निर्णय नं. २०२६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०२६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०३ २१३८ निर्णय नं. २०२६ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् ०३९ सालको रि.नं. १४६८ विषय : उत्प्रेषण निवेदक : का.न.पं. ११ थापाथली बस्ने बाबुकाजी फैजु विरूद्ध विपक्षी : श्री प्रधानपञ्च का.न.पञ्चायत का.न.पं. ११ बस्ने शकुन्तला देवी अग्रवाल आदेश भएको मिति : २०४१।६।३।४ मा § पक्ष विपक्षको बीच विवाद उठेकोमा पक्षहरूले उठाएको प्रश्न र पेश गरेको प्रमाणहरूको विवेचना गरी निर्णयका आधार समेत प्रष्ट रूपमा उल्लेख गर्नुपर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : विपक्षी प्रधानपञ्चले गर्नुभएको ०३९।११।१२।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदन ०३९।१२।११।६ मा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. पूर्व १७ फिट आफ्नै जग्गा सो देखि पूर्व ५ को बाटो पश्चिम सोही ठाउँ बस्ने वंशी ओझेनीको जग्गा उत्तर १५ आफ्नै जग्गा सो देखि उत्तर मूल सडक दक्षिण २’ २” आफ्नै जग्गा र सो देखि दक्षिण चौडाइ १२’ को म समेतको साझा बाटो यति ४ किल्ला भित्रको का.नं. पं. वार्ड नं. ११ अन्तर्गत थापाथलीको जग्गामा घर बनाउन पाउँ भनी मेरो अचल सम्पत्तिलाई समेत आफ्नो हो भन्ने झुठ्ठा व्यहोराको नक्सा दर्खास्त विपक्षी शकुन्तला अग्रवालले विपक्षी न.पं.मा दिनुभएछ । विपक्षीको नक्सा दर्खास्त बमोजिम दक्षिणतर्फ २’ २” जग्गा विपक्षीको छँदै छैन । मैले बनाई राखेको पर्खाल छ विपक्षीले यसै जग्गा समेतमा नक्सा पास गराउन दर्खास्त गर्दा छोरा हरिगोपालको उजूर परेकोमा तारेख पैरवीमा रहन नसक्ने बाट नक्सा दर्खास्त नै खारेज गर्ने ठहर्याई नक्सा फाँटबाट निर्णय भएको छ । मेरो दर्खास्तलाई समेत लोपै गराई नक्सा दर्खास्त किल्ला भित्र पारी बाटो विपक्षीको नभएकोलाई भएको भन्ने झुठ्ठो व्यहोरा लेखी दिएको नक्सा दर्खास्त पास हुनु पर्ने होइन भनी उजूरी निवेदन गरेकोबाट तेरो मेरो परी हक बेहक छुट्याउनु पर्ने प्रष्ट देखिएकोलाई विपक्षीवादीको नक्सा बमोजिम घर बनाउने ठहर्याई विपक्षी प्रधान पञ्चबाट ०३९।११।१२।५ मा फैसला भएको छ । हक बेहक तेरो मेरो परेको हुनाले न.पं.ऐन, २०१९ को दफा ४९(२) बमोजिम अदालतबाट हक बेहक गराई ल्याउनु भनी सुनाउनु पर्नेमा नसुनाइ नक्सा पास गर्ने ठहर्याएको निर्णय अ.बं.३५ नं. ले बदरभागी भई प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि हुन गएको छ, जग्गा सर्भे नाप जाँच हुँदा मेरो र छोरा हरिगोपालको नाउँमा कि.नं. ९०, ९२ मा दर्ता भएको छ । विपक्षीको भनाई अनुसार विपक्षीको हकको बाटो देखिएको छैन । घर बनाउनेको ३ नं. अनुसार विपक्षीले आफ्नो बाटो हो भन्न कदापि पाउने होइन विपक्षीको बाटो पूर्वतर्फ छुट्टै छ । २०३२ सालमा नक्सा दिँदा दक्षिण केवल बाटो मात्र गनिएकोमा आफू समेत साझा भनिएबाट झुठ्ठा कुरा लेखेको छ यदि दक्षिणतर्फको बाटो विपक्षी शकुन्तला समेत भए ०३२ सालमा नै साझा लेखिएको हुनु पर्नेमा छैन साझा लेखिएको झुठ्ठा देखिएकोमा शकुन्तलालाई नक्सा पास गरिदिने ठहर्याएको निर्णयबाट मेरो हक हनन भएकोले उत्प्रेषणको आदेश जारी गरी विपक्षी प्रधानपञ्चले ०३९।११।१२ मा गर्नुभएको निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदकको जिकिर रहेछ । ३.