निर्णय नं. २०२८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०२८ - अंश भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/२६ २८१८ निर्णय नं. २०२८ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको दे.विविध नं. १२८ मुद्दा : अंश निवेदक/प्रतिवादी : दोलखा जिल्ला झले गा.पं. वडा नं. १ भिरकोट बस्ने पदमबहादुर खड्का विरूद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने ललितबहादुर खड्का फैसला भएको मिति : २०४१।३।२६।२ मा § अंशबण्डा भइसकेको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा अंश भइसकेको भन्ने निवेदन जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १३) निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा इन्साफ जाँच गरिपाउँ भनी प्रतिवादी पदमबहादुर खड्काले चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानूनबमोजिम निर्णय गरी दिनु भन्ने समेतको हुकुम प्रमांगी बक्स भई विविधको लगतमा दर्ता भई पेश हुनआएको उक्त मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. बाबा दलबहादुरका जेठा छोरा बखतबहादुर माहिलो म ललितबहादुर कान्छो पदमबहादुर समेत ३ छोरा भएकोमा हामी ३ भाइ मिलेट्रीमा नोकरी गरी बसेका थियांै र घरमा बाबाले घर व्यवहार चलाई आउनुभएकोमा २०२२ सालमा बाबा स्वर्गीय हुनु भयो । बर्खान्तको कामकाज सकी २०२३।४।१ गते जीविकाको लागि मानु छुट्टिएको रीतपूर्वकको अंशबण्डा भई नसकेको हुँदा विपक्षीलाई नीतिपूर्वकको अंशबण्डा गरौं भनी भन्दा आलटाल गरी नदिई एकलौटी खाने नियत गरेकाले जेठा दाज्यू २००२ सालमा र म २०२२ सालमा छुट्टिएको हुँदा २००२ साल सम्मको चल अचल सम्पत्तिबाट ३ भागको १ भाग बण्डा दिलाई पाउँ भन्ने समेतको ललितबहादुर खड्काको फेराद । ३. २००२ साल माघ १३ गते नीतिपूर्वक अंश लिई सबै भिन्न भएको र म बाबा आमासँगै सगोलमा बसी पालन पोषण हेरविचार गरी आएको आमा अगावै बाबा २०१६ सालमा स्वर्गीय हुनु भयो । कामकाज समाप्त मैले खर्च लगाई गरेको र सो पछि सानी आमा परलोक हुनु भयो सानी आमाको पनि कामकाज मैले गरेको बाबा आमा समेतको अपुताली मसँग बसेका र मैले पाउने हुँदा विजन जाँच हुँदा र भू.सु.लागू हुँदा समेत आ–आफ्नो अंश लेखाई देखाई गरी तिरो भरो समेत गरेका छौं बाबा २०२२ सालमा परलोक हुन भएको भनी झुठ्ठा दावी गरेका हुन वादी दावी झुठ्ठा हो भन्ने समेत पदमबहादुर खड्काको प्रतिउत्तर । ४. फाँटवारी बमोजिम जम्मा रु.२०२८।५० अंश लाग्ने सम्पत्ति देखिन आएकोमा यी वादी भनी १ अंशियार देखिन आउँदा जम्मा ३ अंशियारको अंश लाग्ने सम्पत्ति मध्ये मुद्दा परेपछि २०३१ सालमा बनाएको मोल रु.५००। पर्ने घर बाहेक ३ खण्डको १ खण्ड रु.६८४२।८२ को भाग वादीले अंश पाउने ठहर्छ भन्ने समेतको २०३४।१२।६ को दोलखा जिल्ला अदालतको फैसला। ५. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी पदमबहादुर खड्काको पुनरावेदन पत्र । ६. यसै मुद्दाको जनाउ दे.पु.नं. ३८५ को पुनरावेदक पदमबहादुर विपक्षी वादी तारादेवी खड्का भएको अंश मुद्दामा पदमबहादुरबाट वादीले अंश पाउने ठहर्याएको इन्साफ शुरूको मनासिब ठहरी आजै फैसला भएकाले यस मुद्दामा वादी माहिला भाइले अंश पाउँदैनन् भन्न नमिल्ने भएकोले वादीले प्रतिवादी पदमबहादुरबाट ३ खण्डको १ खण्ड अंश पाउने ठहर्याएको इन्साफ शुरूको मनासिब ठहर्छ भन्ने समेतको जनकपुर अञ्चल अदालतको मिति २०३५।१२।२१।३ को फैसला । ७. उक्त