निर्णय नं. २०२३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०२३ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/३२ २०८८ निर्णय नं. २०२३ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०३९ सालको फौ.पु.नं. २४३ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक : परमेश्वर राय यादवको जाहेरीको श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला रौतहट बरियारपुर गा.पं. वा.नं. ८ बस्ने राजेन्द्रप्रसाद यादव समेत फैसला भएको मिति : २०४१।३।३२।१ मा § कुटाईको चोट पीरबाट मृत्यु भएको थियो भने त्यस्तो मृत्यु शैय्यामा पुर्याउने घातक प्रहार गरेको काठको मुंग्रो वा लात मुक्काले हानेको कुनै किसिमको निलडाम घाउ, चोट मृतक शरीरको वाहृय वा अभ्यन्तर कतै देखिनु पर्नेमा सो नभई मृतकको मृत्यु मटु सम्बन्धी रोगबाट भएको भन्ने चिकित्सकले राय व्यक्त गरेको हुँदा प्रतिवादीहरूको कर्तव्यबाट निजको मृत्य भएको भन्न सक्ने अवस्था देखिएन । (प्रकरण नं. २१) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादुर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादीहरूलाई सफाई दिने गरी मिति २०३८।१२।९ मा भएको फैसलामा चित्त नबुझी “न्यायप्रशासन सुधार ऐन, २०३१” को दफा १३ को उपदफा (५)(क) बमोजिम वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :– २. २०३५ साल आषाढ १ गते बिहान बाबु भरत राय मनसीफ रायको घरदेखि उत्तरतर्फको इनारमा मुख धुन भनी गएका रहेछन् विपक्षी मुजुङ रायले बाबालाई नाना प्रकारले गाली गरी हात मर्काउने निमोठ्ने गरेको र अकलु राय यादव, दलार्चन हजरा दुसाध, जोगी मोहरा, मंगलु राय चतुर्गुण पण्डित कुहृमार समेतले बाबुलाई डंडाल्नो र छातीमा समेत हात मुक्काले पिट्दै गरेका थिए । त्यसै अवस्थामा राजेन्द्रप्रसाद घरबाट मुंग्रो जस्तो काठ लिई उफ्रिदै आई बाबुको गर्दन ताकी जोडले हिर्काएपछि बाबू बेहोस भए । तत्कालै खाटमा राखी समनपुर हेल्थपोष्टमा पुर्याउँदा बाबु भरत रायको मृत्यु भएकोले कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. २०३५।३।१ गते बिहान परमेश्वर रायको घरतर्फ हल्ला भएको सुने । म घरैमा थिएँ । झगडा भई परमेश्वरको बाबु भरत राय मरे भन्ने सुने । म समेत भई कुटपिट गरे गराएको होइन कसले कुटे मलाई थाहा छैन । म उपरको उजूर झुठ्ठा हो भन्ने समेत दुलारचन हजराले प्रहरीमा गरेको कागज । ४. २०३५।३।१ गते बिहान म आफ्नो खेततर्फ जान लागेको बखत परमेश्वरले मलाई समातेर घरमा लगी रोके । त्यसै बखत गाउँलेहरू आई बाझाबाझ गर्न थाले भरतलाई पिटे भन्ने हल्ला सुनें मैले देखिन । पिटाउनेमा मेरो हात छैन भन्ने समेत व्यहोराको भुजुङ राय यादवको कागज । ५. २०३५।३।१ गते म आफ्नै घरमा थिएँ । भरत राय समनपुर हेल्थपोष्टमा मरेका हुन् । गिरीजा, जय किशुन र सजनले मलाई के हेर्छस् ठोक भनेकोले लग्नको हातबाट बाँसको लठ्ठी खोसी भरत रायको पीठमा एक चोट हान्दा भरत ढलेकोले म घर तर्फ गएँ । पिटाईको दर्दले मरे वा के कारणले मरे म जान्दिन, ज्यान मार्ने नियतले कुटेको छैन भन्ने व्यहोराको राजेन्द्रप्रसादले गरेको कागज । ६. भरतको लासमा ठाउँ ठाउँमा छाला खोसिएको घाउ देखिएकोले कुटपिटकै कारणले भरत राय मरेको प्रमाणित हुनआएको छ । यसैको चोटबाट मरेको भन्ने नछुट्टिएकोले सबै प्रतिवादीहरू उप