निर्णय नं. २०२९ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०२९ - लिखत दर्ता बदर भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०५/३१ २७१८ निर्णय नं. २०२९ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०३९ सालको दे.पु.नं. ३८६ मुद्दा : लिखत दर्ता बदर पुनरावेदक/ वादी : जिल्ला सिराहा मानपुर गा.पं. वा.नं ८ बस्ने खामना खातुन ऐ ऐ बस्ने महम्मद मोजन मिल मियां ऐ ऐ बस्ने मोहमद र्इमरान मियां विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला सिराहा मानपुर गा.पं. साविक वाडे नं. ७ हाल वार्ड नं. ८ बस्ने साधु नदाफ मियाँ ऐ ऐ बस्ने सेख कैयुम मियां फैसला भएको मिति : २०४१।५।३१।१ मा § बिक्री गरेको वादी दावी बमोजिमको जग्गा बिक्री व्यवहार गर्न नपाउने कुराको कुनै सबूत प्रमाण दिन सकेको छैन । यस स्थितिमा उक्त बिक्री व्यवहार गरेकोलाई वादीहरूको मञ्जूरी लिनुपर्छ भन्न मिलेन । (प्रकरण नं. १३) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला गम्भीर कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने अमिना खातुन समेतको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट आदेश भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. सेख कैयुम मिया म अमिना खातुनको पति र महमद इमरान, महमद मोजममील मियाँको सगोलको पिता हुन् विपक्षी सेख कैयुमले हामीलाई कुनै जानकारी नदिई हाम्रो समेत हक लाग्ने मानपुर गा.पं. वार्ड नं. ६ १ कि.नं. को ०–५–१९ ऐ वार्ड नं. ६ कि.नं. १२ को ०–२–१५ ऐ वार्ड नं. ७ कि.नं. ९९ को ०–३–६ समेत ०–१२–० जग्गा ०३२।८।९ गते साधु नदाफलाई राजिनामा लेखिदिएकोछ । मेख कासिम मियाले सेख कैयुम उपर अंशबण्डाको नालिश दिएपनि उक्त जग्गा साधु नदाफले ०३३।८।१५ गते भू.प्र.का.बाट पास गराएछन्, ०३३।८।१५ गते जानकारी भएको लेनदेन व्यहारका म्यादभित्र फिराद गरेका छौं । मञ्जूरी नलिई हामीलाई जानकारी नदिई सगोलको जग्गा साधु नदाफलाई राजीनामा गरी दिएको हाम्रो हक जती आधा ०–६–० जग्गामा कासिमको हक हुने आधामा कैयुम र हामी समेतको ४ भाग लाग्ने हुँदा ४ खण्डको ३ खण्ड जग्गा साधु नदाफका नाउँको ०३२।८।९ को लिखत दर्ता बदर गरी ३ भागको ०–४–१० जग्गा हाम्रा नाउँमा दर्ता गरिपाउँ भन्ने वादी । ३. वादीहरू कैयुम मियाँको सगोलको छोरा पत्नी हुन् सल्लाहबाट रु.१६६४४।८२ लिई ज.वि.०–१२–० जग्गा ०३२।८।९ गते लिखत गरी ०३३।८।१५ गते पास गरी दिएको हो मञ्जूरीको सहिछाप नभए पनि एकासगोलमा मुख्यले थाहा पाएकोमा सगोलका सबैलाई थाहा भएको मानिने भन्ने लेनदेन व्यवहार ११ नं. मा लेखिएकै छ घरको मुख्य बाबुले बेचेको उजूर गर्न नपाउने हो कैयुमको यो जग्गा मात्र नभई अरू जग्गा पनि भएको हुँदा लिखत दर्ता सदर गरिपाउँ भन्ने प्र.साधु नदाफको प्रतिवादी । ४. प्र.साधु नदाफले गराई दिएको लिखत थैली अंक जालसाजी गराई दिएमा जालसाजतर्फ छुट्टै फिराद दिने हुँदा मैले बिक्री गरेका जग्गाको मात्र वादीहरूले पाउनु पर्ने जग्गाको लिखत बदर हुने र वादीहरूले दर्ता गराई लिन पाउने हुँदा यस मुद्दाबाट हक बेहक हुन नसक्ने भन्ने सेख कैयुम मियाको प्रतिवादी । ५. घरको मुख्य सेख कैयुम देखिएको व्यवहार चलाउन बेचबिखन गर्न पाउने देखिएको र सेख कैयुमले दिएको जालसाज मुद्दा जालसाज नठहरी निर्णय