लिए दिएका थियौं घर बनाउन थालेपछि राममायाले बकसपत्र पास गरी दिन आलटाल ग