निर्णय नं. २०२२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०२२ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/२९ २१९८ निर्णय नं. २०२२ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको डि.फौ.पु.नं. ३९६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : लुम्विनी अंचल नबलपरासी जिल्ला रुपौलिंया गा.पं. वा.नं. १ पौटाहा घर भै हाल केन्द्रीय कारागारमा बन्दी विरबहादुर पंजियार विरूद्ध विपक्षी/वादी : नन्द किशोरको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।३।२९।५ मा § सरजमीनका मानिसहरूको शंका र प्रहरी समक्ष साविती बयान दिएको र सो साविती बयानलाई आफ्नो ईच्छाले साविती बयान गरेको होइन भन्ने समेत कुनै प्रमाण पुर्याउन नसकेकोबाट निजले अपराध गरेको पुष्टी भएकोमा ज्यानसम्बन्धीको महलको १३(३) अनुसारको सजाय गर्ने गरेको फैसला मनासिब हुँदा सदर हुने । (प्रकरण नं. २३) पुनरावेदक प्रतिवादी तर्फबाट : x विपक्षी वादीहरु तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादुर खत्री : शुरू नवलपरासी जिल्ला अदालतले ज्यानसम्बन्धीको महलको १३(३) को सजाय गर्ने, गरी गरेको फैसलालाई नै सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा प्र.विरबहादुर पंजियारले चित्त बुझेन भनी पर्नआएको पुनरावेदनको संक्षिप्ततथ्य र विवरण निम्न प्रकारको छ । २. २०३५ साल आश्विन २७ गते बिहान घरमा श्रीमती र नावालक छोराछोरीहरू छाडी खरियानमा धान दाँई गर्न जाँदा अं.१०:३० बजेको समयमा बन्दुक फायर भएको आवाज आएकोले घर आई हेर्दा नावालक छोरी चन्द्रकुमारी काकाको छोरा पशुपतिराम पंजियार, जयकुमारी, तोफबहादुर समेत पल्टि रोई कराई रहेको निजको शरीरमा छर्रा लागेको फलामका टुक्राहरू फेला पारेकोबाट बम विष्फोटन भएको देखियो । छोरी चन्द्रकुमारीको मृत्यु भएको र अरूलाई साधारण चोट लागेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने जाहेरी । ३. ०३५ साल आश्विन २४ गते धनिरामले बम ल्याई मलाई दिएपछि जाहेरवालाको घरको उत्तर पट्टि खाल्डो बनाई सोही खाल्डोमा बम राखी माथिबाट केही माटोले पूरी आएपछि बम पड्की जाहेरवालाको छोरीको तत्काल मृत्यु भयो र अरू वालकहरू घाइते भएका हुन् । बम भारत भैसालोटन बस्ने शंकर बाबुबाट ल्याई चन्द्रप्रकाश समेतको सल्लाहबाट बम पड्केको हो भन्ने समेत प्र.विर बहादुरले प्रहरी समक्ष गरेको ठाडो कागज । ४. विरबहादुर भेट भई भारत भैसालोटनको शंकर बाबु कहाँबाट बम ल्याई देउ भनेपछि म गई बम ल्याई विरबहादुरलाई दिएको हुँ । ०३५ साल आश्विन २७ गते जाहेरवालाको घरमा बम पड्की निज जाहेरवालाको छोरी चन्द्रकुमारी समेतको वालकहरूलाई छर्रा लागि चन्द्रकुमारीको मृत्यु भएको भन्ने कुरा थाहा पाएको हुँ भन्ने समेत प्र.धनिराम थारूले प्रहरी समक्ष गरेको ठाडो कागज । ५. ०३५ साल आश्विन २७ गते राति हरिनारायणको घरमा सुतेको हुँ जाहेरवालालाई मार्ने नियतबाट विरबहादुरको साथमा गएको होइन र बम ल्याउनमा पड्काउनमा समेत सहमति भएको छैन । बिरबहादुर र धनिरामले मलाई झुठ्ठा पोल गरेका हुन् । जाहेरवालालाई मैले चिनेको पनि छैन भन्ने समेत प्र.राधेश्याम गुप्ताले प्रहरी समक्ष गरेको ठाडो कागज । ६. जाहेरवालाको छोरीलाई मार्न विरबहादुरसँग सल्लाह गरेको पनि होइन । बम जाहेरवालाको घरको किनारा राख्न लगाएको पनि होइन र राखेको पनि छैन । जाहेरवालाको छोरी बम विस्फोटन भई मरेको भन्ने सुनेको हुँ भन्ने समेत प्र.चन्द्रप्रकाश चौधरीले नन्दकिशोर समेतलाई मार्