निर्णय नं. २०२७ - अंशबण्डा बदर गरी अंश दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०२७ - अंशबण्डा बदर गरी अंश दिलाई पाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/१९ ३८०६ निर्णय नं. २०२७ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको दे.विविध नं. ९७ मुद्दा : अंशबण्डा बदर गरी अंश दिलाई पाउँ निवेदक/प्रतिवादी : जि. मोरङ बनीगामा गा.पं. वडा नं. १ बस्ने चन्द्रवती थरूनी ऐ ऐ बस्ने पन्नालाल सरदार थारु ऐ ऐ बस्ने फीरीसलाल सरदार थारु ऐ ऐ बस्ने ठनकु सरदार परलोक हुँदा मुद्दा सकार गर्ने गोगरी थरुनी विरूद्ध विपक्षी/वादी : जि. मोरङ तेतरिया गा.पं. वडा नं. ३ बस्ने जमुनादेवी थरूनी फैसला भएको मिति : २०४१।३।१९।६ मा § बण्डापत्र कागज खडा भइसकेपछि वादीलाई भुटाईले स्वास्नी तुल्याएको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा मिल्ने नदेखिँदा निवेदकहरूको निवेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२) निवेदन प्रतिवादीहरु तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादी तर्फबाट : विद्वान अधिबक्ता श्री लक्ष्मण प्रसाद अर्याल उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजुरमा इन्साफ जाँच गराई पाउँ भनी प्रतिवादीहरूले चढाएको बिन्तिपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने समेतको मिति २०३९।१।२२।४ मा हुकुम प्रमांगी बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :– २. पति भुटाइका ३ पत्नीमा जेठी लखी माहिली चन्द्रवती कान्छी म जमुनादेवी थरूनी हौं । पति भुटाई ०३२।४।३ मा र जेठी लखी २०१९ सालमा देहावसान भएको हो । जेठी पट्टीको छोरा ठन्कु सरदार १ माहिला चन्द्रवतीका छोरा पन्नालाल सरदार फिरसलाल नावालक अन्य २ भाइ गरी ४ जना र म पट्टीको छोरा कृष्णलाल सरदार र नावालक बलराम १ हरिलाल १ समेतका छोराहरू छन् । सम्पूर्ण सम्पत्ति पति र विपक्षीहरू जिम्मा रहेको छ । पन्नालालका नाउँमा दर्ता रहेको तेतरिया गा.पं. वडा नं. १(क) को सर्भे कि.नं. २०८ र २४१ को जग्गा बिगहा ७–१५–० मिति २०३२।५।२१ का दिन मोरङ भू.प्र.का.बाट छोरा कृष्णलाल सरदारलाई बकसपत्र गरी दिएछन् । यो बकसपत्र बदर गरिपाउँ भनी कमलादेवी थरूनीले दिएको फिरादपत्रबाट ०१७।१।७।३ मा अंशबण्डा भएको छ भन्ने उल्लेख गरेको देखियो सो पछि २०३३।४।२६ मा विपक्षीहरूसँग गई अब रीतपूर्वकको अंशबण्डा गरी आ–आफ्नो भाग लिई बसौ भन्दा २०१७ सालमै हाम्रो अंशबण्डा भइसकेको छ । जे गर्नुपर्छ गर भनी विपक्षीहरूले सोही मितिदेखि खान लगाउन नदिई इन्कार गरेकाले फिराद गर्न आएकी छु हाम्रो अंशबण्डा भएको छैन । हामी अंशियारहरू समेतलाई लोप गराई गरेको अंशबण्डा सदर नभई बदर योग्य छ । विपक्षीहरूले एकतर्फी गरेको बण्डापत्र बदर गरी तायदाती लिई ०३३।४।२६ लाई मानो छुट्टिएको मिति कायम गरी म र मेरा छोराहरूले पाउने अंश भाग अंशबण्डाका १, २ नं. अनुसार दिलाई भराई चलन चलाई पाउँ भन्ने समेत जमुनादेवीको फिराद । ३. हाम्रो पिता पति भुटाई सरदारको जेठी पत्नी लुखी थरूनी र कान्छा चन्द्रवती हुन् । घर व्यवहारमा नमिल्दा भुटाइले ०१७।१।७ गते बण्डापत्र पास गरी छुट्याई दिएको र हाम्रो व्यवहार अलग भएको हो । ०१७।११।२८ मा जमुनादेवीले मोरङ ई अदालतमा दिएको जाहेरी निवेदन बमोजिम आफ्नो विवाहिता पतिको सत्य डगाई समबहादुर मगरसँग सम्बन्ध जोडी एकछोरा जन्मी सो मरेपछि विपक्षी जमुनादेवी हाम्रो पिता पति भुटाइले १८।१९ सालमा ल्याई स्वास्नी तुल्याएको हो । ०१७ सालमा जमुनादेवीलाई भुटाइल