निर्णय नं. २०२५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०२५ - ज्यान भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०१ २१६० निर्णय नं. २०२५ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको फौ.पु.नं. ४२८ फैसला भएको मिति : २०४१।६।१।२ मा पुनरावेदक/वादी : चन्द्रबहादुर थापाको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : स्वीजरलैण्ड निवासी पिरे एनेकसडी च्यानूड मुद्दा : ज्यान § कर्तव्य गरी मारेको भन्ने सबूत प्रमाणको अभावमा किटानी गर्न नसकिने । (प्रकरण नं. १४) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार प्रत्यर्थी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं संक्षिप्त जिकिर यस प्रकार रहेछ । २. महीनाको रु.५०। भाडामा १ जना विदेशी बसेको कोठमा ०३५।३।१४ गते १ जना स्वास्नी मानिस मरी राखेको अवस्थामा फेला परेकोले निज विदेशी उपर कारबाही गरिपाउँ भन्ने चन्द्रबहादुर थापाको ०३५।३।१५ को जाहेरी । ३. उक्त कोठामा मर्ने नाउँ गाउँ थाहा नभएकी अं.वर्ष २४ को नेपाली स्वास्नी मानिस मरी रहेकी र निजको हात गोडाका नङ र पूरा जिउ निलो भएको, मुत्रद्वारबाट रगत बगिरहेको कोठामा विभिन्न किसिमको औषधीहरू समेत बरामद भएको भन्ने लाश प्रकृति मुचुल्का । ४. ०३५।३।१३ गते झोछेंतर्फ घुम्दै जाँदा फेम्ली होम लजमा निज मर्ने केटी छन् भने कुरा थाहा पाई जाँदा सो कोठामा फ्रेन्च नागरिक सुजर रूजी भन्ने र सुजी नेपाली केटी समेत रहेछन् त्यस ठाउँमा गई मर्फिङ्ग इन्जेक्सन बनाई मैले पनि लाएँ निज सुजीले पनि लिइन बेलुकी ६ बजे त्यहाँबाट आफ्नै डेरामा हामी दुवैजना आई पुग्दा रातको ९ बजेको थियो कोठामा आई हामी दुवैको बीच करणी लिने दिने काम भयो । अनि मैले २५० मि.ग्रा.को इन्जेक्सन बनाई म आफैंले लिएँ सो लिएको चिज सुजीले देखि म पनि इन्जेक्सन लिन्छु भनी १०० मि.ग्रा.को इन्जेक्सन निजलाई पनि दिएँ अनि पुनः करणी लिने दिने भयो राति अं.१२, १ बजे सुत्यौं र भोलिपल्ट ०३५।३।१४ गते निज सुजीको जिउ सितांग भएकोले कोठामा ताला लगाई मोटर लिन भनी गएँ मोटर नआउने हुँदा फर्की कोठामा आउँदा निज मरी सकेकी रहिछन् निज मर्नाको कारण मर्फीङ इन्जेक्सनको बढी डोजबाट हुन सक्छ म आफूले मरफिङ र एम.फिटामिन मिलाई इन्जेक्सन दिन थालेको ७ वर्ष भयो भन्ने मिष्टर एनेकसडी च्यानूडको ०३५।३।१६ मा प्रहरी अधिकृत समक्ष भएको बयान । ५. रसायनिक एवं सूक्ष्मपारदर्शक यन्त्रिक परीक्षणको प्रतिवेदन प्राप्त नभई केटीको मृत्युको कारण यकीन गर्न नसकिने भन्ने पोष्टमार्टम रिपोर्ट । ६. सुजी मर्फिङ्ग इन्जेक्सनबाट मात्र मर्न असम्भव र निज पिरेले आफ्नो डेरामा मर्फिङ्ग एम फिटामिन मिलाई इन्जेक्सन दिँदा मर्न गएको हुन सक्छ भन्ने सोरा सज रजिमेरी कल्डको बयान । ७. निज विदेशी जाहेरवाला चन्द्रबहादुरको घरमा डेरा गरी बसेको हुन भने केटीलाई कुन मितिमा ल्याएर के कस्तो परिबन्दबाट मर्न गइन र निजको नाउँ गाउँ के हो थाहा छैन ०३५।३।१४ गते निज पिरेको कोठामा मरी राखेको देखेका छौं निजको कोठामा विभिन्न औषधीहरू बरामद भएको हुँदा र लासको गती हेर्दा कुनै विषालु औषधिद्वारा मृत्यु भएको हुन सक्छ भन्ने विभिन्न मानिसहरूको भनाई भएको ०३५।३।२५ को सरजमीन मुचुल्का समेतबाट निज पिरेले अं.वर्ष २४ को केटीलाई कर गरी कोठामा ल्याई मरफिङ