निर्णय नं. २०२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/२९ २००२ निर्णय नं. २०२४ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १५४७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : मोरङ जिल्ला वरडंगा गाउँ पञ्चायत वडा नं. २ बस्ने जतरू यादव विरूद्ध विपक्षी : मोरङ जिल्ला विराटनगर नगरपञ्चायत वडा नं. १३ बस्ने इश्वरी देवी रेग्मी भूमिसुधार कार्यालय, मोरङका श्री भूमिसुधार अधिकारी आदेश भएको मिति : २०४१।६।२९।२ मा § प्रतिवादीले दैवी परेको भन्ने कुराको जिकिर लिएपछि दैवी परेको हो वा होइन भन्ने कुरा आफ्नो निर्णयमा बोल्नु पर्ने । (प्रकरण नं. ६) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्त लाल दास विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे र विद्वान वरिष्ठ अधिबक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षी इश्वरीदेवी रेग्मीको नाउँमा दर्ता भएको जिल्ला मोरङ, वरडंगा गाउँ पञ्चायत वडा नं. २च., कि.नं. ३६ को ०–१९–१५, ऐ कि.नं. ३८ को ०–४–७, ऐ कि.नं. ४२ को ०–३–१२, ऐ कि.नं. ४४ को ०–१–१२ धुर समेत जग्गाको म मोही भई जोती आएको र २०३६ सालको बालीसम्म साल सालै बुझाउँदै आएको थिएँ भर्पाई चाहिं दिनुभएको थिएन । ०३६ सालको वाली बुझी सकेपछि पनि म माथि उजूरी गर्नुभयो भने ०३७ सालको बाली लुटी लग्नु भयो । २०३८ सालको बाली मैले गा.पं बरडंगामा धरौट राख्दा राख्दै पनि म माथि ०३८ सालको बालीमा विपक्षीले दावी गर्नुभयो २०३९ सालमा अनावृष्टिको कारणबाट लगाएको धान बाली समेत दर्ता हुन गएको र सो सन्दर्भमा श्री ५ को सरकारमा लेखापढी हुँदा मालपोत समेत मिन्हा भएकोले आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा उब्जा नभएको हुँदा कूत मिन्हा दिलाई पाउँ भनी मैले समयमै भूमिसुधार अधिकारीज्यू समक्ष निवेदन गरेकोमा कारबाही नै नगरी त्यसै राखी छोडेको र विपक्षीले २०३९ सालको बालीमा गरेको दावीमा कारबाही गरी मलाई मोहियानी हकबाट निष्कासन गर्ने ठहर्‍याई मिति २०४०।३।१०।३ मा निर्णय गरिएको र सो समय खेतीको मूल रोपाइँको याम भएको हुनाले उल्लिखित जग्गामा नै रोपाईमा व्यस्त भएको हुनाले रोपाई सकिनासाथ प्रस्तुत रिट निवेदन गर्न आएको छु । ०३९ सालमा अनावृष्टिबाट उब्जा हुन नसकेको भनी विपक्षी इश्वरीदेवीलाई भूमिसम्बन्धी ऐनको दफा ३५ अन्तर्गत सूचना गर्न जाँदा बाली दिनै पर्छ, उब्जनी होस् वा नहोस् त्यससँग मलाई सरोकार छैन भनी जवाफ दिनुभएकोले बाध्य भई भूमिसुधार अधिकारीज्यू समक्ष मिति ०३९।९।२६।३ मा कूत बाली मिनाहा गरी पाउन जग्गाधनी समेतलाई बोध गराई पाउँ भनी निवेदन गरेको थिएँ । दैवी परी बाली नाश भएमा वा उब्जा हुन नसकेमा भूमिसम्बन्धी ऐनको दफा २९(१) ले बाली बुझाउनु पर्ने दायित्वबाट मोहीलाई मुक्त गरिएको छ । मालपोत कार्यालय मोरङबाट मिति २०४०।६।५ म.सं.च.नं. ११७० द्वारा गरी दिएको प्रमाणपत्र समेतले मालपोत खडेरीको कारणबाट मिनाहा देखिँदा देखिँदै र खडेरीको कारणबाट उब्जा हुन नसकेको हुनाले कूत मिनाहा पाउँ भनी समयमै ऐनको दफा ३५ अन्तर्गत दिएको सूचना समेतबाट असामान्य र काबु बाहिरको परिस्थितिले गर्दा कूत नबुझाएको देखिँदा देखिँदै पनि भूमिस