निर्णय नं. २०२१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०२१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०९ २११४ निर्णय नं. २०२१ ने.का.प. २०४१ अङ्क ६ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.फु.नं. ४० विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : काठमाडौं जिल्ला का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने रत्नदास प्रकाश विरूद्ध विपक्षी : ऐ ऐ बस्ने तुलसी दास काठमाडौं नगर पंचायत, काठमाडौं आदेश भएको मिति : २०४१।६।९।३ मा § पक्ष विपक्ष बीच मोहियानी हकको सम्बन्धमा विवाद रहेको र सोको निरोपण हुन बाँकी रहेको स्थितिमा सोमा असर पर्ने गरी नक्सा पास गरी दिनु नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को प्रतिकूल हुन जाने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री बासुदेव प्रसाद ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री यादव प्रसाद खरेल । उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : डिभिजन बेञ्चका माननीय न्यायधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी तुलसीदासले का.न.पं. वार्ड नं. २ लाजिम्पाटको कि.नं. २५२ को जग्गा ०–८–१–१ मा घर बनाउन दर्खास्त दिएकोमा निवेदकले उक्त जग्गा मेरो मोहियानी घरबारी हक भोगको जग्गा हो सो जग्गामा मुद्दा चली रहेको हुँदा नक्सा रोक्का गरिपाउँ भन्ने उजूर परेकोमा नगरपञ्चायतबाट प्रतिवादीले आफ्नो हक प्राप्त भएको कुनै सबूत प्रमाण पेश गरेको नदेखिएको हुँदा नक्सा पास हुने ठहर्छ भनी २०३९।४।१४ मा निर्णय गरेको रहेछ । ३. विवादित जग्गाको मोही म हुँ । तलसिं पृथ्वीबहादुरलाई बाली बुझाएको २०३१ सालसम्मको भर्पाई मसँग छ । त्यसपछि झगडा परेपछि धरौटी राखी आएको छु । मोहीमा विवाद उठ्दा विपक्षी तुलसीदासले पनि मलाई मोही भनी बकी दिएका छन् । यसभन्दा अघि विवादित जग्गामा मुद्दा पर्दा मैले नै सबै कुरा गरी आएको छु । म मोही भएकोमा विपक्षीले नाहकमा ३ नं. नापी गोश्वारामा मोहीमा खिचोला उठाई दिए । ०३५।१।२७ मा भू.प्र.का.बाट मोहियानी अनिर्णित नै रहृयो । यस्तो अवस्थामा विपक्षी र तलसिं मिली विपक्षी तुलसीदासलाई पास गरी मोहीमा निजको नाम लेखी दिए । त्यसमा जालसाजी मुद्दा परेको छ तलसिं र विपक्षी बीच तलसिंको बेच बिखन भएको हो मोहियानीको होइन उनीहरूले मोही लेख्दैमा मोही कायम हुने पनि होइन । हक बेहकको प्रश्न उठेपछि नगरपञ्चायतले निर्णय गर्ने अधिकार छैन यस्तो स्थितिमा हक बेहक छुट्याई आउनु भनी सूचना दिनु पर्दछ सो नगर पञ्चायतको निर्णय गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको मिति २०३९।५।२१ को आदेश । ५. विवादित कि.नं. २५२ को जग्गा जग्गाधनी पृथ्वीबहादुरले तुलसीदासलाई ०३५।२।३ गते बकसपत्र दिएबाट कायम हुन गई घर बनाउन पाउने कुरा स्पष्ट छ । सो बकसपत्र बदर गराउन सकेको छैन । निवेदकले आफ्नो नाममा निर्विवाद रूपले दर्ता रही आएको निजको हक भोगको हो भनी देखाउन पनि सक्नु भएको छैन । यस पञ्चायतले कानूनको अधिकार प्रयोग गरी निर्णय गरेको हुँदा निवेदन खारेज गरिपाउँ भन